आइतबार, असोज ९, २०७९

लामो यात्राको खाँचो

अनुराधा पौडेल / पेरिस२०७९ भदौ १७ गते १६:५६

एक जना नानी थिइन् । हाम्रो कार्यालयको भवनमै बस्थिन् । तिन वर्ष पहिला एउटा नयाँ घरको दुइ कोठा मैले उनलाई भाडामा लगाएँ । पेरिस भित्र मेट्रो गुडाउने कम्पनीले यो कोठा बुक गरेको थियो । भर्खर २२ वर्षे उनी यहि कम्पनि मार्फत कोठा भाडामा लिन आइपुगेकी थिइन् । हरेक बिहान मनमोहक हरियो ड्रेसमा कार्यालय जान्थिन् । बेलुका हँसमुख फर्किन्थिन् ।

उस्तै नम्र र अनुशासित यिनको र मेरो नदेखिने प्रित थियो । गाह्रो साह्रो पर्दा सजिलो होला भनेर एउटा चाबी मलाइ राख्न दिएकी थिइन् । कुनै काम विशेषले फोन गर्यो कि फोन तुरुन्त उठाउँथिन् ।

एकदिन अचम्मको घटना भयो । अचानक मैले उनलाई बुर्कामा देखेँ । कालो बुर्का लगाएकि उनको अन्य वस्त्रपनि त्यसैसित मिल्दो थियो । हो कि होइन पत्याउन गाह्रो भयो ।

किनभने यस्तो पहिरनमा मैले कहिल्यै यिनलाई सोचेकि पनि थिईन । सोधखोज गर्न परिवारको सदस्य होइन म । सोध्ने कुरै भएन । हुनसक्छ उनी पहिल्यै देखि मुसलमान नै थिइन् होला । धर्म प्रति अगाध श्रद्दा थियो होला । त्यो थाह नभएकोले म छक्क परेँ होला ।

उनले बिदाइको हात मिलाउँदै गएपछि मलाइ शुन्य भैरह्यो । र अहिलेपनि उनले भनेका शब्द मेरा कानमा घरि घरि गुन्जिरहेका छन् “अब मलाइ लामो यात्रा गर्नुपर्ने छ र मलाइ यात्राको खाँचो पनि छ …………।”

एकदिन उनी मलाइ राख्न दिएको चाबी खोज्दै आइन् । यहि क्रममा सोधेँ “तिमीले काम छाडेकी हौ ?”

जवाफमा भनिन्, “कोभिड आएपछि जीवनको उद्देश्य काममै भुल्नु होइन कि जस्तो लाग्न थाल्यो । अरु नै केहि प्रभावकारी काम गर्न सकिन्छ कि भनेर अरु विषयमा भुलेको छु । त्यसैले जागिर छाडेर अहिले केहि अध्ययन गरिरहेकी छु । यसै गर्छु भनेर निर्णयमा पुगेको पनि छैन र मेरो पढाइको नतिजा आइसकेको पनि छैन ।”

“तिम्रो इच्छा पुरा होस” मैले भनेँ ।

दुइ महिना अगाडि यिनै मायालु ग्राहक मेरो कार्यालयमा छिरिन् र सोधिन् “म सेप्टेम्बरमा कोठा छोड्न चाहन्छु के के गर्नुपर्छ ?”

मैले उनलाई चिठी मार्फत कोठा छाड्ने जानकारि र मलाइ अपार्टमेन्ट जाँच गर्ने अनुमति दिन अनुरोध गरेँ ।

एक महिना पहिला म उनको कोठामा छिरेँ । उस्तै सुग्घर छ । भूँइमा नमाज पढ्दा प्रयोग हुने कार्पेट रहेछ । चटक्क मिलाएर बसेकी । यो डेढ वर्षको अवधिमा उनले मुस्लिम धर्मबारे थप अध्ययन गरेको आभास मिल्यो ।

कोरोना कालका करिब डेढ वर्ष मैले उनलाई भेटिन । उनी सायद कुनै ध्यान, कुनै विशेष मिसनमा पो थिईन कि ? फ्रान्स छोडेरै कतै गएकि पो थिईन कि ? कोरोना कालमा दूरी कायम राख्नुपर्ने भएकाले मैलेपनि सोधखोज गर्न, भेटघाटका लागि निम्ता गर्न मिल्दैनथ्यो ।

उनका बाबाआमा, दाजुभाई, दिदीबहिनी छन् भन्ने सुनेकि थिएँ । छिमेकीले सुनाउँथे । मेरो कहिल्यै भेट भएन । उनले चाहेको भए मसित भेटाउन सक्थिन । उनले सकिनन् । मैले चाहेर भएन, पेशागत नियमलेनै मिल्थेन । भेटिन । भेटिनैपर्ने खाँचोपनि हुँदैनथ्यो । यति असल, यदि म्रिदुभाषी किशोरीका आमाबाबु कस्ता होलान् भन्ने कौतुहतला त जाग्थ्यो नै । तर त्यो मेटिएन ।

कोठा छोडेर जान्छु भनेपछि मन अमिलो भयो । तर जानेलाई रोक्न मैले सक्दैनथें । त्यसैले, उनलाई कोठाका भित्ताहरुमा रङ लगाउने सूझाव दिएर म फर्केँ ।

कोठा छोड्ने मितिको एक हप्ता पहिला उनले कस्तो काम गरिन् भनेर अपार्टमेन्ट हेर्न गएँ । उनी यु ट्युव हेर्दै कोठामा रङ लगाउँदै रैछिन् । त्यो देखेर अचम्म लाग्यो । म दंगपनि परें । आफ्ना थाल कचौरापनि माझ्न मुस्किल मान्ने, पकाउन खान कठिन मान्ने यो उमेरकि युवती । पुरुषले गर्ने भनिएको कठिन काम त्योपनि युट्युब हेर्दै रङ लगाउँदै ? कति जाँघरिली । कति मेहनती । र कति आत्मविश्वाशी ! ओहो !

तिमीसँग मैले असाध्यै राम्रो समय गुजारेँ । तिमी असल मानिस हौ । म तिमीलाई सँझिरहनेछु ।”

“रङ लगाउने मानिस पाइनौ र ?” मैले सोधेँ ।

“होइन, म मेरो काम आफैं गर्नसक्छु । तीन दिनमा त सकाइहाल्छु नि ! यु ट्युबमा सबै तरिका हेर्न पाइन्छ अचेल । ”

फेरि सोचें, कति आत्मविश्वासी केटी । एक्लै खर खर रङ लगाइरहेकी। नभन्दै उनले तीन दिनमै डेन्टिङ पेन्टिङ सकाएर मलाइ खबर गरिन् ।

खोट लाउनुपर्ने कुनै ठाउँ नराखीकन चार वर्ष पहिला जस्तो अपार्मेन्ट दिएकी थिएँ आज मलाइ उस्तै फिर्ता गरिन् । म झन प्रभावित भएँ । झन अचम्म लाग्यो ।

यहि क्रममा सोधेँ, “यो वर्ष त छुट्टीमा गएको देखिन । अब छुट्टी जान्छ्यौ कि ?”

जवाफमा उनले भनिन्, “अब मलाइ लामो यात्रा गर्नुपर्ने छ र मलाइ यात्राको खाँचो पनि छ ।”

मलाई खुल्दुली लाग्यो ‘कस्तो लामो यात्रा होला ? कहाँको होला ? कोसित होला, एक्लै ? मलाई यात्राको खाँचोपनि छ……..’ फेरी पनि थप कुरा सोध्न सकिन । मिलेन । कौतुहलता भने गडेरै बसिराख्यो, कताकता ।

यात्रामा कहाँ जाँदैछिन् सोध्न मन त थियो नी । तर मनको कुरा मनमै राखें । आफ्नै छोराको उमेरकी नानी हुन् यिनी । छोराले अरुको कुरा गरेको र अरुका बारेमा सोधेको रुचाउँदैन । त्यसैले यिनी पनि यस्तै हुनसक्छिन् भनेर थप सोधिन ।

मनमा लागिरहेको थियो, यति राम्रो जागिर छाडेर जिवनको अरु नै बाटो देखेँ भन्छिन् । कहाँ जान्छिन् होला ! यो भन्दा राम्रो जागिर के पाईन् होला ? अर्थात् जागिर भन्दा जिवनको अरुनै राम्रो बाटो भनेको के होला ? कस्तो बाटो होला ? समुद्रको ? जहाजको ? कुनै आदर्श समाज निर्माणको ? के होला त्यो जिवनको अरुनै बाटो ?

जान नहुने । हिंड्न नहुने । सोच्नै नहुने त्यस्तो बाटो त होइन होला ? मनै त हो शंकालु बन्यो । तर अर्को मनले भन्यो- यति मेहनति, यति ईमान्दार, यस्तो आत्मबिश्वाश भएकि केटीले त्यस्तो गलत बाटो समात्ने त कुरै छैन । मन शान्त भयो ।

कार्यालयको खातामा उनको नयाँ ठेगाना लेख्नुपर्ने थियो । उनले भनिन्, “अब मेरो यहाँको ठेगाना सकियो । कुनै ठेगाना नलेख । ”

“कोठा लिँदा तिमीले धितो राखेको चेक फिर्ता आउँछ कहाँ पठाउने त ?” मैले सोधेँ ।

तिम्रो अफिसलाई भनिदेउ, “त्यो चेक च्यातेर फाले हुन्छ । तिम्रो अफिसले चेक पठाउने बेलासम्म मैले बैँक खाता पनि बन्द गरिसकेकी हुनेछु ।”

मलाइ फेरि झड्का पर्‍यो । सुकामोहरमा मान्छे झगडा गर्छन् । लगभग हजार युरो जम्मा गरेको छ । त्यो पैसा उनले फिर्ता पाउँछिन् । तर देलान् नदेलान् भन्ने कुनै फिक्रिनै छैन यो केटीलाई । उल्टै भएको चेकपनि च्यातेर मिल्काईदेउ रे ! ओहो किन होला ? कहाँ जाने होला ? यस्तो भन्दापनि यो केटीमा उस्तै ढुक्क, निर्धक्क, आत्मविशाश छ ।

दुवै जनाको तर्फबाट कागजपत्रमा सहि गरियो । मैले चावीहरु लिएँ । ढोका बन्द गरेँ ।

यति राम्रो जागिर छाडेर जिवनको अरु नै बाटो देखेँ भन्छिन् ।  जागिर भन्दा जिवनको अरुनै राम्रो बाटो भनेको के होला ? कस्तो बाटो होला ? समुद्रको ? जहाजको ? कुनै आदर्श समाज निर्माणको ? के होला त्यो जिवनको अरुनै बाटो ?

छुट्टिने समय आयो । उनका आमाबाबु, दिदीबहिनी, दाईभाई कोहि आएनन् । कोठा छोड्दा यस्सो हात दिन, बिदाई गर्नेपनि कोहि छैन । सामान राख्न आफैंले गाडी मगाईन् । सामान फटाफट लगेर कोचिन् । सबै एक्लै । २०, २२ वर्षकी केटी सबैमा एक्लै निपुँण ।

कसरि बिदाई गरौं त यिनलाई ! म अकमकिएँ । उनले मसँग हात मिलाउनकालागि आफैं हात तेसारिन् । मैले दिएँ । लामो समयसम्म उनले मसँग बिदाइका नरम हातहरु मिलाइन् र भनिन् “तिमीसँग मैले असाध्यै राम्रो समय गुजारेँ । तिमी असल मानिस हौ । म तिमीलाई सँझिरहनेछु ।”

जवाफमा मैले भनेँ, “तिमी जहाँ रहनेछ्यौ अबको बाटो राम्रो रहोस । तिमी पनि असल मानिस हौ । हेर असल मानिसहरुले डेरा छाडेको मन पर्दैन । मलाई नमजा लागिरहन्छ । र मलाइ यस्तो समय नआओस् भन्ने चाहन्छु । कुनै दिन तिम्रो बाटो पर्‍यो, सम्झना आयो, फेरि डेरा चाहियो भने सम्झिनु, म खुशि हुनेछु । तिमीसित मेरो सबै सम्पर्क छँदै छ ।”

जवाफमा उनले भनिन्, “तिमीले म जस्तो अर्को मानिस पाउनेछ्यौ ।”

उनले बिदाइको हात मिलाउँदै गएपछि मलाइ शुन्य भैरह्यो । र अहिलेपनि उनले भनेका शब्द मेरा कानमा घरि घरि गुन्जिरहेका छन् “अब मलाइ लामो यात्रा गर्नुपर्ने छ र मलाइ यात्राको खाँचो पनि छ …………।”

तपाइँको प्रतिक्रिया

फेसबुक