बिहीबार, वैशाख १३, २०८१

जर्मनीको हतियार कारखाना बाहिर प्रदर्शनकारी र प्रहरीबिच झडप

नेपालप्लस संवाददाता / जर्मनी२०७९ भदौ १७ गते ११:१८

Picture source-RHEINMETALL ENTWAFFNEN via Twitter

जर्मनीको एक हतियार कारखानाको प्रवेशमा युद्ध विरोधी प्रदर्शनकारीहरूले रोक्न प्रयास गर्दा शुक्रवार प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।

प्रदर्शनकारीले ‘हतियार निकासी बन्द गर’ लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले हातहतियार बिक्रि बन्दगर्नुपर्ने नारा लगाएका थिए ।

जर्मन शहर कासेलमा शुक्रबार बिहानै युद्ध विरोधी प्रदर्शनकारीहरूले हतियार कारखानाको प्रवेशद्वारलाई रोक्न खोज्दा प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध पेपर स्प्रे र लाठीले प्रहार गरेको थियो।

प्रदर्शनकारीले आफूहरुमाथि बिभिन्न वस्तु प्रहार गर्न थालेको प्रहरी अधिकारीहरूले बताएका छन् । तर प्रदर्शनकारीहौर्ले भने प्रहरीले अत्याचार गरेको आरोप लगाएका छन् ।

जर्मनी विश्वमा पाँचौं प्रमुख हतियार निर्यातकर्ता देश हो।

Picture source-RHEINMETALL ENTWAFFNEN via Twitter

युद्ध बिरोधी अभियानकर्ता “निःशस्त्र राइनमेटल” आन्दोलनका कार्यकर्ताहरूले युक्रेनमा युद्ध सहित हतियारको उत्पादन र वितरण रोक्नको लागि देशभर विरोध प्रदर्शन गर्न आह्वान गरिरहेका छन् । उनीहरुले युद्ध रोक्नुपर्नेमा हतियार उत्पादन गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

प्रदर्शनकारीहरूले राइनमेटलका प्रतिद्वन्द्वी क्राउस-माफी वेग्म्यानको कारखानामा प्रवेश गर्नबाट बिहानको सिफ्ट रोक्न खोजेका थिए । तर, प्रहरीले उनीहरुलाई जबर्जस्ति तितरबितर बाध्य पारेको थियो । त्यसपछि प्रदर्शनकारीहरूले डाउनटाउन कासेलतर्फ जुलुस निकालेर प्रदर्शन गरेका थिए । शहरमा समेत अवरोध खडा गरेका प्रहरीको अवरोधहरुलाई प्रदर्शनकारीले पन्छाएर बिरोध गरेका थिए ।

प्रदर्शन आइतबारसम्म जारी रहने बताइएको छ ।

जर्मनीको हतियार निर्यात कति ?

Picture source-RHEINMETALL ENTWAFFNEN via Twitter

जर्मनी विश्वको पाँचौं ठूलो हतियार निर्यातकर्ता हो। हातहतियार निर्यातमा जर्मनीले चीनलाईपनि पछि पारेको छ । सन् २०२१ मा जर्मन हतियार उद्योगले ९३ अर्ब ४० करोड युरो कमाएको थियो । कोरोना महामारी अघि ८० अर्ब नाफा भएकोमा महामारीकै बेला थप १९ अर्ब नाफा गरेको हो ।

टाजा अखबारसँगको अन्तर्वार्तामा आयोजकहरू मध्ये एक कोनी लेनर्टले राइनमेटल र त्यस्ता फर्महरूलाई मानव पीडाको नाफाखोर भनिन् ।

युक्रेनमा युद्धको बारेमा प्रश्न गर्दा अर्की आयोजक नीना केम्परले डि डब्ल्यु न्युजसित भनिन् “शान्तिको लागि युद्ध जस्तो खराब कुनै चीज छैन । हाम्रो पूँजीवादी प्रणालीमा शान्ति हुन सक्दैन किनभने धेरै मानिसहरूले फाइदा लिन्छन्। हतियार खरिद र बिक्री गर्छन् ।”

तपाइँको प्रतिक्रिया