शुक्रबार, वैशाख ७, २०८१

रुसी पर्यटकलाई युरोपभरि भिसा प्रतिबन्धबारे युरोप विभाजित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ९ गते २१:२६

फोटो सौजन्य- डा रबीन्द्र समिर

रुसीहरुमाथि पर्यटक भिसा प्रतिबन्ध लगाउनु पर्छ भन्ने र लगाउनुहुन्न भन्नेबिच युरोपेली देशहरु बिभाजित भएका छन् ।

रुसी पर्यटकका लागि पर्यटक भिसा प्रतिबन्ध लगाउनुपर्छ भनिरहेछन् केहि देश । अर्काथरिले यो युद्द रुसी नागरिकले नगरेको हुनाले तिमाथि प्रतिबन्ध लगाउनुहुन्न भनिरहेका छन् । यहि विषयमा युरोप विभाजित भएको छ ।

एस्टोनिया र फिनल्याण्डले पहिले नै रूसी पर्यटकहरूको लागि भिसा सीमित गरेको छ । पोल्याण्ड, लातभिया र डेनमार्कले रुसी पर्यटकलाई युरोपेली भूमिमा आउनै दिननहुने भन्दै ईयू-व्यापी प्रतिबन्धको लागि आह्वान गरिरहेका छन् ।

जर्मन अखबार बिल्डले राईटिस्ट पार्टी भनेर चिनिने सिडियु / सिएसयुका जर्मन राजनीतिज्ञहरू पनि यस्तो प्रतिबन्धको पक्षमा रहेको उल्लेख गरेको छ । तर जर्मन चान्सलर ओलाफ स्कोल्ज भिसामाथि प्रतिबन्ध गर्न नहुने पक्षमा छन् । उनले करिब एक साता अघिनै उक्त कुरा खुलेरै बताएका थिए ।

मध्य-वामपन्थी मार्ग अँगाल्ने भनिएको एसडीपी पार्टीका नेता तथा चान्सलर स्कोल्जले भनेका छन् “यो रुसी जनताले गरेको युद्ध होइन । यो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको युद्ध हो । रुसी जनतामाथिनै प्रतिबन्ध लगाउनु उचित होइन ।”

भिसा प्रतिबन्धको लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि माग गरेका छन् । उनले धनी रूसीहरूलाई पश्चिमी युरोपमा छुट्टीमा जान स्वीकार्य छैन भन्ने देखाउनुपर्ने बताएका छन् । “तिनीहरूको देशले युक्रेनलाई भग्नावशेष बनउँदै लगेकाले यात्रा प्रतिबन्धले रूसी जनसंख्यालाई सोच्न बाध्य तुल्याउने” भनाई जेलेन्सीको छ । त्यसो गर्दा धनी रुसीले आफ्नो देशको शासकलाई दबाब दिन्छन् भन्ने तर्क गरेका छन् ।

यस मुद्दामा ईयुका उत्तरपूर्वी / दक्षिणपश्चिम देशबिच विभाजन देखा परिरहेको छ। बाल्टिक र स्क्यान्डिनेभियाली राज्यहरूले प्रतिबन्धमा जोड दिइरहेका छन् । तर फ्रान्स, ईटाली, नेदरल्याण्ड्स र दक्षिणी युरोपेली देशहरू प्रतिबन्ध लगाउनुहुन्न भन्ने पक्षमा छन्।

युरोपका अधिकांश विदेश नीति विज्ञहरूले पनि भिसा प्रतिबन्धमा शंका व्यक्त गरेका छन् । भिसानै इन्कार गर्ने निति प्रभावकारी नभएको र पुटिनलाई उनको युद्ध अभियानबाट प्रभावित पार्न वा रोक्न नसकिने बताउँछन् ।

रुसी शासनको आलोचना गर्ने धेरै रूसी नागरिकहरूले युरोपको भ्रमण गर्ने तर्क भिसा प्रतिबन्धका बिपक्षीको छ । “अरुलेपनि यात्रा गर्छन् । भिसा दिनुलाई जोखिम भन्दा पनि अवसरका रूपमा हेर्नुपर्छ” उनीहरुको भनाई छ “युरोपको भ्रमण गर्ने रुसीलाई पुटिनले कस्तो अनैतिक र अमानवीय युद्ध गरिरहेको छ भनेर देखाउने मौका दिन्छ।”

युरोपका अधिकांश विदेश नीति विज्ञहरूले पनि भिसा प्रतिबन्धमा शंका व्यक्त गरेका छन् । भिसानै इन्कार गर्ने निति प्रभावकारी नभएको र पुटिनलाई उनको युद्ध अभियानबाट प्रभावित पार्न वा रोक्न नसकिने बताउँछन् ।

यस्तो प्रतिबन्धलाई वामपन्थी सोशल डेमोक्रेटिक पार्टीले समर्थन गरेको देखिन्न । उनीहरुको भनाई छ “यो पुटिनको युद्ध हो ।”

उनीहरु पुटिन नजिकका मानिस र कुलीन वर्गहरू विरुद्धका लक्षित प्रतिबन्धहरूलाई समर्थन गर्छन् । धेरैले रुसलाई मात्रै होइन कि अमेरिकालाईपनि दोष दिने गरेका छन् । युरोपेली नितिको बिरोध गर्नेपनि छन् । युक्रेनी राष्ट्रपती भोलोदोमिर जेलेन्सीको गलत कदमलाईपनि युद्द हुनुको दोष दिनेहरु छन् । भलै त्यो आवाज मथ्थर छ । तर उनीहरु युद्ध आफूद्वारा वित्त पोषित हुनु हुँदैन भन्ने पक्षमा छन् ।

धेरैले ईयुले भिसा प्रतिबन्धलाई अनुमोदन गर्ने संभावना देखेका भने छैनन् । स्विजरल्यान्ड, फ्रान्स, जर्मनी लगायत द्गेरै देशको विचारमा आक्रमणकारी विरुद्ध कार्य गर्ने अन्य तरिकाहरू छन् । सामान्य प्रतिबन्धले गलत मानिसहरूलाई असर गर्नेछ। यसले ईयुकै छबीमापनि नकारात्मक असर पार्न सक्छ ।

दक्षिणपन्थी स्विस पिपुल्स पार्टीका यभेट एस्टरम्यानले युरोपमा शान्तिको लागि गम्भीरतापूर्वक प्रयास गर्ने जो कोहीले नयाँ प्रतिबन्ध नलगाउने बताएकि छन् । “तर द्वन्द्वको समाधान खोज्ने बारे सोच्छन्। म यस्तो उपायको विरुद्धमा छु । यसले समस्या समाधान गर्दैन, नयाँ सिर्जना गर्छ” उनी भन्छिन्।

यस प्रकारको भिसा प्रतिबन्धले सधैं निर्दोष रूसी नागरिकहरूलाई पनि असर गर्न सक्ने भनाई भिसा प्रतिबन्ध बिरोध गर्ने देशका राजनितिज्ञहरुको छ ।

यद्यपि, इस्टोनियाका प्रधानमन्त्री काजा कालासले जर्मन सार्वजनिक टेलिभिजनमा एक अन्तर्वार्ताका क्रममा युरोप भ्रमण गर्नु मानवअधिकार नभएर विशेषाधिकार भएकाले रोक्न सकिने बाताएका छन् । पश्चिमी दृष्टिकोणबाट हेर्दा यो युक्रेन विरुद्ध रूसी आक्रमणलाई सकेसम्म चाँडो अन्त्य गर्न जायज हुन सक्ने उनले उल्लेख गरे ।

यहि अगस्ट महिनाको अन्त्यमा ईयुले यस विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। ईयु आयोग महत्वपूर्ण छ । गम्भिरताका साथ हेर्छ, हेर्नै पर्छ । यसबाहेक यो प्रतिबन्ध लगाउन ईयु देशको सर्वसम्मति चाहिन्छ । त्यसको आवश्यकताले यो मुद्दालाई खासै लागु हुनदिने संभावना ज्यादै न्युन देखिन्छ ।

युद्द शुरु भएदेखि कति रुसी नागरिक आए युरोप भन्ने यकिन त छैन । तर १५ प्रतिशत रुसी आफ्नो देश बाहिर यात्रा गर्छन् र युरोप तिनको प्रमुख गन्तब्य हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक