शुक्रबार, वैशाख १४, २०८१

भूकम्पबारे संसदमा बोल्दाबोल्दै भूकम्प

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १६ गते २१:३४

युरोपको सानो देश लेचेस्टाईनका सांसदहरूले भूकम्पको घटनामा युरोपेली राष्ट्रले बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता छ कि छैन भनेर छलफल गरिरहेकै बेला भूकम्प गएको छ । बिहीबार दिउँसो संसदमा बहस भैरहेका बेला ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा सांसद बेटिना पेटजोल्ड-महर बोल्दै थिईन् ।

भूकम्पले हल्लाएपछि उनी केहिबेर अक्कन बक्क भईन र केहिबेरमा मुस्कुराईन ।

लेचेस्टाईनको संसदले प्रकाशित गरेको भिडियो फुटेजले केही सेकेण्डमै भवनमा भूकम्पका दुईवटा कम्पन महसुस गरेको देखाउँछ ।

दोस्रो, ठूलो भूकम्पले संसद भवनलाई थप हिंस्रक रूपमा हल्लाएपछि संसदका सभामुख अल्बर्ट फ्रिकलाई केहिबेर संसद छलफल रोक्न र चेम्बर खाली गर्न प्रेरित गरेको थियो ।

लेचेस्टाइन प्रहरीले २ दशमलव ४ र ३ दशमलव ९ म्याग्निच्युडको भूकम्पपछि नागरिकहरूबाट ठूलो संख्यामा फोन कलहरू प्राप्त गरेको बताएको छ। भूकम्पमा जनधन केहिकोपनि हाल सम्म क्षेतको रिपोर्ट न आएको प्रहरीको भनाई छ ।

युरोपेली-मेडिटेरेनियन भूकम्पमापन केन्द्रका अनुसार १३ बजेर ५७ मा ठूलो भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु अस्ट्रियाको डोर्नबर्न शहरबाट १९ किलोमिटर दक्षिणमा थियो ।

भूकम्पको धक्का अस्ट्रिया र स्विजरल्याण्डका केही भागका साथै दक्षिणी जर्मन राज्य बाभेरिया र बाडेन-वुर्टेम्बर्गमा पनि महसुस गरिएको बताइएको छ ।

अक्टोबर २०२० मा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक प्रेस अन्तर्वार्ताको क्रममा बोलिरहेको बेला ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उनले अन्तर्वार्ता रोकेकि थिईन् ।

दन् २०२० कै शुरुमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डरन पनि प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताको क्रममा भूकम्प जाँदा अवरुद्ध भएकी थिइन्।

तपाइँको प्रतिक्रिया