शुक्रबार, चैत १६, २०८०

सन् २०२१ मा हरितगृह ग्यास उत्सर्जन र समुन्द्री सतह अहिलेसम्मकै उच्च

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १५ गते २१:३३

सांकेतिक तस्विर

सन् २०२१ मा पृथ्वीको हरितगृह ग्यास र समुद्रको सतह अहिलेसम्मकै सबैभन्दा उच्च तहमा पुगेको पत्ता लागेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनले बुधबार उत्सर्जनलाई रोक्ने प्रयासहरू गर्दागर्दैपनि जलवायु परिवर्तनले ब्यापक निरन्तरता पाइरहेको देखाएको छ ।

“यस प्रतिवेदनमा प्रस्तुत गरिएका तथ्याङ्कहरू स्पष्ट छन् – हामीले जलवायु परिवर्तनले विश्वव्यापी प्रभाव पारेको र यसले ढिलो हुने कुनै संकेत देखाउँदैन भन्ने थप आकर्षक वैज्ञानिक प्रमाणहरू भेटेका छौं” राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनका प्रशासक रिक स्पिनराडले भनेका छन् ।

कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रको ठूलो हिस्सा तीव्र गतिमा सुस्त भए तापनि हरितगृह ग्यासको स्तरमा वृद्धि भएको हो। गत वर्ष कम भएपनि जीवाश्म ईन्धन उत्सर्जनमा सहजता भएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी एजेन्सीले सन् २०२१ मा वायुमण्डलमा हरितगृह ग्यासको मात्रा ४१४ दशमलव ७ पार्ट प्रति मिलियन रहेको र २०२० को तुलनामा २ दशमलव ३ अंश बढी रहेको बताएको छ ।

यो स्तर “प्यालियोक्लामेटिक रेकर्डको आधारमा कम्तिमा गत लाखौं वर्षहरूमा सबैभन्दा उच्च हो” जलवायुको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

रिपोर्टका अनुसार पहिलेदेखि बढ्दै आएको ग्रहको समुन्द्री सतह १० औं वर्षमापनि बढेको छ । सन् १९९३ मा उपग्रह मापन सुरु गर्दा औसत थियो । हाल ३ दशमलव ८ इन्च (९७ मिलिमिटर) बढेर नयाँ किर्तिमानमा पुग्यो ।

गत वर्ष १९ औं शताब्दीको मध्यदेखि रेकर्डमा सबैभन्दा तातो मध्ये छैठौं स्थानमा थियो । पछिल्ला सात वर्षको रेकर्डमा सबै सात वर्षनै सबैभन्दा तातो वर्ष बनेका थिए” रिपोर्टले औंल्याएको छ ।

गत वर्ष डिसेम्बरमा फिलिपिन्समा झण्डै ४०० जनाको ज्यान जाने गरी आएको टाइफुन राई र क्याट्रिनापछि लुइसियानामा आएको दोस्रो शक्तिशाली आँधी बन्नुअघि क्यारेबियनलाई बगाएको इडालगायत उष्णकटिबंधीय आँधीहरूको संख्या पनि औसतभन्दा धेरै थियो।

(एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक