बिहीबार, वैशाख १३, २०८१

रुसले ग्यास कटौती गरेपछि युरोपमा संकट : बिजुलीको मूल्य १० गुणा वृद्धि, जर्मनीमा तातोपानी काटिने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ११ गते ११:०८

रुसले ईन्धन आपूर्तिमा कटौती गर्न थालेपछि युरोपमा बिजुलीको मूल्य अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । उर्जा संकटले गर्दा कतै नागरिकलाई छिटो नुहाउन निर्देशन दिएका छन् भने कतै पौडी पोखरी तताउन नपाउने र जर्मनीमा तातो पानी बन्द गरिने घोषणा गरिएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणले महादेशभर आर्थिक पीडा खेप्दै जाँदा शुक्रबार युरोपेली बिजुलीको मूल्य नयाँ रेकर्डमा पुगेको छ । अब छिट्टै जाडोयाम लाग्ने हुनाले उर्जाको खाँचो बढ्ने र त्यस अनुसार आपूर्ति नहुँदा उर्जा संकट उत्पन्न हुने त्रासपनि थपेको छ ।

जर्मनीमा बिजुलीको मूल्य ९९५ यूरो प्रति मेगावाट घण्टामा पुग्यो भने फ्रान्सेली १,१०० यूरो भन्दा बढ्यो । यो भनेको गत वर्षको तुलनामा दुबै देशहरूमा दस गुणा बढी हो ।

बेलायतमा उर्जा नियामक अफगेमले अक्टोबर १ देखि बिजुली र ग्यासको मूल्य क्याप लगभग दुई गुणा प्रति वर्षको दरले सार्वजनिक गरेको छ । त्यसको अर्थ औसत ३,५४९ पाउण्डले बढाउने बताएको छ ।

संवन्धित : रूस-जर्मनी ग्यास पाइपलाइन र भू-राजनीतिक स्वार्थ

अफगेमले कोविड प्रतिबन्ध र आपूर्तिमा रूसी प्रतिबन्धहरू हटाएपछि विश्वव्यापी ग्यासको थोक मूल्यमा भएको वृद्धिलाई दोष दिंदै मूल्य बढाउनुपरेको दाबी गरेको छ ।

युरोपेली संघको अध्यक्षता गरिरहेको चेक गणतन्त्रले ईयु ऊर्जा संकट शिखर सम्मेलन छिट्टै बोलाउने शुक्रवार घोषणा गरेको छ ।

युरोपमा उर्जाको मूल्य बढेको छ किनभने रुसले ईयुमा प्राकृतिक ग्यास आपूर्ति घटाएको छ । रुस र पस्चिमी देशबिच युक्रेनको विषयलाई लिएर भएको युद्धको बीचमा जाडोमा थप कडा कटौती हुनसक्ने त्रासमा छन् युरोपेली ।

युरोपेली बिजुलीको पाचमध्ये एक भाग ग्यासबाट चल्ने पावर प्लान्टहरूद्वारा उत्पादन गरिन्छ । त्यसैले रुसी ग्यास आपूर्तिमा भएको कमीले अनिवार्य रूपमा मूल्य बढ्छ ।

शुक्रबार युरोपेली ग्यासको मूल्य प्रति मेगावाट ३४१ युरो पुगेको छ । मार्चमा ३४५ युरो पुगेर सबैभन्दा उच्च विन्दुमा पुगेको थियो ।

उपकरण खिईने, बिग्रिनेर वा क्षयिकरणका कारण धेरै आणविक रिएक्टरहरू बन्द भएकाले फ्रान्सेली बिजुलीको मूल्य वृद्धिमा योगदान पुर्‍याएको छ । किनकि देशमा विद्युत उत्पादन नाटकीय रूपमा घटेको छ।

संवन्धित : पश्चिमा प्रतिबन्ध असफलः भारत र चीनलाई तेल बेचेर मस्त कमाइरहेको छ रुस

फ्रान्सको उर्जा दिग्गज ईडीएफद्वारा सञ्चालित ५६ रिएक्टरमध्ये २४ वटा मात्रै बिहीबार अनलाइन थिए । बाँकीले काम गरेका थिएनन्, बन्द थिए ।

परम्परागत रूपमा बिजुली निर्यात गर्ने फ्रान्स अहिले एक आयातकर्ता बनेको छ ।

“युरोपका सबै देशहरूका लागि जाडो एक कठिन समय हुन गइरहेको छ,” ब्रसेल्सस्थित ब्रुगल थिंक ट्याङ्कका अनुसन्धान सहायक जियोभन्नी सगरवत्तीले मेडियाहरुसित भने “मूल्यहरू उच्च रहनेछन् । सम्भवतः उर्जाको मूल्य अझ बढी जान सक्छ ।”

मन्दी ‘सम्भवतः अपरिहार्य’

ब्रुगेल अध्ययनले पत्तालगाएअनुसार युरोपेली संघका देशहरूले सेप्टेम्बर २०२१ देखि अगस्ट २०२२ सम्म घरपरिवार र फर्महरूलाई बढ्दो ऊर्जा मूल्यहरूबाट जोगाउन दुई खर्ब, ३६ अर्ब यूरो विनियोजन गरेको छ । देशहरू कोविड प्रतिबन्धहरूबाट बाहिर आएर युद्ध चर्किंदै गएपछि बढ्न थालेको हो ।

उर्जाको संकट गहिरिने देखिएपछि पछिल्ला दिनमा ईयु देशहरूले जाडोका लागि बिजुली संचयकालागि जनतालाई ऊर्जा बचत गर्न भनिरहेका छन् । उर्जा उपयोग घटाउने अभियानहरू घोषणा गरेका छन्।

इयुका देशमध्ये सबैभन्दा बढी उर्जाको मार खप्नेमा जर्मनी देखिएको छ । यस जाडोमा सार्वजनिक प्रशासनिक कार्यालयहरूको तापक्रम १९ डिग्री सेल्सियसमा सीमित गरिने र तातो पानी बन्द गरिने जर्मनीले बुधवार घोषणा गर्‍यो ।

संवन्धित : जाडोकालागि कोइला थुपार्न जर्मनहरूलाई अहिलेनै हतार

उर्जा प्रयोग घटाउने उपायका रुपमा जर्मनीले सेप्टेम्बरदेखि निजी पौडी पोखरीहरू तताउन प्रतिबन्ध लगाएको छ । त्यसपछि छ महिनासम्मकालागि यो कानुनका रुपमा लागु हुने छ ।

फिनल्याण्डले आफ्ना नागरिकहरूलाई थर्मोस्ट्याट (यस्तो उपकरण जसले स्वचालित रूपमा तापक्रम नियमन गर्दछ, वा तापक्रम निश्चित बिन्दुमा पुग्दा उपकरण सक्रिय गर्दछ।) हरू कम गर्न, छीटो नुहाउन र सौनामा कम समय बिताउन प्रोत्साहित गरिरहेको छ । आनन्दले लामो समय लगाएर तातो पानीमा नुहाउने, सौनामा बस्ने फिनिसहरुको राष्ट्रिय परम्परा हो।

फ्रान्सेली घरपरिवारहरू अहिलेको लागि डिसेम्बर ३१ सम्म ऊर्जा मूल्य क्यापद्वारा सुरक्षित छन् ।

ऊर्जाको मूल्यवृद्धिले उद्योगधन्दा पनि प्रभावित भएका छन् । मल बनाउनको लागि नभैनहुने एक घटक अमोनिया उत्पादन गर्ने कारखानाहरूले यस हप्ता पोल्याण्ड, इटाली, हंगेरी र नर्वेमा आफ्नो कार्यहरू निलम्बनको घोषणा गरे ।

एचएसबीसी बैंकले एक नोटमा चेतावनी दिएको छ-यूरोजोनमा मन्दी सम्भवतः अपरिहार्य छ । चौथो त्रैमासिक र २०२३ को पहिलो तीन महिनामा अर्थव्यवस्था संकुचित भएको छ ।

संवन्धित :

बेलायतमा बिजुली र ग्यासको भुक्तानी बहिष्कार अभियान, के होला परिणाम ?

युरोप आउने रुसी ग्यास फेरि तीन दिन बन्द

जाडोकालागि कोइला थुपार्न जर्मनहरूलाई अहिलेनै हतार

ईयु-व्यापी ग्यास कटौती योजनामा ऊर्जा मन्त्रीहरूको सम्झौता

युरोप आउने रूसी ग्यास फेरि कटौती : युरोपमा थप आर्थिक पीडा

ग्यासको मूल्य बढ्नासाथ खाद्यवस्तुको मूल्य बढ्नैपर्ने किन ?

पश्चिमा प्रतिबन्ध असफलः भारत र चीनलाई तेल बेचेर मस्त कमाइरहेको छ रुस

ईयु शिखर सम्मेलनको निचोड : क्रोएसिया युरोजोनमा प्रवेश, ऊर्जा संकट समाधान गर्ने वाचा

रूसी ईन्धन निर्भरता रोक्न ईयूलाई नवीकरणीय ऊर्जाको खाँचो, तर चीनमा निर्भर

के युरोपले रुसी ग्यास निर्भरता कटौती गर्न सक्ला ?

जर्मन रोजगारदाता र युनियनहरू रूसी ग्यास बहिष्कारको विरोधमा एकजुट

रूसी ऊर्जामा युरोपेली निर्भरता कम गर्न अमेरिका र ईयू बिच साझेदारीको घोषणा

रूस-जर्मनी ग्यास पाइपलाइन र भू-राजनीतिक स्वार्थ

आणविक ऊर्जालाई ‘खतरनाक’ भन्दै जर्मनीद्वारा युरोपेली संघको योजना अस्वीकार

बेलायतका आधा पेट्रोल पम्प सुख्खा, इन्धन संकट कम गर्न सेना परिचाल

तपाइँको प्रतिक्रिया