आइतबार, असोज ९, २०७९

भारतीय फिल्म बहिष्कार जस्तै नेपालमा नेता बहिष्कारको खाँचो

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १२ गते ११:२२

फोटो स्रोत- नेपाली टाईम्स

अहिले भारतीय बजारमा त्यहाँका सिनेमालाई लिएर ‘वहिस्कार बलिउड सिमेमा’ भन्ने लहर चलेको छ । विहारको सानो शहरबाट बम्बई फिल्म उद्योगमा प्रवेश गरेका एक जना नायक सुशान्त सिंह राजापुतले आत्महत्या गरेपछी शुरु भएको हिन्दी सिनेमा वहिस्कारको लहरले अहिले पुरै भारतीय शहरहरुलाई चुर्लुम्म पारेको छ । ठुला निर्देशक, अभिनेता र ठुला बजेटका फिल्महरु सातामै सिनेमा हलहरुबाट उत्रिएका छन । खास गरेर परिवारवादले जकडिएको यो उद्योगमा बाहिरबाट प्रवेश गर्नेहरु माथि दुर्व्यावहार हुने गरेको र त्यहि कारणले निकै सम्भावना बोकेका राजापुत जस्ता नायकले आत्महत्याको निर्णय गर्नु परेको त्यहाँका दर्शकहरुको आरोप छ ।

हुन पनि दशकौं देखि यो फिल्म उद्योग केही ठुला घरानाहरुको पकडमै रहेको छ र उनिहरुले गर्ने निर्णयले नै सिनेमा बजारलाई निर्देशित गर्ने गर्दथ्यो । तर अति भए पछी के हुन्छ ? केही युट्युवरहरुले चलाएको वहिस्कारको लहर पुरै देशमा फैलियो । केहि समय पहिले आफ्नो निकै महत्वकांक्षी फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन हुनु केहि दिन अघि आमिर खान जस्ता कलाकारले हात जोडेर भारतीय दर्शकहरुसँग माफि मागे ।

उनले भनेका थिए- ‘म कुनै पनि परिवारवादमा विश्वास गर्दिन । कृपया मेरो फिल्म वहिस्कार नगरिदिनु होला’ । तर दर्शकहरुले उनको आग्रहलाई सुनेनन । राम्रो र हरेक पक्षबाट उत्कृष्ट हुँदा हुँदै पनि फिल्मले पानीसम्म भन्न पाएन । १ सय ८० करोडमा निर्माण भएको यो सिनेमाले फाईदा कमाउनु त परै जावस आफ्नो लगानिको ७५ प्रतिशत रकम पनि जम्मा गर्न सफल भएन ।

आफ्नो फिल्म असफल भए पछी नायक तथा निर्माता खानले सामाजिक संजालमा लेखेका छन- अब फिल्म निर्माण गर्दा धेरै सोच्नु पर्नेछ । सम्भवत: अब मैले कहिल्यै फिल्म निर्माण गर्ने छैन ।

त्यसमा एक जना दर्शकको प्रतिकृया यस्तो थियो- ‘फिल्म बनाउने नबनाउने कुरो तपाईंहरुको हो । तर तपाईंहरु सुधारिनु भयो भने सम्पूर्ण भारतीय दर्शक तपाईंहरु सँग छन । हामीहरु हाम्रो देशमा भएको निकै ठूलो ईतिहास बोकेको यो उद्योगलाई निरोगी देख्न चाहन्छौ’ ।

पछील्लो समय केही ठूला घरना र ठूला भनिएका अभिनेताहरुले नयाँँ र उद्योग बाहिरबाट प्रवेश गर्ने निकै सम्भावना बोकेका अन्य कलाकारहरुलाई मानशिक रुपमा यातना दिने, आफ्ना फिल्महरुमा काम नदिने र आफ्ना सन्तानको पकडमा उद्योगलाई राख्न चाहेको समाचारहरु सार्वजनिक हुँदै आएका थिए । त्यसको विरोध स्वरुप शुरु भएको वहिस्कार आन्दोलनले त्यहाँको फिल्म उद्योगको भविष्य माथि गम्भिएर प्रश्न खडा गरेको छ । खासमा अति भए पछी हुने यहि हो ।

वलिउडले जनता रिसाएको देख्न थालेको छ र दर्शकलाई जे दिए पनि हुन्छ भन्ने सोचको परिणाम पनि हो यो । भारतीय सिनेमाका एक जना चर्चित समिक्षक तरण आदर्शले लेखेका छन- हिन्दी फिल्म बजारको ईतिहासमै यो भन्दा भयंकर आन्दोलन कहिल्यै देखिएको थिएन । यसले परिवारबादमा अल्झेको वलिउड निन्याउरो भएको छ । हामी सबैले देख्यौं जनता रिसायो भने के हुन्छ भन्ने । यदि यो उद्योगमा बसिरहने हो भने सुधारिनुको विकल्प छैन’ । यो त भयो भारतीय सिनेमा बजारको कुरा ।

खासमा सिनेमा र राजनीति उस्तै उस्तै हुन । के यस्तै वहिस्कार राजनीतिमा पनि सम्भव होला ? खासगरेर नेपालको राजनीतिमा ! बिभिन्न परिणामहरुले वहिस्कारको सम्भावनालाई सम्भव बनाउने संकेत गरेका छन । नेपाली राजातिक रंगमन्चका केही पात्रहरुको नाम हेरौं- शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, केपी ओली, राजेन्द्र महतो, महन्त ठाकुर, झलनाथ खनाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल आदी आदी । हामीले यि नामहरु कहिले देखि सुन्दै आएका छौं ? यस्तै ३५ वर्षत भए होला र यो ३५ वर्षमा हामीले नै यिनिहरुलाई एक पटक होइन, दुई पटक होइन, तीन पटक होइन दर्जनौं पटक सत्तामा उकालेका छौं । यो ३५ वर्षमा देश र जनताको जीवनस्तरको हिसाव किताव गरौं ।

यि ब्यक्तिहरु सत्तामा पुगेर वा देशको सर्वेसर्वा बनिरहेर देश र जनताले कती फाईदा प्राप्त गरे ? फाईदा शुन्य छ । यि नेताहरु हरेक कोणबाट असफल भएका छन । हामीले पाइपाई जोडेर देशको उन्नतीका लागि कर तिर्छौं । त्यो करमा हामीले कति प्रतिशत फिर्ता पाएका छौं ? फिर्ताको मतलव राज्यले जनतालाई के र कस्ता सुविधा दिएको छ ? छैन । हरेक दिन लगभग ६ सयको हाराहारिमा नेपाली युवाहरु वैदेशिक रोजगारिको कठिन यात्रामा निस्किन्छन । देशमै रोजगारिको सम्भावना खोज्ने र रोजगार निर्माण गर्ने तहमा बसेका मन्त्री र प्रधानमन्त्रीहरु विदेशमा रोजगारिका सम्भावना खोज्न भौंतारिएका छन । नेपाली युवालाई विदेशी श्रम बजारमा बेच्ने सम्झौता पत्रमा हस्ताक्षर गरेर बसेका छन । यो अती भएन र ? यस्तो लाग्छ, दुनियाको सबै भन्दा ठूलो मानव तस्कर नेपाल सरकार हो । हो यिनै माथि उल्लेख गरिएका नामहरु हुन जोसँग न कुनै नविन सोच छ न देश चलाऊने जाँगर । यिनिहरुलाई शक्ति, सत्ता र पैसा चाहिएको छ ।

कसैलाई थाहा छ, शेरबहादुर देउवा, पुष्प कमल दहाल, माधव नेपाल, केपी ओली लगायतका ब्यक्तिहरुको आयश्रोत के हो ? कानुनी रुपमा देखिने गरी यि नेताहरुको कुनै प्रकारको आम्दानी छैन । तर जिन्दगी कसरी चलेको छ ? काठमाडौंमा सबै भन्दा विलासीका महलहरु यिनैका छन । महंगा कार यिनैले चढेका छन । चुनावमा करोडौं खर्च यिनैले गर्छन । कहाँबाट पूर्ती भएको छ सबै ? त्यो हामीले तिरेको करको पैसाबाट होइन ? हाम्रो इमान्दारिताको रकममा यि नेताहरुले दोहन गरिरहेका छन ! अझ यिनलाई लागेको छ हामीलाई अझै पुगेको छैन । त्यसैले पनि आफ्ना छोरा, छोरी, श्रीमती र भाई भतिजालाई राजनीतिमा स्थापित गराउने दौडमा छन ।

शेरबहादुर देउवालाई आफ्नी श्रीमती आराजु राणालाई प्रधानमन्त्री बनाउनु परेको छ । यसका लागि उनी जस्तासुकै गठवन्धन गर्न तयार छन । पुष्पकमल दाहालसँग साँठगाँठ गरेर हुन्छ वा भारतीय गुप्ताचर सँग सम्झौता गरेर हुन्छ । यो पनि भारतीय सिनेमा उद्योगका दर्शकहरुलाई त्यहाँका अभिनेता, निर्माता र निर्देशकहरुले गरेको ज्यादती जस्तै नेपालका नेताहरुले हामीहरु माथि ज्यादती गरिरहेका छन । शेरबहादुर देउवाले जिन्दगी भर राजनीती गरेर देश र जनताका लागि के गरे र अब जनताले उनकी श्रीमतीबाट अपेक्षा गर्ने ?

उनिहरुलाई लाग्छ, नेपाली जनतालाई जे गरे पनि हुन्छ, सहन्छन् । तर त्यसको सिमा हुन्छ कहिलेसम्म सहने ? एउटा नालायक नेताको नालायकीपनले हामीले हाम्रा छोरा छोरीको भविष्य कहिले सम्म अन्धकारमा राखिरहने ? अब अति भएको छ, नेपाली जनताले यिनिहरुलाई वहिकार गर्न ढिला गर्नु हुँदैन । सतहमा, मैदानमा उत्रिएका बेला हामीले भन्नु पर्दछ ‘तिमीहरु निकम्मा भयौ, हामीलाई देश बनाउने नेता चाहिएको छ ।’ हरेक पटक जनताको शक्तिको अवमूल्यन गरेका यिनिहरुले देखुन जनाता रिसाए भने के हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक