बिहीबार, वैशाख १३, २०८१

नदीको पानी घटेपछि चीनमा ६०० वर्ष पुरानो बुद्ध मूर्ती भेटिए

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १० गते १५:२५

फोटो साभार-बोधी धर्म कान्ची

चीनको याङ्चे नदीमा पानीको सतह घटेपछि करिब ६०० वर्ष पुराना बुद्धका मूर्ति फेला परेका छन् ।

नदीले बनाएको सानो धार जस्तो जलाशयमा पानी सुकेपछि पूर्वी चीनको जियाङ्सी प्रान्तको एक जलाशयमा ति मूर्ति फेला परेका हुन् । ति मूर्ति फेला परेपछि जिर्णोद्दार गर्न लागिएको छ ।

पानीको सतह नघटेका बेला ति मूर्तिबारे नागरिकहरु जानकार नभएको मेडियाहौर्ले उल्लेख गरेका छन् ।

बुद्द धर्मबारे सन्चालित वेभपत्रिका बोधिधर्म कान्चीका अनुसार एक स्थानीय गाउँलेले गत महिना पहिलो पटक बुद्धको टाउकोको अलिकति टुप्पो देखेका थिए । त्यसपछि उनैले सार्वजनिक गरेका थिए । जलविद्युतकालागि पानी भण्डार गर्ने गरिएकाले जलाशयको गेटको काम हेर्न जाँदा पानीको सतह १० मिटरभन्दा तल झरेको र त्यसपछि पालेले बुद्दको टाउको देखेको सिन्हवा न्युज एजेन्सीले उल्लेख गरेको छ ।

पुरातत्वविद्हरूले मूर्ति मिङ राजवंश (१३६८-१६४४) को समयको हुनसक्ने बताएको सिन्हवाले उल्लेख गरेको छ ।

फोटो साभार-बोधी धर्म कान्ची

“मूर्तिको प्रारम्भिक अध्ययनले यो सम्भवतः मिङ राजवंशको प्रारम्भिक समयमा बनाइएको हुनसक्छ । युआन राजवंशको समय भन्दा पहिले पनि बनाइएको देखाउँछ” जियाङ्सी प्रान्तको पुरातत्व अनुसन्धान संस्थानका निर्देशक सु चाङकिङले सिन्हवासितको फोन वार्तामा भने ।

मन्दिरको हालको पूर्ण आधार पनि पानीमुनि भेटिएको थियो । स्थानीय अभिलेखहरूमा यो जलाशय सियाओशी नामको पुरानो सहरको भग्नावशेषमा रहेको उल्लेख छ ।

फोटो साभार-बोधी धर्म कान्ची

सुले पानीमुनि पुरातत्व टोलीले पुरातन शहर र मूर्ति दुवैको अनुसन्धान गरिरहेको र संरक्षण योजनामा काम गरिरहेको बताएका छन् ।

मूर्ति करिब १२।५ फिट (३।८ मिटर) अग्लो छ र चट्टानमा कुँदिएको छ ।

चीनमा सन् १९६० को दशकमा देशको सांस्कृतिक क्रान्तिको क्रममा धेरै सांस्कृतिक अवशेषहरू नष्ट भएका थिए । त्यसबेला मानिसहरूलाई सबै पुरानो, सामन्तवादी र अन्धविश्वास, धर्मबाट मुक्त हुन भनिएको थियो ।

स्थानीय अधिकारी गुआन झियोङले पुरातन मानिसहरूले बुद्ध मूर्तिलाई दुईवटा नदीहरू मिल्ने ठाउँको तीव्र गतिमा बग्ने धारलाई शान्त पार्न आध्यात्मिक संरक्षकको रूपमा निर्माण गरेको सिन्ह्वालाई बताएका छन् ।

“सन् १९६० मा होङमेन जलाशय निर्माण गर्दा यो मूर्ति डुबेको थियो। त्यसबेला, स्थानीय अधिकारीहरू सम्पदा संरक्षणको बारेमा सचेत थिएनन्” सुले भने।

तपाइँको प्रतिक्रिया