मंगलबार, वैशाख ४, २०८१

विश्वकप बिजेता खेलाडी पोग्बासँग फिरौती मागिएको दाबी, प्रहरीले अनुसन्धान गर्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १३ गते १०:०६

फ्रान्सका विश्वकप बिजेता खेलाडी पोल पोग्बाले आफूसँग अज्ञात समुहले फिरौति माग गरेको दाबी गरेपछि फ्रान्सेली प्रहरीले उक्त दाबीमाथि अनुसन्धान सुरु गरेको छ ।

उनलाई केहि गुन्डाहरूले फिरौती माग गर्दै धम्की दिएको पोग्बाले सार्वजनिक गरेका थिए ।

पोग्बाको आरोप उनको भाइ म्याथियासले चार भाषाहरूमा (फ्रेन्च, इटालियन, अंग्रेजी र स्पेनिस) अनलाइनमा अनौठो भिडियो प्रकाशित गरेपछि आएको थियो । युभेन्टस स्टारको बारेमा “महान खुलासा” गर्ने वाचा गर्दै भिडियो पोस्ट गरिएको थियो ।

उनका वकिलहरू, उनकी आमा येओ मोरिबा र वर्तमान एजेन्ट राफेला पिमेन्टाले हस्ताक्षर गरेको विज्ञप्तिमा शनिबार राति प्रकाशित भिडियोहरू “दुर्भाग्यवश कुनै आश्चर्यको कुरा होइन” भन्ने उल्लेख छ ।

“उनीहरूले पोल पोग्बा विरुद्ध एक संगठित गिरोहद्वारा धम्की र जबरजस्ती प्रयासहरू गरेका छन्” बिज्ञप्तीमा भनिएको छ ।

“इटाली र फ्रान्सका संवन्धित निकायहरूलाई एक महिना अघि सूचित गरिएको थियो र चलिरहेको अनुसन्धानको सम्बन्धमा थप टिप्पणीहरू हुनेछैन” ३२ वर्षीय मथियास पोग्बाले भनेका छन् ।

३२ वर्षीय मथियास पोग्बाले आफ्नो भाइ पाउल पोग्बा र उनको एजेन्ट राफेला पिमेन्टाको बारेमा ठूलो खुलासा गर्ने प्रतिज्ञा गरे जसले अप्रिलमा मृत्यु भएका पूर्व एजेन्ट मिनो राइओलाको कम्पनीको प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए ।

उनले भने “पूरै विश्व, साथै मेरो भाइका फ्यानहरू, र अझ बढी फ्रान्सेली टोली र युभेन्टस, मेरो भाइका टोलीका साथीहरू र उनका प्रायोजकहरूले केही कुराहरू जान्न पाउनुपर्छ”।

साथै एक पेशेवर फुटबलर, म्याथियास पोग्बाले आफ्नो भाइ “फ्रान्सेली टोलीमा आफ्नो स्थान र विश्व कप खेल्ने सम्मानको योग्य छ कि छैन भनेर निर्णय गर्न मानिसहरूले उनीबारी के थाहा छ भनेर जान्न आवश्यक रहेको बताएका छन् ।

“यदि उनी युभेन्टसमा स्टार्टर हुन योग्य छन् कि छैन भन्ने जान्न आवश्य छ” उनले भनेका छन् ।

“यो सबै विस्फोटक हुन सक्छ” उनले निष्कर्ष निकाले।

एएफपीले सम्पर्क गरेको पोग्बा परिवारका नजिकका दुई स्रोतका अनुसार पोल पोग्बाले कथित सम्झौताको भिडियो प्रसार हुनबाट बच्न चाहेमा पोग्बासित ठूलो रकम माग गरिएको छ ।

फ्रान्सेली केहि मेडियाका अनुसार पोग्बाको परिवारमा द्वन्द र बेमेल भएपछि यो घटना बाहिरिएको छ । पोग्बाका दाजुभाईसित केहि समयदेखि उनको बेमेल र वावप्रतिवाद भएको थियो । उनका दाजुभाईले पारिवारिक विषयमा बिरोध गर्दै आएका थिए र बिभिन्न विषयमा पारिवारिक असन्तुस्टि ब्यक्त गर्दै आएका थिए ।

सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेकापोल पोग्बा ६ वर्षपछि म्यानचेस्टर युनाइटेडमा यस गर्मीयाममा फ्री ट्रान्सफरमा युभेन्टस फर्किएका थिए । हाल घुँडाको चोटका कारण खेल स्थगित गरेका छन् । २९ वर्षीय पोग्बा अर्को महिना खेलमा फर्कने अपेक्षा गरिएको छ ।

(एएफपी)

तपाइँको प्रतिक्रिया