बिहीबार, वैशाख १३, २०८१

म्याराडोनाको १९८६ को विश्वकप फाइनल जर्सी अर्जेन्टिनालाई फिर्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ११ गते १५:०९

विश्वप्रसिद्द फूटबल खेलाडी म्याराडोनाले सन् १९८६ को विश्वकप फाइनलमा लगाएको जर्सी अर्जेन्टिनालाईनै फिर्ता दिईएको छ । यो जर्सी दिने र नदिने बारे लामो समयदेखि विवाद रहँदै आएको थियो ।

राष्ट्रिय नायक डिएगो म्याराडोनाको प्रतिष्ठित जर्सी बिहीबार फिर्ता भएपछि अर्जेन्टिनाका फुटबल फ्यानहरू खुसी भएका छन् ।

स्पेनको राजधानी म्याड्रिडस्थित अर्जेन्टिनाको दूतावासमा आयोजित एक समारोहमा जर्मनीका पूर्व कप्तान लोथर म्याथ्युसले सन् १९८६ को विश्वकपको फाइनलमा म्याराडोनाले लगाएको १० नम्बर सर्टको अनावरण गरे।

शर्टलाई अल्ग्याएर पठाउनु एक कठिन निर्णय भएको जर्मनीका पूर्व कप्तान लोथर म्याथ्युसले बताए ।

“मलाई यो शर्ट फिर्ता दिन गाह्रो थियो किनभने यो ज्यादै ठूलो स्मारिका हो” उनले भने “तर अन्तमा, मलाई थाहा थियो कि विश्व फुटबलको इतिहासको यो अद्भुत अवशेष …… यो म्याड्रिडमा भएको हो।”

म्याथसले विश्वकपको फाइनल खेलको मध्यान्तरमा म्याराडोनासँग जर्सी साटासाट गरे र त्यसबेलादेखि नै म्याडोनाको जर्सी उनैले राखे । फाइनल तीव्र र भिषण लडाइँ थियो । त्यस खेलमा अर्जेन्टियाले ३-२ ले जित्यो।

म्याडोनाको शर्ट स्वदेश फिर्ता गर्नका लागि आह्वानहरू चर्को रूपमा बढ्दै गएको थियो । पछिल्लो वर्षमा अति जोडकासाथ चर्काईयो ।

यो जर्सी स्पेनको राजधानी म्याड्रिडमा रहेको फुटबल म्युजियम ‘लेजेन्ड्स’ मा प्रदर्शन गरिने छ।

यो एकमात्र शर्ट थिएन जुन म्याथसले अर्जेन्टिनाका ऐतिहासिक खेलाडीसँग साटासाट गरेको। सन् १९९० को विश्वकपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराएपछि त्यो बेलापनि दुवै खेलाडीले आफ्नो जर्सी साटासाट गरेका थिए । त्यो शर्ट जर्मनीको एक संग्रहालयमा राखिएको छ।

यसअघि मे महिनामा म्याराडोनाले इङ्ल्यान्ड-अर्जेन्टिनाको मेक्सिको ८६ को क्वार्टरफाइनलमा लगाएको अर्को जर्सी ९० लाख युरोभन्दा बढीमा लिलाम भएको थियो । ‘ह्यान्ड अफ गड’ गोलका लागि ऐतिहासिक बनेको थियो त्यो खेल र उक्त जर्सी पनि त्यहि खेलका कारण झनै ऐतिहासिक बनेको थियो ।

तपाइँको प्रतिक्रिया