बिहीबार, वैशाख १३, २०८१

डलरको तुलनामा युरो २० वर्षमै सबैभन्दा कमजोर अवस्थामा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ७ गते ११:४५

डलरको तुलनामा युरो २० वर्षमै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । युरोपको ऊर्जा सङ्कटले युरोलाई यति धेरै कमजोर बनाएको हो ।

युरोपेली उर्जा मूल्यमा नयाँ वृद्धिले मन्दीको त्रास बढाएको छ । बन्डको प्रतिफललाई उच्च रुपमा धकेल्दा यूरोलाई २० वर्षकै न्यूनमा पुर्‍याएको छ । त्यसले गर्दापनि एशियाली शेयरहरू मंगलबार लगातार छैटौं सत्रमा तल झरेका थिए ।

युरोपेली संघमा बेन्चमार्क ग्यासको मूल्य रातारात १३ प्रतिशतले बढेर रेकर्डनै बनायो । त्यो भनेको एक महिनामा दोब्बर भएर विगत दशकको औसतभन्दा १४ गुणा बढी भएको हो ।

अमेरिकाको बैंक सिटीका विश्लेषकहरूले यदि ऊर्जा मूल्यहरू नियन्त्रण नगरिएमा बेलायतमा मुद्रास्फीति १८ प्रतिशतमा पुग्नसक्ने सोमबार चेतावनी दिएका छन् । त्यो बैंक अफ इङ्गल्याण्डको लक्ष्य भन्दा नौ गुणा बढी हो । उपभोक्ता मूल्य मुद्रास्फीति हाल यति भएको छ कि पछिल्लो पटक सन् १९७६ मा मात्रै यो स्तरमा पुगेको थियो।

मंगलबार पछि हुने युरोपेली र बेलायती निर्माण सर्वेक्षणहरूले गतिविधिमा भएको क्षतिलाई हाइलाइट गर्ने अपेक्षा गरिएको थियो ।

डरलाग्दो ऊर्जा संकटले गर्दा मुद्रास्फीतिको अवस्था अझै शिखरमा नपुगेको केहि विश्लेषकको भनाई छ । केन्द्रीय बैंकको हस्तक्षेप बिना यो केहि समयको लागि उच्च रहन सक्ने उच्च जोखिममा छ ।

“त्यसैले यूरो र ब्रिटिस पाउन्डको तुलनामा अमेरिकी डलर धेरै दशकको उच्चमा देखिनु कुनै आश्चर्यको कुरा छैन” एनएबीका अर्थशास्त्र निर्देशक तपस स्ट्रिकल्याण्डले भनेका छन् ।

एकल मुद्राले शुन्य दशमलव ९९३७ डलरमा संघर्ष गरिरहेको थियो । सोमबार फेरि डलरसँग समानताभन्दा तल झरेर लगभग २० वर्षमा सबैभन्दा कम स्तरमा पुग्यो । युरोपमा ठूलो ऊर्जा संकट र अमेरिकी फेडरल रिजर्भको बीचमा रहेको मुद्रास्फीतिलाई रोक्नको लागि अझै आक्रामक अवस्थामा रहेको छ ।

३१ अगस्ट देखि २ सेप्टेम्बरको बिचमा युरोपमा रूसको अधिकांश ग्यास आपूर्ति गर्ने नर्ड स्ट्रीम १ पाइपलाइनको मर्मत सम्भार गर्न भन्दै ग्यास आपूर्ति पुरै रोकिने घोषणा गरिएको छ । यो घोषणाले ग्यास अभावलाई झनै बढाउने छ । यसले गर्दा युरोपमा प्राकृतिक ग्यासको मूल्य झन बढेको छ।

“यसले युरोजोनमा वर्षको अन्त्यसम्ममा ठूलो आर्थिक मन्दीको जोखिम बढाउँछ” स्कोटिया बैंकका शान ओसबोर्नले भनेका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज ऊर्जाको लागि रूसमा आफ्नो देशको निर्भरता कम गर्न काम गर्दै रहेको बताउँछन् । भविष्यमा जर्मनीलाई सफा हाइड्रोजन आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गर्न यस हप्ता क्यानाडा पुगे उनी । तर यसबीचमा उनले प्राकृतिक ग्यास चाहिने बताए ।

सोमबार डलरका बिरुद्द युरोको तुलनामा बेलायती पाउण्ड केही राम्रो भएको थियो । यो महामारीको प्रारम्भिक दिनहरूमा मार्च २०२० कै स्तरमा उकासिएको थियो । एक पाउण्डको १ एक दशमलव १७६० डलर भएको थियो । सन् २०२० अघि पाउण्ड सन् १९८५ देखिनै एक दशमलव १८ डलरभन्दा तल झरेको थिएन।

हंगेरी रूसी आपूर्तिमा धेरै निर्भर छ । डलरको तुलनामा हंगेरीको मुद्रा फोरिन्ट यसको सबैभन्दा कम स्तरमा झरेको छ । एक अमेरिकी डलरको हाल ४११ फोरिन्ट छ।

“युरोपमा झुण्डिएको अर्थतन्त्रको तरवार यहाँ रहिरहन्छ” सोसाइटी जेनेरेलका विश्लेषक किट जुक्सले चेतावनी दिएका छन् ।

र आउने हप्ता युरोको लागि अझ पीडादायी हुने धम्की उनले दिएका छन् । किनकि मङ्गलबारको कमजोर आर्थिक सूचकहरू यूरोलाई एक डलरभन्दा तल राख्न पर्याप्त हुन सक्ने भनाई उनको छ ।

केहि विश्लेषकहरूले जाडो नजिकिँदै गर्दा युरोको भाउ झन् ओरालो लाग्ने अवस्था देखेका छन् । तर शान ओब्सोर्न डलर पहिले नै धेरै उच्च भएको बताउँछन् ।

“तर हामी विश्वस्त छैनौं कि यो मध्यम अवधिमा धेरै अगाडि जान्छ” उनी भन्छन् ।

(एपी र युरोन्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया