शुक्रबार, वैशाख ७, २०८१

खोलामा माछा मरेपछि पोल्याण्ड र जर्मनीका नेताहरूबीच राजनीतिक विवाद

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ६ गते १२:१५

Photo- (Reuters: Cezary Aszkiełowicz/AGENCJA WYB)

जर्मनी र पोल्याण्डको सिमामा पर्ने नदीमा हजारौं माछा मरेको घटनालाई लिएर जर्मनी र पोल्याण्डका नेताबिच राजनितिक विवाद उत्पन्न भएको छ ।

एक सात अघि जर्मनी र पोल्याण्डको सिमानामा रहेको नदीमा हजारौं माछा मारिएका थिए । नदीमा विषादि हालिएको आशंका गरिएको छ । दुई देशबीचको राजनीतिक विवाद त्यहि कारण चर्किएको छ ।

वैज्ञानिकहरूले अझै पनि माछाको सामूहिक मृत्युको कारण खोज्ने प्रयास गरिरहेका छन्, जसले ओडर नदीबाट २०० टन भन्दा बढी मरेका माछा मरेको देखेका छन् ।

पोल्याण्डका वातावरण मन्त्रीले जर्मनीले जलमार्गमा उच्च कीटनाशक स्तरको रिपोर्ट गरेपछि वातावरणीय प्रकोपको बारेमा नक्कली समाचार फैलाएको आरोप लगाए।

“पोल्याण्डमा, कीटनाशक पदार्थ माछा वा अन्य प्रजातिहरूमा कुनै असर नहुनेगरि प्रयोग गरिन्छ । माछा वा अन्य प्रजातिहरूमा कुनै असर नहुने सुनिस्चित गर्न परीक्षण गरिन्छ र पत्ता लगाइन्छ” पोल्याण्डका वातावरण मन्त्री अन्ना मोस्कवाले ट्विटरमा लेखेकि छन् ।

नदीमा मरेका माछा कुन विषादी वा रासायनिक वस्तुका कारण मरेका हुन् वा के कारणले मरेका हुन् भनि पत्ता लगाउन चेक गणतन्त्र, बेलायत र नेदरल्याण्डका विज्ञहरूले अनुसन्धानमा सहयोग गरिरहेका छन् । पानीका नमूनाहरू विश्लेषणका लागि प्रयोगशालामा पठाइएका छन्।

केही अन्वेषकहरूले विषाक्त ल्याउका कारण माछा मरेको हुनसक्ने आशंका गरेका छन् । तर सम्भावित रासायनिक फैलावटसहित अन्य संभावित कारणहरुका बारेमापनि अन्वेषण गरिँदै छ ।

पोल्याण्डको दोस्रो ठूलो नदीमा कसले वा के कारणले विपत्ति ल्यायो भन्ने जानकारी भएका सबैलाई पोल्याण्ड सरकारले आव्हान गरेको छ- त्यसका बारेमा सूचना दिनुस् र दुई लाख १० हजार ईनाम लैजानुस् ।

११ अगस्टमा पश्चिमी पोल्याण्डको विदुचोवा गाउँ नजिकैको पानीमा स्थानीयहरूले हजारौं मरेका माछाहरू भेट्टाएपछि पहिलो पटक सामूहिक माछाको मृत्यु भएको पत्ता लागेको थियो।

लाखौं माछा पानीमा तैरिएपछि गन्हाएर स्थानियलाई वरिपरि बस्न असहज भएको बताएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक