बिहीबार, वैशाख १३, २०८१

एनआरएनए महाधिवेशनमा मनोनयन दस्तुर नतिर्ने पदाधिकारी पदमुक्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ ६ गते २१:३७

गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन भएको झण्डै पाँच महिना हुन लाग्दापनि उमेदवारीको मनोनयन दस्तुर नतिर्ने पधाधिकारीहरुलाई पदमुक्त गरिएको छ ।

संस्थालाई अनेक दाउ र भागवण्डा मिलाएर पद लिएकाहरुलाई पटक पटक ताकेता गर्दापनि मनोनयनको दस्तुर नतिरेपछि पदमुक्त गरिएको हो ।

एनआरएनएको जुन २७ सोमबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आई ई एस) को तेस्रो बैठकले मनोनयन दस्तुर नतिर्नेहरुलाई स्वत पदमुक्त गर्ने निर्णय गरेको थियो (बक्समा हेर्नुस् निर्णय) । मनोनयन दस्तुर नतिर्ने कोको थिए भन्ने जान्न यहाँ क्लिक गरेर सूची हेर्नुस् ।

एनआरएनए स्रोतका अनुसार यसरि रकम नतिर्नेमा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक वर्षा खड्का (नेदरल्याण्ड), सह कोषाध्यक्ष योगिता थापा (बेल्जियम), एनआरएनए अफ्रिका क्षेत्रका संयोजक कृष्णदत्त भट्ट (केन्या) र एनआरएनए अफ्रिका क्षेत्रीय उपसंयोजक पदम भण्डारी थिए ।

त्यस्तै, एशिया प्याशिफिक क्षेत्रीय उप संयोजक युवराज भट्ट, एनआरएनए मध्यपूर्व क्षेत्रीय उप संयोजक रमेश भट्ट (कतार) थिए ।

उता एनआरएनए ओसेनिया क्षेत्रीय उपसंयोजकद्वय सन्तोस कुँवर (अष्ट्रेलिया) र घनश्याम सापकोटा (न्युजिल्याण्ड) लेसमेत तिरेका थिएनन् ।

संवन्धित : चार महिना पुग्दापनि एनआरएनए महाधिवेशनको ३६ लाख मनोनयन दस्तुर उठेन, नतिर्ने को ? (सूचि सहित)

रकम नतिर्नेहरुलाई एनआरएनए केन्द्रका तर्फबाट एक साताको समय सिमा तोकेर मनोनयन दस्तुर तिर्न भनिएको थियो । त्यस अघिपनि उनीहरुलाई पटक पटक पत्राचार गरिएको थियो । तर रकम नतिरेपछि आइईएसको तेस्रो बैठकले पदमुक्तको निर्णय गरेको हो ।

मनोनयन दस्तुर नतिरेकाले पदमुक्त भैसकेपछिपनि एनआरएनए युरोप महिला संयोजक लगायत केहि क्षेत्रकाले आफूलाई नेतृत्वकर्ताको दाबी गर्दै एनसिसीहरुमा पत्राचार गर्ने गरेको बुझिएको छ ।

केन्द्रले क्षेत्रिय संयोजक, उपसंयोजक र पदाधिकारीका बारेमा बेलैमा पत्राचार नगरिदिंदा एनसिसीका नेतृत्वकर्ताहरुलाई कोसित सम्पर्क र ब्यवहार गर्ने हो, को आधिकारिक हो होइन भनेर पहिचान गर्न मुस्किल परेको केहिले नेपालप्लससित गुनासो गरेका छन् ।

सेप्टेम्वरको अन्तिम साता स्विडेनको राजधानी स्टकहोममा एनआरएनए युरोप क्षेत्रिय भेला हुन लागेकाले पनि संस्थागत रुपमा संपर्क, सहयोग र सहकार्यकालागि अप्ठेरो परेको गुनासो केहि देशका एनसिसी पदाधिकारीहरुको छ ।

यसैबिच एनआरएनए युरोप महिला संयोजकमा छानिएपनि मनोनयन दस्तुर नतिरेर पदमुक्त भएकि वर्ष खड्काले अझैपनि आफू नेतृत्वमा रहेको भन्दै पत्राचार गरेपछि उनका बारेमा सत्यतथ्य जानकारि दिन भन्दै केन्द्रिय समितिमा पत्राचार गरेको एक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारीले नेपालप्लसलाई बताए । तर उनले उजुरिकर्ताको नाम र देश अहिलेनै खुलाउन भने चाहेनन् ।

मनोनयन दस्तुर नतिरेर स्वतह पद मुक्त हुनेको हैशियत कसरि थाह पाउने ? एनआरएनए पदाधिकारीका अनुसार पदमुक्त हुनेहरुको नाम एनआरएनए डट अर्गको सन् २०२१-२०२३ कार्यकारी नामावली सूचीमा नभएको बताए । पदाधिकारीको नाम एनआरएनएकोआधिकारिक वेभ साईटमा छ कि छैन भन्ने जान्न यहाँ क्लिक गरेर हेर्नुस् ।

“संस्थाको कार्यकारी समितिको सूचीमै नाम नभएपछि त्यो मान्छे संस्थाको आधिकारिक होइन भनेर त छर्लङ्गै भयो नी” सचिवालयका ति पदाधिकारीले भने ।

गत २७ जुनमा बसेको आईईएसको तेस्रो बैठकमा अयोग्य कार्यकारी र पदाधिकारीहरुको अद्यावधिकपनि गरेको थियो ।

अयोग्य कार्यकारिणी सदस्यहरूलाई उनीहरु अयोग्य भएको कारणबारे आधिकारिक पत्रमार्फत जानकारी गराइएको बैठकमा महासचिव गौरी जोशीले जानकारि गराएका थिए । त्यसबेला आईसीसी सदस्यहरुको नामावली समेत टुंग्याइएको थियो ।

एक हप्ताको समयसीमा भित्र मनोनयन शुल्क र सदस्यता शुल्क तिर्न बाँकी रहेको आईसीसी सदस्यहरूलाई आधिकारिक रूपमा सूचित गर्न कोषाध्यक्षहरुलाई अनुरोध गरिएको थियो । यदि सदस्यहरूले एक हप्तामा त्यो चुक्ता नगरे कडा कारबाही गर्नुपर्छ वा आवश्यक परे नियुक्ति खारेज गर्नु पर्ने भनिएको थियो ।

तपाइँको प्रतिक्रिया