बिहीबार, वैशाख १३, २०८१

पोल्याण्डले जर्मनीसँग दोस्रो विश्वयुद्दको १३ खर्ब युरो क्षतिपूर्ति माग्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १६ गते २०:१६

पोल्याण्ड सरकारले नाजी कब्जा अन्तर्गत दोस्रो विश्वयुद्धको क्षतिको वित्तीय लागत १३ खर्ब युरो अनुमान गरेको छ र उक्त रकम जर्मनीसित माग गर्ने भएको छ । आफ्नो देशकालागि यो महत्वपूर्ण भएको भन्दै उनीहरुले यसकालागि जर्मनीलाई यी क्षतिपूर्तिहरू तिर्न लगाउन वार्ता गर्ने बिहिवार बताएका हुन् ।

सत्तारुढ कानून र न्याय पार्टीका नेता उपप्रधानमन्त्री जारोस्लाव काजिन्स्कीले एक सम्मेलनमा भने “यो १३ खर्ब युरोको महत्त्वपूर्ण रकम हो।”

उनले पोल्याण्डको क्षतिपूर्ति पाउने प्रक्रिया लामो र कठिन हुने उल्लेख गरेका छन् ।

जर्मन नाजीहरुले कब्जा गरेको वर्षको लागत निकाल्ने क्रममा एक रिपोर्ट विमोचनका क्रममा यो रकम घोषणा गरिएको थियो।

सन् २०१७ देखि लगभग ३० इतिहासकार, अर्थशास्त्री र अन्य विज्ञहरूले नाजीले कब्जा गरेका बेलाको कागजातमा अध्ययन गरिरहेका छन्।

देशको दक्षिणपन्थी सरकारले पोल्याण्डलाई जर्मनीले क्षतिपूर्ति नदिएको बताउँदै आएको छ । जर्मनीले भने युद्ध पछिका वर्षहरूमा पूर्वी ब्लक राष्ट्रहरूलाई क्षतिपूर्ति तिरेको तर्क गर्दै आएको छ ।

पोल्याण्डमा जर्मन नाजीहरुको कब्जा ८३ वर्षअघि सुरु भएर सन् १९४५ को मेमा युद्धको अन्त्यसम्म चलेको थियो ।

बिहिवार आयोजित एक स्मरण कार्यक्रममा राष्ट्रपति एन्ड्रेज डुडाले “यो युद्ध हाम्रो इतिहासको सबैभन्दा डरलाग्दो त्रासदी मध्ये एक” भएको बताए ।

“यसले हाम्रो स्वतन्त्रता खोसेको मात्र होइन, यसले हाम्रो राज्य हामीबाट खोसेको मात्र होइन, यो युद्धले पोल्याण्डका नागरिकहरूका बीचमा लाखौं पीडितहरू र हाम्रो मातृभूमि र हाम्रो राष्ट्रलाई अपूरणीय क्षति पुर्‍यायो” डुडाले भने।

पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले ट्वीट गर्दै भनेका छन् ‘युद्ध हारको रिपोर्ट दिनु विगतको समाधान मात्र होइन । सबैभन्दा माथि पोल्याण्डको भविष्यलाई अपांग पार्ने क्षतिपूर्ति तिर्नुपनि हो।”

जर्मन-पोलिश सहयोगका लागि जर्मन सरकारका अधिकारी डिएटमार नीतानले एक विज्ञप्तिमा भनेका छन् -सेप्टेम्बर १ जर्मनीका लागि अपराध र शर्मको दिन हो जसले हामीलाई जर्मनीले गरेका अपराधहरू नबिर्सन बारम्बार सम्झाउँछ । हाम्रो इतिहासको सबैभन्दा कालो अध्याय हो । र अझै पनि द्विपक्षीय सम्बन्धलाई असर गर्छ।”

पोल्याण्डका मानिसहरूले प्रस्ताव गरेको मेलमिलाप नै “एकजुट र मित्रतापूर्ण युरोपमा सँगै भविष्यलाई हेर्न सक्ने आधार हो” नीतानले भने।

जर्मन सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा भने यो मामिला बन्द भएको बताएको छ।
पोल्याण्डको सरकारले सोभियत संघको दबाबमा देशका तत्कालीन कम्युनिस्ट नेताहरूद्वारा सन् १९५३ को घोषणालाई अस्वीकार गरेको थियो । जर्मनीमाथि थप दाबी नगर्न सहमत भएको थियो ।

एक विपक्षी सांसद ग्रेगोर्ज सेटिनाले भने रिपोर्ट केवल आन्तरिक राजनीतिको खेल भएको र पोल्याण्डले जर्मनीसँग राम्रो सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन् । यसको अर्थ पोलिश नेताले जर्मनीले क्षतिपूर्ति तिर्नुपर्ने संकेत गरेका हुन् ।

युद्धमा तीस लाख यहूदीहरू सहित पोल्याण्डका करिब ६० लाख नागरिक मारिएका थिए। त्यस बेला पोल्याण्डको उद्योग, पूर्वाधार र संस्कृतिमा ठूलो क्षति भएको थियो ।

(स्रोत- एपी, एफपी, युरोन्युज)

तपाइँको प्रतिक्रिया