बिहीबार, वैशाख १३, २०८१

धार्मिक विद्यालय बारे मजाक गरेको आरोपमा टर्कीका पप स्टार पक्राउ

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १० गते १३:१८

टर्कीकी पप स्टार गुलसेनलाई धार्मिक विद्यालयको बारेमा ठट्टा गरेपछि घृणा र दुश्मनी भड्काएको आरोपमा पक्राउ गरिएको छ ।

४६ वर्षीया गायक-गीतकारलाई इस्तानबुलस्थित उनको घरबाट सोधपुछको लागि लगिएको थियो । बिहीबार ढिलोगरि उनलाई औपचारिक रूपमा पक्राउ पूर्जि जारि गरिएको थियो । उनको सुनुवाइको लागि जेलमा लगिएको छ ।

उनमाथि लगाइएका आरोपहरू अप्रिलमा इस्तानबुलमा एक कन्सर्टको क्रममा उनले गरेको टिप्पणीसँग सम्बन्धित छ । उनले आफ्ना एक संगीतकारलाई रतिक्रिडामा बिक्रितता आएको वा बिक्रित मैथुन इच्क्षा देखिएको जस्ता विकृतताका कारण उनी इमाम हटिप धार्मिक विद्यालयमा गएको बताएकि थिईन् ।

गायिकाले टिप्पणी गरेको भिडियो हालसालै सामाजिक सञ्जालमा प्रसारित हुन थालेको थियो । उनलाई गिरफ्तार गर्न आह्वान गर्दै भिडियो सामाजिक सन्जालमा राखिएको थियो ।

तर अन्य अनलाइन प्रयोगकर्ताहरूले उनको गिरफ्तारीमा आक्रोश व्यक्त गरेका छन्। आलोचकहरूले यो कदम अर्को वर्षको चुनाव अघि धार्मिक र रूढिवादी समर्थनलाई सुदृढ गर्ने सरकारको प्रयासको एक हिस्सा भएको बताएका छन् ।

टर्कीको मुख्य विपक्षी दलका नेता केमाल किलिचदारोउलुले टर्कीका न्यायाधीश र अभियोजकहरूलाई कलाकारलाई तुरुन्तै रिहा गर्न आग्रह गरेका छन् ।

गुइल्सन अकलाकोग्लुले समलिंगिहरुको विषयमा समर्थन जनाएको भन्दै पहिलेनै उनका बिरुद्द आलोचना गरिएको छ र उनलाई ईस्लामिक समुहले धम्की दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफूले बोलेको अपराधको लागि माफी मागेकी छिन् तर उनको टिप्पणीलाई टर्कीमा ध्रुवीकरण गर्न चाहने व्यक्तिहरूले कब्जा गरेको बताइन्।

सोधपुछको क्रममा, गुलसेनले उनले घृणा र शत्रुतालाई उक्साएको आरोप अस्वीकार गरिन् । अदालतका अधिकारीहरूलाई उनले भनिन् “मेरो देशको मूल्यमान्यता र संवेदनशीलताको लागि अनन्त सम्मान छ ।”

तर सत्तारुढ एके पार्टीका प्रवक्ताले ट्वीटरमा भनेका छन् “घृणा उक्साउनु कला होइन र गुलेनको कार्य घृणा अपराध र मानवताको अपमान हो ।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनको पार्टीका धेरै सदस्यहरूले टर्कीमा इमाम हटिप धार्मिक विद्यालयहरूमा भाग लिएका थिए । सरकारले “पवित्र पुस्ता” भन्दै धार्मिक पुस्ता हुर्काउने र उनीहरूको संख्या बढाउने वाचा गरेको छ।

विद्यालयहरूले सुरुमा बच्चाहरूलाई मुस्लिम प्रचारक बन्न तयार पार्ने उद्देश्य राखेका थिए ।

(एपी, ए एफपी, युरोन्युज)

तपाइँको प्रतिक्रिया