शनिबार, वैशाख ८, २०८१

रुस-युक्रेन युद्ध निकै लम्बिने संकेत, सैन्य शक्ति बढाउँदै रुस

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १० गते १४:३५

रुसले आफ्नो सैनिक शक्ति अझै बढाउने भएको छ । रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले जनवरी १, २०२३ देखि रुसी सेनामा सैनिकको संख्या १० प्रतिशतले बढाउन बिहीबार एउटा आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।

युक्रेनमा जारी द्वन्द्व झनै चर्किएर केन्द्रविन्दुमा पुगेका बेला रुसले अझै सैनिक संख्या बढाउने निर्णय बाहिरिएको छ । युक्रेनसँगको लडाईमा अग्रपंक्तिमा सैनिकको संख्या थोरै हुँदा हालैका हप्ताहरूमा परिवर्तन भएको र त्यसलाई रुसले बढाउन चाहेको बताइएको छ ।
सरकारले जारी गरेको यो अध्यादेश अनुसार आगामी जनवरी १ बाट लागू हुने गरी सैनिक संख्या थपिने छ ।

फ्रान्सेली रेडियो आर एफ ईको बिहिबार विहानको रेडियो रिपोर्टका अनुसार सन् २०१७ मा १९ लाख मात्रै लडाकु थिए । १९ लाखको तुलनामा अब सेनामा ११ लाख ५० हजार सैनिकसहित २० लाख सदस्य हुनुपर्नेछ ।

खासमा नागरिक कर्मचारीहरूको गणना नगरी यसले एक लाख ३७ हजार सिपाहीहरूको वृद्धिलाई प्रतिनिधित्व गर्दछ । वा हालको लडाकू बलको दश अंश भन्दा बढी ।

युक्रेनमा अपरेशनमा कति सिपाहीहरू खटाइनेछन् भन्ने बाहिर खुलेको छैन । भ्लादिमिर पुटिनले आफ्ना सेनाहरूलाई सुदृढ पार्न भर्ती प्रयोग गर्न चाहन्छन् कि भन्नेपनि स्पष्ठ छैन ।

“फेब्रुअरी २४ देखि युक्रेन विरुद्धको विशेष सैन्य कारबाहीमा संलग्न रुसी सेनाहरूले अत्यन्तै ठूलो नोक्सानी बेहोरेको भनाई पस्चिमाहरुको छ । र मस्कोलाई नयाँ सैनिकहरू भर्ती गर्न गाह्रो भइरहेको नेसनल डिफेन्स रिभ्युका सम्पादक-इन-चीफ जनरल जेरोम पेलिस्ट्रान्डीले टिप्पणी गरेका छन् ।

भ्लादिमिर पुटिन नाटोसँग प्रत्यक्ष नभई अप्रत्यक्ष टकरावमा प्रवेश गरेका छन् । र उनको सेना युक्रेनको युद्द थिएटरमा संलग्न छ । युक्रेनी सेनालाई सहयोग गर्न अमेरिकी, युरोपेली लगायतका देशको सेना पुगेको छ । नाटोका बिरुद्द लड्नपनि रूसी सुरक्षा सुनिश्चित गर्न आवश्यक संख्या हाल रुसलाई पुगेको छैन।

दक्षिणी र पूर्वी युक्रेनमा परिचालन

रुसले थप १० प्रतिशत सेनाको संख्या बढाउनुको कारण ब्याख्या गरेको छैन । तर अहिलेसम्म छ महिना युक्रेनमा आक्रमण गर्दा मानव र भौतिक स्रोतको हिसाबले साँच्चै धेरै महँगो भएको छ। र नाटोलेपनि सैन्य सहयोग बढाउँदै लगेको छ । हस्तक्षेपको सुरुलै किभलाई कब्जा गर्न असफल भएपछि मस्कोका सेनाहरूले अहिले पूर्वी र दक्षिणी युक्रेनमा आफ्ना प्रयासहरू केन्द्रित गरिरहेका छन्, जहाँ मोर्चाहरू हालका हप्ताहरूमा थोरै सरेका छन् ।

सैन्य वृद्धि जनवरी १, २०२३ बाट मात्र हुँदै छ । यसको अर्थ भ्लादिमिर पुटिनले यो एक दीर्घकालीन द्वन्द हो भन्ने संकेत गरेका छन् । अर्थात् युक्रेन विरुद्धको युद्ध समाप्त हुँदैन र यो युद्धको लागि थप स्रोतहरू चाहिन्छ । युद्ध २०२३ र पछिसम्म रहन सक्छ।

“आज घोषणा गरिएको यो निर्णय चिन्ताजनक छ । किनभने यसले स्पष्ट रूपमा यो सैन्यकरण, भ्लादिमिर पुटिन शासनको यो लामो भीडलाई प्रतिबिम्बित गर्दछ” जनरल जेरोम पेलिस्ट्रान्डीले भनेका छन् ।

रुसी सैनिक मुख्यालय क्रेमलिनले अहिलेसम्म सामान्य परिचालनकै आधारमा अगाडि बढ्न खोजिरहेको छ । यसले गर्दा रुसले हार्छ भनेर धेरै रूसीहरू डराएको अवस्थापनि छ । तर पुटीनले थप सैन्य क्षमता बढाएर त्यसलाई गलत साबित गर्न खोजेको, आफन नागरिकलाई आस्वस्त पार्न खोजेको र नाटोलाई मनोबैज्ञानिकरुपमा चुनौति दिन खोजेको देखिएको छ । पुटीनले आफू कुनै हालतमा पछि नहट्ने जनाउ दिन खोजेकापनि हुन् ।

रुसी सैनिकको संख्यामा बृद्धि पनि यस्तो समयमा भएको छ मस्को र पश्चिमी देशहरु बीचको सम्बन्ध शीतयुद्धको अन्त्य पछि अभूतपूर्व संकटबाट गुज्रिरहेको छ ।

खासमा रुस-युक्रेन युद्ध भनिएपनि रुस बिरुद्द अमेरिका र अन्य नाटो समर्थित मुलुकहरुको जस्तै देखिंदै गएको छ । नाटोकै बिरुद्द लड्नुपर्ने देखिएकालेपनि रुसले तिनको शक्ति बराबर आँकलन गर्दै आफ्नो सैन्य क्षमता बढाउन खोजेको देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक