शनिबार, वैशाख ८, २०८१

साइबर आक्रमणकारीद्वारा फ्रान्सेली अस्पतालको सेवा अवरुद्ध, एक करोड फिरौती माग

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ७ गते २३:०९

पेरिसको दक्षिणपूर्वमा रहेको एउटा अस्पताललाई साइबर हमलाकारीले निशाना बनाउँदा त्यहाँका सेवाहरू अवरुद्ध भएका छन् । नर्सहरूले हातले डाटा फाइल गर्नुपर्ने भएको छ ।

ह्याकरहरूले प्रणाली अनब्लक गर्न एक करोड डलर फिरौती मागेका छन् । तर अस्पतालका निर्देशकले तिर्न नदिने बताएका छन् ।

कोरबेई एसोनको अस्पताल केन्द्रको आइटी प्रणाली लगभग एक साइबर आक्रमणद्वारा पक्षाघात भएको छ। गैरअत्यावश्यक, जरुरी नभएका सेवाहरू अन्यत्र पठाउनु परेको छ । कर्मचारीहरूले सीमित स्रोतमा काम गरिरहेका छन्।

“हरेक दिन हामीले बिरामीहरूको औषधि, सबै प्रिस्क्रिप्शनहरू, डिस्चार्ज प्रिस्क्रिप्शनहरू पुन: लेख्नुपर्ने भएको छ” अस्पतालले भनेको छ “नर्सहरूले कम्प्युटरमा बिरामीहरूको सबै तथ्यांक राख्थे अब हातैले तयार गर्नुपर्ने भएको छ ।”

ह्याकरहरूले डाटा सुचारु गराइदिन एक करोड डलर फिरौती मागेका छन्, तर अस्पतालका निर्देशकले यो भुक्तान नगर्ने बताएका छन् ।

साइबर क्राइममा विशेषज्ञ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फ्रान्समा अस्पतालहरूलाई लक्षित गर्ने साइबर आक्रमणहरू हाल बढ्दै गएका छन् । गत वर्ष ३८० वटा आक्रमण भएको थियो । त्यो भनेको सन् २०२० को तुलनामा ७० प्रतिशतले वृद्धि हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक