बुधबार, वैशाख १२, २०८१

बन्द गर्‍यो रुसले युरोप पठाउने ग्यास पाईप

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १६ गते ११:०१

नर्ड स्ट्रिम ग्यास पाईपलाईन

नोर्ड स्ट्रिम पाइपलाइन मार्फत युरोपमा ग्यास पठाउने गरेको रुसले तीन दिनको लागि बन्द गरिदिएको छ । युरोपको उर्जा संकटलाई यसले झनै गहिरो बनाएको छ ।

युक्रेनमाथि रुसले हमला गरेपछि पस्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण रुसले आफ्नो उर्जा आपूर्ति काटेर बदला लिन खोजेको पस्चिमाहरुको भनाई छ ।

रुसले आफूमाथि प्रतिबन्ध लगाउने युरोप बिरुद्द आफ्नो ग्यास आपूर्ति कम गर्ने निचोडमा पुगेको देखिएको छ ।

रुसले बुधवारदेखिनै पाइपलाइन बन्द गरेको हो । रूसले आवश्यक मर्मतका लागि पाईपलाईन बन्द गर्नुपरेको दाबी गर्दै आएको छ । तर यसले युरोपेली मुलुकमा थप चिन्ता बढाएको छ । किनकि जाडोयाममा उर्जाको आवश्यकता ज्यादै बढी हुनाले तिनले अत्यावश्यक आपूर्तिहरू सुरक्षित गर्न खोजेका छन् ।

पोलिटिको न्युजका अनुसार रूसले बुधवारदेखि सुरु हुने तीन दिनको लागि जर्मनीको समुद्रमुनि नर्ड स्ट्रिम पाइपलाइन बन्द गरिदिएपछि रुसमा ग्याँसको मूल्य घटेको छ । यसमा भनिएको छ “अहिलेका लागि रसियाको ऊर्जा ब्ल्याकमेल (ग्यास) समाप्त भयो “।

पोलिटिकोले बेल्जियममा उज्रार्जा संकट व्यवस्थापन गर्ने प्रयास गरेको उल्लेख गरेको छ । तर त्यो उपाय के हो भन्ने खुलाएको छैन ।

रोयटर्सले चेकगणतन्त्रबाट रिपोर्ट गरेअनुसार अमेरिकी अर्थ सचिव जेनेट येलेन र बेलायती अर्थमन्त्री नादिम जाहावीले बुधबार भेटेर विश्वव्यापी ऊर्जा कटौती गर्न रूसी तेलको मूल्यमा एकरुपता गर्ने प्रयासहरूबारे छलफल गरे। मूल्यहरमा एकरुपता ल्याउने र रूसको राजस्वलाई सीमित गर्नुपर्ने अमेरिकी अर्थ विभागले उल्लेख गरेको छ ।

फाइनान्सियल टाइम्सले प्रश्न गरेको छ “बिजुलीको मूल्य घटाउन ईयुका विकल्पहरू के हुन् ?”

दक्षिण अफ्रिकी मन्त्रीको भनाई उल्लेख गर्दै ब्लूमबर्गले रिपोर्ट गरेको छ “युरोपको संकटले कोइलाको मूल्य र महत्व कति छ भन्ने देखाउँछ ।”

तपाइँको प्रतिक्रिया