आइतबार, मंसिर १८, २०७९

कार्बन उत्सर्जन घटाएर मात्रै हुन्न, वायुमण्डलबाटै कसरि हटाउने ?

किरा टेलर / फ्रान्स२०७९ भदौ १२ गते १४:११

कार्बन डाईअक्साईड उत्सर्जन बढ्दै जाँदा, विज्ञहरूले त्यसलाई न्युनिकरण गरेर मात्रै समाधान नहुने बरु वायुमण्डलमा भएको कार्बन हटाउनुपर्ने तर्क अघि सारेका छन् ।

“कठोर जलवायु परिवर्तनको चेतावनी दिने हाम्रो सम्भावना प्रदूषणमा सिमित मात्र रहेर होइन, वायुमण्डलबाट कार्बन हटाउनमा पनि छ ।’

जलवायु परिवर्तनमा संयुक्त राष्ट्र अन्तरसरकारी प्यानल (आइपिसिसी) को पछिल्लो रिपोर्ट अनुसार सन् २०१० र २०१९ को बीचमा औसत वार्षिक विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन मानव इतिहासमै उच्चतम स्तरमा थियो ।

अहिले वृद्धिदर केहि सुस्त भएको छ । आईपीसीसीले शताब्दीको अन्त्यसम्ममा विश्वले वायुमण्डलबाट १,००० गिगाटन कार्बन डाइअक्साइड हटाउन आवश्यक पर्ने अनुमान गरेको छ ।

“हामीलाई कार्बन हटाउन आवश्यक छ । किनभने हामीले शुद्ध शून्य उत्सर्जनमा पुग्नुपर्छ । त्यसपछि शुद्ध नेगेटिभ उत्सर्जन गर्न आवश्यक छ। तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभन्दा कम राख्ने वा कमसेकम त्यस बिन्दुमा पुग्ने तरिका यही हो” जलवायु नीतिसम्बन्धी सल्लाहकार क्लाइमेट प्रिन्सिपल्सको नेतृत्व गर्ने इभ ताम्मे भन्छिन् ।

कार्बन हटाउने भनेको के ?

आईपीसीसीले कार्बन उत्सर्जनलाई मानव गतिविधिहरू भनेर परिभाषित गर्दछ जसले वायुमण्डलबाट कार्बन डाईअक्साईंड हटाउँछ र यसलाई भौगोलिक, स्थलीय वा समुद्री जलाशयहरूमा स्थिर रूपमा भण्डार गर्छ ।

“यदि तपाईले वायुमण्डललाई बाथटबको रूपमा सोच्नुहुन्छ र तपाईले पानीलाई कार्बन डाइअक्साइडको रूपमा सोच्नुहुन्छ भने, उत्सर्जनमा कमीले नल (फोसेट) लाई तल पार्दैछ । त्यसैले टबमा पानीको बहावलाई कम गर्छ” क्लिन एयर टास्क फोर्स एनजिओकी निर्देशक, भूमी र जलवायु विशेषज्ञ क्याथी फालोन बताउँछिन्।

उनको भनाईमा हटाउनु भनेको नाली खोलेर वायुमण्डलमा पहिलेनै रहेको कार्बनको मात्रा वा टबमा रहेको पानीको मात्रा निकाल्नु हो ।

वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाउने तरिकाहरू व्यापक रूपमा भिन्न हुन्छन्। हटाउने प्राकृतिक रूपहरूपनि फरक हुन्छन् । जस्तै समुद्र, माटो र बोटबिरुवाहरूमा कार्बन कब्जा गर्ने, सोस्ने कार्य सहस्राब्दीदेखि चलिरहेको छ ।

यसबिचमा ‘डाइरेक्ट एयर क्याप्चर (अर्थात् हावाबाट सिधै जम्मा गर्ने, अड्काउने)’जस्ता नयाँ विधिहरू जसले हावाबाट कार्बन निकाल्छ, अझै पनि विकास भइरहेको छ।

कार्बन हटाउनको लागि प्रकृति कि प्रविधि ?

हाल, कार्बन हटाउने सबैभन्दा उपलब्ध रूपहरू मध्ये एक भूमिमै आधारित छ। यसका केहि उत्कृष्ट उदाहरणहरू छन् । उष्ण कटिबन्धिय अर्थात् गरम क्षेत्र (ट्रोपिक) क्षेत्रमा पूनर्जागरण गरिएको, पुन हुर्काईएको वन क्षेत्र (रिफरेस्टेसन) र तातो र चिसो ठिक्क वा बारबर जस्तै हुने (टेम्पोरल) क्षेत्रहरूमा वन पुनरुत्थान परियोजनाहरू हुन् । तिनले कार्बन हटाउने राम्रो परिणामहरू दिन्छन् र प्राकृतिक वातावरणको सन्तुलन वा जैविक विविधतालाई असर गर्दैनन्

यद्यपि, यी हटाउने उपायहरू कत्तिको स्थायी छन् भन्ने चिन्ताहरू छन् । कार्बन भण्डारण गर्ने प्राकृतिक संरचनामा क्षति गर्छ कि, जङ्गलको आगो जस्तै ? यसलाई फेरि वायुमण्डलमा छोड्न सक्छ कि भन्ने चिन्तापनि छन् ।

त्यहाँ जीवाश्म ईन्धनहरू जलाउने उत्सर्जनको सामना गर्न प्रकृति प्रयोग किन गर्ने भनेर आलोचना गर्नेहरू पनि छन् ।

त्यसको कारणले राम्रो प्रविधिमा आधारित रहेर कार्बन हटाउनुपर्छ भन्नेमा बढ्दो ध्यान केन्द्रित भएको छ जसले प्रत्यक्ष हावा क्याप्चर जस्ता विधिहरू मार्फत कार्बन कब्जा गर्छ र त्यसपछि यसलाई भूमिगत भण्डारण गर्दछ ।

फालोन भन्छन् “हामीले भूमिमा आधारितलगायत अहिले उपलब्ध चीजहरूको प्रयोग गर्दै यसलाई कार्बन हटाउने विधिहरू बदल्ने पोर्टफोलियोको रूपमा सोच्नुपर्दछ । तर दीर्घकालीन समाधानहरूतिर सर्दै जानुपर्छ र यसका लागि थप नयाँ प्रविधि, अक्किल र कोष आउँछन् ।

त्यसो त, केही परियोजनाहरू पहिले नै छन् जसले दीर्घकालीनरुपमा कार्बन हटाउने कुराहरू हेरिरहेका छन् । जस्तै ओर्का परियोजना, विश्वको पहिलो प्रत्यक्ष एयर क्याप्चर र भण्डारण प्लान्ट हो । यो सेप्टेम्बर २०२१ मा आइसल्याण्डमा सुरू भएको थियो ।

ताम्मे भन्छन् “कार्बन हटाउने कुरा आउँदा विश्व पक्कै पनि नयाँ आविष्कार, नव प्रवर्तक (ईनोभेसन) को युगमा छ। उदाहरणका लागि, एलोन मस्कद्वारा वित्त पोषित एक्सप्राईज । १,००० भन्दा बढी स्टार्ट-अपहरूले यसको लागि आवेदन दिएका थिए र धेरै स्टार्ट-अपहरूले अनुगमन र प्रविधि सहित हटाउने विभिन्न पक्षहरूमा काम गरिरहेका छन् ।

“तर पक्कै पनि हामीसँग आवश्यक मात्रामा कार्बन हटाउने स्तरमा पुग्न अझै आवश्यक उपकरणहरू छैनन् । त्यसैले यो चुनौती हो” उनी भन्छिन्।

कार्बन हटाउन ‘वाइल्ड वेस्ट’ को बाधा

यद्यपि, कार्बन हटाउने लागतलाई एक स्तरमा कम गर्नको लागि नवप्रवर्तन, आविष्कार मात्र पर्याप्त हुँदैन । तिनीहरूलाई आवश्यक रूपमा व्यापक रूपले प्रयोग गर्न सकिन्न वा त्यो मात्रै पर्याप्त हुन्न । यिनलाई चाहिने अन्य आवश्यक वस्तु, माध्यमसहित जोड्न पर्याप्त कोष र नीतिहरू पनि हुनुपर्छ ।

कार्बन हटाउनका लागि केही पैसा संयुक्त राष्ट्र संघ र विश्व बैंक जस्ता स्रोतहरूबाट आउँछ । तर अधिकांश स्वैच्छिक बजार, दान र सहयोगस्वरुप आउँछ । त्यो रकम उत्सर्जन बिरुद्द काम गर्न प्रयोग गरिन्छ । त्यसैका लागि भनेर आउँछ, अतिरिक्त कार्बन हटाउन भनेर दिईएको हुन्न । त्यसले गर्दा कारबन हटाउनकालागि कोष पुग्दैन ।
स्वैच्छिक सहयोगबाट प्रति वर्ष लगभग एक अर्ब अमेरिकी डलर जम्मा हुन्छ । आगामी दशकहरूमा लगभग ५० गुणा बढ्ने अनुमान गरिएको छ। तर यो अनियमित छ। फलोनका अनुसार प्राय “वाइल्ड वेस्ट” भनेर चिनिन्छ।

“बजार एकिक्रित गर्ने संकटबाट गुज्रिरहेको छ । यससँग लड्न थप कडा मापदण्डहरू हुनु आवश्यक छ” उनले थपिन् । कार्बन वायुमण्डलबाट हटाउनकालागि थप कोषको आवश्यकता छ । कार्बन बिरुद्द काम गर्नकालागि मात्रै भएर पुग्दैन र त्यसकोलागि आइपिसिसीले काम गरिरहेको छ ।

कार्बन हटाउने अभियानको भविष्य

कार्बन हटाउने अभियान दशकौं देखि जलवायु नीतिको एक हिस्सा भएको छ । तर त्यहाँ अझै धेरै काम गर्न बाँकी छ। उदाहरणका लागि यो त्यहाँ जम्मा भैसकेको कार्बन उत्सर्जनको रूपमा गणना गर्ने निर्णय गर्न बाँकी छ। त्यो शुद्ध शून्य उत्सर्जनको लक्ष्य हासिल गरेपछि हुने छ ।

विभिन्न देशहरूमा कार्बन हटाउन र भण्डारण गर्न फरक फरक खाले विभिन्न क्षमता र उपायहरू छन् ।

ईयुले आफ्ना सदस्य देशहरू बीच कार्बन हटाउने कार्यलाई कसरी विभाजन गर्छ भनेर पनि काम गर्न आवश्यक छ। विभिन्न देशहरूसँग कार्बन हटाउने र भण्डारण गर्ने विभिन्न क्षमताहरू छन्। कसैसँग धेरै जङ्गल छ। केहिसित ठूलो भूगर्भीय भण्डारण वा प्रत्यक्ष हावा क्याप्चर जस्ता पावर प्रविधिमा नवीकरणीय ऊर्जाको ठूलो आपूर्ति छ ।

त्यसो त, कार्बन हटाउने वैधता पनि सुनिश्चित गर्नुपर्छ । त्यसकोलागि एक एकीकृत लेखा प्रणाली र अनुगमन गर्नुपर्छ । रिपोर्टिङ र प्रमाणीकरण प्रक्रियाहरू पनि हुनु आवश्यक छ ।

ईयुले यस वर्षको अन्त्यमा कार्बन हटाउने प्रमाणीकरण ढाँचासहित यो काम सुरु गरेको छ।

“हामी अहिले कार्बन कति हटाउने, कसरि हटाउने भनेर मापन गर्ने चरणमा छौं । यो स्पष्ट छ कि हामीले विभिन्न प्रकारका हटाउने विधिहरू मापन गर्न आवश्यक छ” तामे भन्छिन् “तर हामीले पहिले के गर्नु पर्छ त्यो मात्रा निर्धारण गर्नुपर्छ किनभने त्यहाँ धेरै थोरै हटाउने विधिहरू छन् जसको लागि हामीसँग सुहाउँदो नियमहरू छन् ।”

(युरोन्युजको आलेखलाई नेपालप्लसद्वारा नेपालीमा भावानुवाद गरिएको हो-सं)

संवन्धित :

डच नागरिकले झैं साईकल चलाए वार्षिक ७० करोड टन कार्बन घट्ने

दिनमा भन्दा राती बढि कार्बन डाईअक्साईड फाल्छन् नदीहरुले ?

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

वातावरण संरक्षणकालागि निजी जेटमाथि प्रतिबन्ध लगाउँदै फ्रान्स !

अमेरिकाद्वारा जलवायुको लागि ३ खर्ब ६२ अर्ब यूरोसहित सात परियोजना घोषणा

जनस्वास्थ्यमा असर परेको भन्दै एम्स्टर्डमद्वारा हवाई यातायातमा कटौती

बम माथि बसेको हाम्रो पर्वतीय क्षेत्र

मोटरसाइकल चालकमा भन्दा साइकल र पैदल यात्रुमा प्रदूषण हावा बढी

पोल्याण्डद्वारा तोपले हानेर प्रदूषण हटाउने परिक्षण

जलवायु परिवर्तनको श्रेय प्राप्त गर्ने पुरुषभन्दा ५ वर्षअघिनै महिलाले पत्ता लगाएको खुलासा

आणविक ऊर्जालाई ‘खतरनाक’ भन्दै जर्मनीद्वारा युरोपेली संघको योजना अस्वीकार

जलवायु सम्मेलनले मानवीय संकट समाधानको जवाफ देला ?

ग्याँस उत्सर्जनकर्तामाथि निगरानी तिब्र पार्दै अन्वेषकहरू

तातो संसारले गरिब समूदायलाई अरूलाई भन्दा बढी चोट पुर्‍याउनेछ

तपाइँको प्रतिक्रिया