शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए एसिया प्रशान्त क्षेत्रीय ‘मेलमिलाप भेला’ शुरु

नेपालप्लस प्रतिनिधि / बैंकक, थाईल्याण्ड२०७९ भदौ १० गते १५:४५

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको एसिया प्रशान्त क्षेत्रको नवौं क्षेत्रीय ‘मेलमिलाप भेला’ थाईल्याण्डको राजधानी बैककमा बिहिवार शुरु भएको छ ।

आइतवार अपरान्हसम्म चल्ने भेलामा भाग लिन विश्वभरीबाट गैर आवासीय नेपाली र नेपालबाट पत्रकारलगायत, उध्योगी, ब्यापारी र अन्य ब्यक्तिहरु पुगेका छन् । यस्तो क्षेत्रिय भेलालाई आफ्नो ब्यापार ब्यवशाय बढाउने, संपर्क कायम गर्ने, नेपालका मन्त्री र नेतासित समप्र्क गरेर निकटा बढाउने र एनआरएनएको केन्द्रिय निर्वाचनमा आफ्नो पहुँच र प्रभावकारिता बढाउने थलोका रुपमापनि लिने गरिएको छ ।

यस कार्यक्रममा क्षेत्रिय सरोकारका बिभिन्न बिषयहरु छलफल गरिने भनिन्छ । तर क्षेत्रिय स्तरको सम्मेलनमा क्षेत्रिय स्तरकै समस्या, एजेन्डाले प्राथमिकता पाउनुपर्नेमा केन्द्रिय तहका विषयले प्रभावमा पार्ने गरेको छ । क्षेत्रिय स्तरका मुद्दा न्युनरुपमा उठ्ने गरेका छन् । यो पटक बैंककमा कस्तो हुन्छ भन्ने चाहिं हेर्न बाँकि छ ।

एनआरएनले उठान गर्दै आएका महत्वपूर्ण मुद्धाहरुमा विज्ञहरुबाट छलफल गरिने भनिएको छ । र अन्य सहभागीहरुबाट ‍राय संकलन गरिने एनआरएनए एशिया प्रशान्त क्षेत्रिय संयोजक पारशमणी पोख्रेल​​​​​​​​​ले उल्लेख गरेका छन् ।

यस भेलामा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथीकोरुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननिय शेर बहादुर कुंवरको उपस्थिति छ । साथै बिशिष्ठ अतिथीकोरुपमा सांसद माननिय डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उध्योग, बाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणीभद्र कँडेल शर्मा, माननीय पुष्पराज तिमिल्सीना (समाबेसी आयोग), माननिय लिली थापा (राष्ट्रीय मानब अधिकार आयोग), माननिय मिर्जा अर्साद बेग (राष्ट्रीय मुस्लिम आयोग), महामहिम गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), ब्यापारी राजेन्द्र खेतान, चन्द्र ढकाल (बरिष्ठ उपाध्यक्ष नेपाल उध्योग ब‍ाणिज्य महासंघ) लगायत गैरआवासीय आन्दोलनका संस्थापक तथा वर्तमान नेतत्वकर्ताहरुको उल्लेख्य सहभागिता छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रीय समन्वय परिषदका प्रतिनिधी, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्ब का ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने पारशमणी पोख्रेलले उल्लेख गरेका छन् ।

सम्रिद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, नागरिकता निरन्तरता, पिएनओका मुद्धा, बिदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागी लैगिंक समानता साथै गैरआवासीय आन्दोलनले उठान गरिरहेका मुद्धाहरु यसका एजेण्डाका रुपमा छन् । खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवाल तथा पढ्दै कमाउँदै जस्ता कार्यक्रमहरुबारे छलफल र बिभिन्न एनसीसीहरुको प्रस्तुती रहने छ ।

आयोजकका अनुसार भाईचारा अभिबद्धी तथा पारस्पारिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको हो । कार्यक्रमको अन्तमा भेलाको निचोड प्रस्तुत गरिने छ । अन्य ब्यक्तिहरु पुगेका छन् । यस्तो क्षेत्रिय भेलालाई आफ्नो ब्यापार ब्यवशाय बढाउने, संपर्क कायम गर्ने, नेपालका मन्त्री र नेतासित समप्र्क गरेर निकटा बढाउने र एनआरएनएको केन्द्रिय निर्वाचनमा आफ्नो पहुँच र प्रभावकारिता बढाउने थलोका रुपमापनि लिने गरिएको छ ।

यस कार्यक्रममा क्षेत्रिय सरोकारका बिभिन्न बिषयहरु छलफल गरिने भनिन्छ । तर क्षेत्रिय स्तरको सम्मेलनमा क्षेत्रिय स्तरकै समस्या, एजेन्डाले प्राथमिकता पाउनुपर्नेमा केन्द्रिय तहका विषयले प्रभावमा पार्ने गरेको छ । क्षेत्रिय स्तरका मुद्दा न्युनरुपमा उठ्ने गरेका छन् । यो पटक बैंककमा कस्तो हुन्छ भन्ने चाहिं हेर्न बाँकि छ ।

एनआरएनले उठान गर्दै आएका महत्वपूर्ण मुद्धाहरुमा विज्ञहरुबाट छलफल गरिने भनिएको छ । र अन्य सहभागीहरुबाट ‍राय संकलन गरिने एनआरएनए एशिया प्रशान्त क्षेत्रिय संयोजक पारशमणी पोख्रेल​​​​​​​​​ले उल्लेख गरेका छन् ।

यस भेलामा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथीकोरुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननिय शेर बहादुर कुंवरको उपस्थिति छ । साथै बिशिष्ठ अतिथीकोरुपमा सांसद माननिय डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उध्योग, बाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणीभद्र कँडेल शर्मा, माननीय पुष्पराज तिमिल्सीना (समाबेसी आयोग), माननिय लिली थापा (राष्ट्रीय मानब अधिकार आयोग), माननिय मिर्जा अर्साद बेग (राष्ट्रीय मुस्लिम आयोग), महामहिम गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), ब्यापारी राजेन्द्र खेतान, चन्द्र ढकाल (बरिष्ठ उपाध्यक्ष नेपाल उध्योग ब‍ाणिज्य महासंघ) लगायत गैरआवासीय आन्दोलनका संस्थापक तथा वर्तमान नेतत्वकर्ताहरुको उल्लेख्य सहभागिता छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रीय समन्वय परिषदका प्रतिनिधी, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्ब का ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने पारशमणी पोख्रेलले उल्लेख गरेका छन् ।

सम्रिद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, नागरिकता निरन्तरता, पिएनओका मुद्धा, बिदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागी लैगिंक समानता साथै गैरआवासीय आन्दोलनले उठान गरिरहेका मुद्धाहरु यसका एजेण्डाका रुपमा छन् । खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवाल तथा पढ्दै कमाउँदै जस्ता कार्यक्रमहरुबारे छलफल र बिभिन्न एनसीसीहरुको प्रस्तुती रहने छ ।

आयोजकका अनुसार भाईचारा अभिबद्धी तथा पारस्पारिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको हो । कार्यक्रमको अन्तमा भेलाको निचोड प्रस्तुत गरिने छ ।

तपाइँको प्रतिक्रिया