बिहीबार, वैशाख ६, २०८१

विश्वमै सबैभन्दा धेरै उमेरको दुई टाउके कछुवा २५ वर्षमा

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ भदौ २० गते १७:०९

स्विजरल्याण्डको संग्राहलयमा रहेको दुई टाउके ग्रीक कछुवा सकुशल २५ वर्षको उमेरमा पुगेको छ । जेनुस, नाम राखिएको यो कछुवा स्विजरल्याण्डको जेनेभा स्थित प्राक्रितिक बिज्ञान संग्रालयको प्रतिकपनि हो ।

जेनुसको दुईवटा टाउको, दुईवटा मुटु, दुई जोडी फोक्सो र दुईवटा पेट छन् । यो संसारको सबैभन्दा उच्च उमेरको दुई टाउके कछुवा हो ।

घर पालुवा अवस्थामापनि यस्तो शारिरिक अप्राक्रितिक भिन्नता भएको कछुवा २५ वर्षमा पुग्नु असाधारण भएको संग्रहालयका निर्देशक अर्नाउड मेडरले बताएका छन् ।

शनिवार उसको जन्मदिनका अवशरमा जेनुसलाई मनपर्ने स्वादिष्ट खाना केही फलफूलहरू दिइएको थियो । फलफूल चपाउन सजिलो र स्वादपनि मन पराएको संग्राहलयका अधिकारीहरुको भनाई छ ।

मेडरका अनुसार यदि जंगली अवस्थामै भएको भए जेनुसको जीवन अत्यन्त छोटो हुने थियो । किनभने यो कछुवाको दुई वटा टाउको हुनाले टाउको आफ्नो खोलमा घुसार्न पर्याप्त ठाउँ छैन र यो तुरुन्तै शिकारीको मुखमा पर्ने थियो । दुई वटा टाउको हुनाले एक पटक पल्टिएपछि फेरि ठदिन वा उभिनपनि यो कछुवालाई मुस्किल पर्छ । त्यसले गर्दापनि शिकारीले तत्कालै मार्न सक्छ ।

दुई हेरचाहकर्ताहरूले पालै पालो जेनुसलाई दैनिक नुहाईदिने, खाना र व्यायाम गराएका छन् । कछुवालाई पशुचिकित्सकसँग नियमित भेटघाट गराइन्छ ।

हालै जेनुसको पिसाबमा ठूलो ढुङ्गा भेटिएको थियो । यसलाई हटाउन जेनुसलाई ज्युरिचको भेटेरिनरी अस्पतालमा लैजानुपरेको थियो। यो अपरेसन यति असामान्य थियो कि यसलाई अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत गरिएको थियो।

जंगली अवस्थामा ग्रीक कछुवाहरू ४० देखि ५० वर्षसम्म बाँच्न सक्छन्। घर पालुवा अवस्थामा तिनीहरू सजिलै ६० वर्ष बाँच्छन् । केहि त एक सय वर्ष बाँचेको अभिलेख पनि छ ।

कछुवाहरू भूमध्यसागरीय क्षेत्रका मूल निवासी हुन् । कछुवाहरुलाई घर पालुवा बनाउनकालागि बयापक मात्रामा ओसारपसार गरिंदै आएको छ ।

तपाइँको प्रतिक्रिया