बिहीबार, चैत १५, २०८०

मानव तन्तु छिटो पुर्‍याउन युरोपेली अस्पतालद्वारा ड्रोन परीक्षण

नेपालप्लस संवाददाता / बेल्जियम२०७९ भदौ १० गते १२:४५

फोटोस्रोत- बेल्जियम डट डिटेलजिरो

युरोपमा पहिलो पटक शहरका केन्द्रहरूमा मानव तन्तु नमूनाहरू छिटो पुर्‍याउन ड्रोनको परीक्षण सुरु गरेका छन् । बेल्जियमको एन्टरपेनका अस्पतालहरूले अपरेटिङ टेबल र मेडिकल ल्याबहरूमा बिरामीहरू बीच छिटो सुविधा पुर्‍याउन ड्रोन परिक्षण शुरु गरेका हुन् ।

मंगलबार औषधी बितरक एक निजी ठेकेदारद्वारा उडाएको ड्रोन जेडएनए अस्पताल समूहको एन्टवर्प भवनबाट उडेको थियो । र ८०० मिटर उडेर जिजेडए समूहको सिन्ट-अगस्टस साइटको छतमा अवतरण गरेको थियो ।

ड्रोनको मुनि सानो बाक्सा थियो जसमा क्यान्सर कोशिकाहरूको लागि परीक्षण गर्न मानव तन्तुका नमूनाहरू थिए। पहिलो परीक्षण उडान सफल भएपछि थप चार उडान गरिएको थियो ।

निजी कम्पनी हेलिकस युरोपको एक मात्र यस्तो फर्म हो जसलाई चिकित्सा उद्देश्यका लागि मानव रहित विमान प्रयोग गर्न अनुमति दिइएको छ । शहर र टाढाका क्षेत्रमापनि यो कम्पनीले पाइलट बिना उडान गर्न पाउँछ । अँध्यारा ठाउँमापनि बिना पाईलट उडाएर औषधी बितरण गर्ने अनुमति छ ।

यो ड्रोन आफ्नै बेल्जियम फर्म साब्का द्वारा निर्मित हो । हेलिकसले सन् २०२४ सम्म नियमित उडानहरू सहित व्यावसायिक सञ्चालनको विकास गर्ने आशा गरेको छ ।

हाल परीक्षण चलिरहेको छ । तर युरोपेली संघले अर्को वर्ष नयाँ नियमहरू अपनाउने अपेक्षा गरिएको छ जसले २७-सदस्यीय ईयु मुलुकमा मेडिकल उडानहरूलाई अनुमति दिन सक्छ।

ड्रोनहरू ट्राफिक ढिलाइ र सडक बन्दहरूबाट प्रभावित हुँदैनन् । त्यसैले तिनीहरूको अस्पताल सुविधाहरू बीचको सीधा मार्गहरू प्रायः छिटो र अनुमान गरिएकै समयमा पुग्छन् ।

एन्टवर्पका दुई ठूला अस्पताल समूहहरू जेडएनए र जिजेडएले प्रति वर्ष शल्यक्रियाको क्रममा निकालिएका १,२०० तन्तु नमूनाहरू प्रयोग गर्छन् । शल्यक्रिया गर्ने निर्णयकालागि यि तन्तुको छिटो निर्धारण गर्न यीनको प्रायः छिटो विश्लेषण गरिनुपर्छ ।

हाल, नमूनाहरू सडक यातायात मार्फत शहरका चार प्रयोगशालाहरूमा लगिन्छन् ।
प्याथोलोजिस्ट सबिन डेक्लर्कका अनुसार ट्यूमर हटाउँदा शल्यचिकित्सकले वरपरको तन्तुलाई सकेसम्म जोगाउने प्रयास गर्छन्। तर ट्युमर पूर्ण रूपमा हटाइयो भनेर सुनिश्चित गर्न प्रक्रियाको क्रममा नमूनाहरू प्रयोगशालामा पठाइन्छ र नतिजाहरू तीस मिनेट भित्र आउनुपर्दछ।

यस क्षणको लागि मानव तन्तु र पिसाब जस्ता विश्लेषणको लागि मात्र नमूनाहरू ड्रोनद्वारा बोक्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक