शुक्रबार, चैत १६, २०८०

फ्रान्समा बिरालाकालागि उच्च सुविधाको लक्जरी होटेल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ६ गते १४:३५

फ्रान्समा बिरालाहरुकालागि उच्च सुविधाको लक्जरी होटेल बनेको छ । ला मिनुतरी बिरालोहरूको लागि एक विशेष लक्जरी होटल हो ।

राजधानी पेरिस र यसको क्षेत्र (बिभाग) इल-द-फ्रान्स क्षेत्रका मनिसहरुलाई लक्षित गरेर शान्त पहाडमा वरिपरि जंगलले घेरिएको ठाउँमा छ होटेल । बिराला मालिकहरूलाई सेवा दिन यस्तो शान्त र भब्य ठाउँ छानिएको हो ।

चाहे तपाईं एक महिनाको लागि छुट्टीमा जानुस् । वा सप्ताहन्त आरामले मनाउन । वा कुनै कामले अन्यत्रै जानुपर्ने छ भने त्यस्तो अवस्थामा होटेलमा छोड्न सक्नुहुन्छ । केहि दिनलाई भएपनि तपाईंको घरपालुवा जनावरको हेरचाह आवश्यक पर्‍यो भने तपाईं विश्वस्त हुन सक्नुहुन्छ, ला मिनुतरीले तपाईंको बिरालाको आरामलाई खयल गर्छ । यो होटेलमा उसको कल्याण कसरि गर्ने भनेर सोचिन्छ । उसको आवश्यकताको ख्याल गरिन्छ । स्नेह दिएर राखिन्छ ।

यो होटेलका मालिक मार्टिन गुयरी आफैं बिरालोको भावुक प्रेमी हुन् । एक प्रमाणित पशु चिकित्सा सहायक उनकी बहिनी पनि विरालोको सुविधा र सेवामा खटिएकि छन् । बिरालोलाई कुनै सेवा दिनुपर्‍यो, आपतकालिन सेवा चाहियो भने तत्कालै हुन्छ ।

उनीहरुले बिरालोको सम्पूर्ण सेवा र सुविधा आवस्त हुने खालको उच्च कोटीको सेवा रहेको दाबी गरेका छन् । बिरालो राख्नु अघि ला मिनुतरी होटेल भ्रमण गर्न सकिने पनि उल्लेख गरेका छन् । ईन्टरनेटमा बिरालो बस्ने, हिंड्ने, सुत्ने कोठा, बिस्तारा र अन्य सुविधाका फोटोहरु राखिएको छ ।

उनीहरुले उल्लेख गरेको सुविधा र सेवाहरूमा यस्तो छ- भुइदेखि छतसम्म फराकिला छन् । प्रत्येक कोठामा एक्वारियम रहेको छ । दिनमा बिरालाहरूलाई सम्पूर्ण होटेलको मजा लिन अनुमति दिइन्छ जसमा भुइँदेखि छतका झ्यालहरूको अगाडि बिराला चढ्ने, रमाउने ठूला रूखहरू छन् जुन चम्किलो र चराले भरिएको जंगल जस्तो देखिन्छ। त्यहाँ धेरै खेलौनाहरू छन् । कर्मचारीहरू हरेक बिरालोसँग खेल्छन् । दिनहुँ समय दिन्छन्।

बिरालोको होटेलमा बिरालो हराउने सम्भावना नहोस् भनेर डबल-डोर ईन्ट्री सिस्टम (दुई वटा ढोका) को ब्यवस्थासहित सुरक्षित गरिएको छ। रोयल क्यानिन सेन्सिबल ३३ (कुकुर बिरालोकालागि बनेको उच्च कोटीको कहन्की) बिरालो खाना प्रदान गरिन्छ ।

अन्य सुविधाहरुमा पानी र खानाको कचौरा दैनिक धुने, प्रत्येक नयाँ बिरालो प्रवेश गर्नु अघि कुसन, रग र अन्य लुगा धोइन्छ र मेशिनले सुकाईन्छ, विश्वबन्यजन्तु कोषद्वारा अनुमोदित दिसा गराउने चर्पी प्रयोग गराइन्छ । जाडोमा होटेल तताएर २० डिग्री तापक्रम कायम राखिन्छ । आवश्यक परेमा बिरालो लिन कर्मचारीहरु आवश्यक ठाउँमा पुग्ने र डेलिभरी गरिदिने ब्यवस्था छ ।

कम ब्यस्त हुने याम (लो सिजन) मा दिनको १५ युरो प्रति बिरालो । मध्य सिजनमा २० र जुलाई, अगस्ट जस्ता ब्यस्त सिजनमा दिनको २५ युरो छ । बिरालोको सुई, भेटेरिनरीको दस्तुर लगायत सबै छुट्टै तिर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक