शनिबार, वैशाख ८, २०८१

खडेरीको जोखिम बढेसँगै गर्मी लामो समयसम्म रहनसक्ने

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ १५ गते २०:५८

बेलायतमा खडेरीको जोखिम बढेसँगै गर्मीयाम लामो समयसम्म रहन सक्ने मौसमविद्ले बताएका छन् ।

मेट अफिसको अनुसन्धानले पत्ता लगाएअनुसार गर्मी जस्तो मौसमको ढाँचाले बेलायतमा न्यानो र सुख्खा शरद ऋतु लम्ब्याउने छ । त्यसका साथै २०२० को मध्यदेखि तातो र सुख्खा ग्रीष्महरू निम्त्याएको छ र यो क्रम अगाडि बढ्दै जाने छ ।

यस्तो मौसमको ढाँचाले खडेरीको जोखिम बढाउन सक्छ। डेली टेलिग्राफको रिपोर्ट अनुसार बेलायती शरद ऋतु शताब्दीको अन्त्यसम्ममा ४ देखि १२ प्रतिशतले वर्षामा कमी हुने सम्भावना छ । तर आँधीहरू आउँदा अझ चरम हुने अपेक्षा गरिएको छ।

स्पेनमा प्राचिन ऐतिहासिक ढुङ्गाको धारा र ११ औं शताब्दीको चाराका पानी घट्दै गएको छ । देशका जलाशयहरुमा आफ्नो सामान्य क्षमताको ३६ प्रतिशत पानी घटेको छ ।

संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम अनुसार सोमालिया हाल ४० वर्षमा सबैभन्दा खराब खडेरीबाट ग्रस्त छ । त्यहाँ दुई करोड भन्दा बढी मानिसहरू भोकमरीको जोखिममा छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक