शनिबार, वैशाख १५, २०८१

उडिरहेकै विमानको ककपिटमा दुई पाईलटको हानाहान, विमान सकुशल अवतरण

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १३ गते १६:२६

फ्रान्सेली ध्वजाबाहक विमान एयर फ्रान्सको ककपिटमै दुई जना पाईलटबिच थप्पड हान्ने र कठालो समातासमात भएपछि दुबै पाइलटलाई विमान केबिन क्रु हस्तक्षेप गर्न बाध्य भएको थियो । हाल ति दुबै पाईलटलाई निलम्बन गरिएको छ ।

यो घटना जुनमा जेनेभाबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको एक उडानमा भएको थियो र घटना अहिले सार्वजनिक भएको हो ।

स्विस अखबार ला ट्रिब्यूनका अनुसार विमान उडेको केही समयपछि पाइलट र को-पाइलटबीच झगडा भएको थियो । एक जना पाईलटले अर्कोलाई पिटेपछि एकअर्काको कठालो समातेका थिए ।

केबिनको चालक दलले तत्कालै तिमाथि हस्तक्षेप गरेको थियो । चालक दलका एक सदस्यले बाँकी उडानभर दुई जना पाइैल्टलाई थप झगडा गर्न नदिन ककपिटमा पाइलटहरूसँग बसेर निगरानी गरेको अखबारले उल्लेख गरेको छ ।

एयर फ्रान्सका एक अधिकारीले पाईलटबिच झगडा भएपनि विमान उडान जारी रहेको र सुरक्षित अवतरण गरेको पुष्टि गरेका छन्। विवादले यात्राको बाँकी भागलाई असर नगरेको उनको भनाई छ । तर पाईलटहरुलेनै कठालो समातासमात गरेपछि क्राबिन क्रुका अन्य सदस्यहरु भने त्रसित भएका थिए ।

फ्रान्सको हवाई अनुसन्धान एजेन्सी (बीईए) द्वारा गरिएको एक अध्ययनले एयर फ्रान्सका पाइलटहरूले सुरक्षा घटनाहरूमा प्रक्रियाहरूको सम्मान नगरेको, सुरक्षा कठोरताको अभाव देखाएको रिपोर्टहरू दिएका छन् ।

डिसेम्बर २०२० मा कङ्गो गणतन्त्रको ब्राजाभिलबाट पेरिसको उडानमा, एयर फ्रान्सका पाइलटहरूले इन्धन चुहावट पछि विमानलाई पुन फिर्ता लगेको फेला परेको थियो। प्रक्रिया पालना नगरेको र इन्जिनको पावर काटेको वा सकेसम्म चाँडो अवतरण गर्न खोजेको भन्दै चालक दलको आलोचना भएको थियो ।

विमान चाड शहरमा सुरक्षित अवतरण गरिएको थियो । तर बीईए रिपोर्टले इन्जिनमा आगो लाग्न सक्ने चेतावनी दिएको थियो ।

दुई जना पाईलटहरुलाई निलम्बन गरेपछि कर्मचारीक्ले त्यसको बिरोध गरेका छैनन् । बरु कम्पनीका पाइलट युनियनहरूले पनि आफ्ना सबै कामदारहरूको लागि सुरक्षा सर्वोपरि भएकोमा जोड दिएका छन्।

तपाइँको प्रतिक्रिया