शुक्रबार, चैत १६, २०८०

युद्धकै बिच तेल र ग्यास बेचेर रुसको कमाई एक खर्ब ५८ अर्ब युरो

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २१ गते १५:४७

रुस-युक्रेन युद्धपछि युरोपेली आयोग ईयु) ले रुसमाथि प्रतिबन्ध लागएपनि तिनै देशलाई आफ्नो ईन्धन बेचेर रुसले अरबौं युरो कमाएको छ ।

युरोपेली मुलुकमा चरम ईन्धन संकट र मुद्रा स्फिति बढेपनि रुसले भने यहि बिचमा एक खर्ब ५८ अर्ब युरो तेल बेचेरै कमाएको छ ।

जीवाश्म उत्पादनहरूले युक्रेनमा युद्धको बावजुद भ्लादिमिर पुटिनको शासनलाई ठूलो फाईदा पुर्‍याइरहेको छ । फेब्रुअरी २४ देखि रूसले आफ्नो तेल, कोइला र ग्याँसको बिक्रीबाट लगभग एक खर्ब ५८ अर्ब युरो कमाएको छ । सेन्टर फर रिसर्च अन क्लिन एयर (सि आर ई ए) ले सेप्टेम्बर ६ मा प्रकाशित गरेको प्रतिवेदनमा यो देखाइएको छ ।

रुसमाथि युरोपले प्रतिबन्धको घोषणा गरेपनि युरोपेली संघनै रुसी ईन्धनको मुख्य ग्राहक हो । छ महिनामा रूसले ईयुलाई आफ्नो जीवाश्म उत्पादनहरूको निर्यातको ५४ प्रतिशत बिक्रि गरेको छ । त्यसबाट लगभग ८५ अर्ब युरो कमाएको छ । त्यसपछिका ग्रहकमा चीन, टर्की, भारत, जापान, इजिप्ट र दक्षिण कोरिया आउँछन् ।

जर्मनी, नेदरल्यान्ड्स, इटाली, पोल्याण्ड, बुल्गेरिया, बेल्जियम र स्पेन रुसी जीवाश्म उत्पादनहरूको सबैभन्दा ठूलो उपभोक्ताहरू हुन् । फ्रान्स पाँचौं स्थानमा छ । फ्रान्सले फेब्रुअरी २४ र अगस्ट २४ बीच पाँच अर्ब यूरो भन्दा बढी रूसी ग्यास र तेल आयात गर्यो।

तथापि, युरोपेली प्रतिबन्धहरूले रूसी राजस्वमा प्रभाव पारेको छ । मे ३१ मा २७ युरोपेली नेताहरूले रूसी तेलमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । यस वर्षको अन्त्यसम्म रूसी तेल आयातको ९० प्रतिशत प्रतिबन्धित हुने घोषणा गरिएको छ ।

अर्कोतर्फ रूसी कोइला प्रतिबन्ध पनि अगस्त १० मा लागू भयो। परिणाम: रूसी जीवाश्म उत्पादनहरूको निर्यात जुलाई र अगस्ट बीच ३५ प्रतिशतले घट्यो।

तेल र ग्याँसको बिक्रीको राजस्व अझै पनि रूसको वार्षिक संघीय बजेटको ४० प्रतिशत भन्दा बढी छ । रुसले कमाएको ईन्धनको नाफाले पुटीनलाई युद्धको वित्तपोषण गर्न मद्दत पुगिरहेकै छ ।

युक्रेनी जलवायु कार्यकर्ता कोस्टियन्टिन क्रिनित्स्कीलेको भनाईमा ग्यास सहित सबै रूसी जीवाश्म उत्पादनहरूमा प्रतिबन्ध लगाउनु सबै राज्यहरूको जिम्मेवारी हो । जति चाँडो रुसी ग्यास र अन्य ईन्धनमा प्रतिबन्ध लगाइन्छ युद्ध त्यति छोटो हुने उनले सिआरईएद्वारा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक