शुक्रबार, वैशाख १४, २०८१

पोखरीमै निसासिएर ११ टन माछा मरे

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ११ गते ८:५५

फ्रान्सको ल्वार नदी नजिकको पोखरीमा अक्सिजनको कमीले निसास्सिएर ११ टन माछा मरेका छन् ।

ल्वार क्षेत्रको माब्ली पोखरीमा एघार टन माछा निसास्सिएर मरेको लोयर माछा मार्ने महासंघले सार्वजनिक गरेको छ ।

खडेरी धेरै हप्तादेखि फ्रान्समा जताततै बढिरहेको छ। वास्तवमा, ल्वार नदीमा पानीको स्तर कम भयो । यहि नदीले माछाको पोखरीलाई यसको भूमिगत पानी आपूर्ति गर्थ्यो । नदी सुक्दै गएपछि पानीको अस्थिरता निम्त्यायो । पानीको स्तर घटेपछि पानीमा तापक्रम पनि बढ्यो ।

पानीको स्तर घट्ने, भएको पानी तात्ने गर्दा प्रचुर मात्रामा जलीय वनस्पतिको विकास भयो । वनस्पती धेरै उम्रिएपछि तिनले पोखरीको अक्सिजन धेरै लिए । पन्ध्र दिनमा पोखरीमा अक्सिजनको स्तर प्रति लिटर पानीमा १२ मिलिग्रामबाट शुन्य दशमलव ४ मिलिग्राममा झर्यो । परिणामस्वरुप माछा भकाभक मर्न थाले ।

यसरि माछा मरेको देखेपछि उद्धार कार्य थालियो र सय किलो माछा जोगाउन सम्भव बनायो । ति माछालाई अन्य पोखरीमा लगेर छोडियो ।

यस्तो पारिस्थितिक त्रासदीबाट फ्रान्स मात्र प्रभावित भने होइन । अगस्टको मध्यमा, पोल्याण्ड र जर्मनी पार गर्ने ओडर नदीबाट पोलिश अग्नी नियन्त्रकहरूले १०० टन भन्दा बढी मरेका माछाहरू बरामद गरे। दुई देशका अधिकारीहरूका अनुसार हालैका हप्ताहरूमा उच्च तापक्रमले विषाक्त लेउ धेरै बढ्दा त्यसको प्रकोपको कारणले यसरि माछा मरेको हुन सक्छ।

तपाइँको प्रतिक्रिया