शुक्रबार, चैत १६, २०८०

आफ्ना नागरिकलाई कम प्रयोग गर्न लगाएर जर्मनीलाई इन्धन दिन फ्रान्स तयार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २१ गते १८:४७

माग्ने माथि थाङ्ने भन्ने एउटा गज्जबको उक्ति छ नेपालीको । आफूले अन्तबाट मागेर ल्याउने र त्यहि मागेकोपनि फेरि अरु कसैलाइ दिने । फ्रान्स र जर्मनीलाई ईन्धनको मामिलामा अहिले त्यहि उक्ति ट्याक्कै मिलेको छ ।

फ्रान्सले रुस र अन्य मुलुकबाट ल्याएर भण्डार गरेको केहि ईन्धन जर्मनीलाई दिन लागेको छ । यद्दपी फ्रान्सपनि उर्जा संकटकै स्थितिमा छ । जर्मनीलाई ईन्धन दिन तयार रहेको फ्रान्सले आफ्ना नागरिकहरुलाई भने सकेसम्म बत्ती कम बाल्नु र इन्धन पनि बचाउनु भन्दै उर्दी जारि गरेको छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले सेप्टेम्बर ५ मा जर्मन चान्सलर ओलाफ स्कोल्जसँग ऊर्जा संकटका विषयमा भिडियो वार्ता गरे । दुई देशका राष्ट्रप्रमुखबिच उर्जा संकट कसरि टार्ने भन्ने विषयमा वार्ता भएको थियो ।

फ्रान्सभन्दा जर्मनी रुसी उर्जामा धेरै निर्भर छ । पछिल्लो समय रुसले युरोप पठाउने गरेको ग्यासको आपूर्ति पुरै बन्द गरिदिएपछि युरोपमा इन्धनको संकट ज्यादै गहिरिएको छ । सबैभन्दा बढी रुसी ग्यासमा भर पर्ने जर्मनी भएकाले जर्मनीलाइ झनै अप्ठेरोमा पारेको छ । जर्मनी युरोपेली मुलुकमा सबैभन्दा बढी रुसी ग्यासमा आश्रिय देश हो । त्यसैले फ्रान्सले आफूले भण्डार गरेको तेलबाट केहि जर्मनीलाई दिन चाहेको हो ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले यदि जर्मनीमा इन्धनको ज्यादै ठूलो संकट पर्ने देखिएमा आफ्नो देशले आगामी हिउँदमा जर्मनीलाई ग्यास पुर्‍याउन तयार रहेको बताएका छन् । सोमवार उनले फ्रान्सेली नागरिकहरूलाई बिजुली कटौती रोक्नको लागि उर्जा खपत कम गर्न आग्रह गरेका छन् ।

माख्रोंले फ्रान्सेली ग्यासले जर्मनीलाई थप बिजुली उत्पादन गर्न मद्दत गर्न सक्ने र त्यसको फलस्वरूप जर्मनीलाई फ्रान्सेली पावर ग्रिडमा ब्यस्त समयमा बिजुली थप्न योगदान गर्ने बताएका छन् ।

“हामी ग्यास जडानहरू पूरा गर्न जाँदैछौं जसले हामीलाई जर्मनीमा ग्यास पुर्‍याउन अनुमति दिनेछ” माख्रोंले जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको भिडियो वार्ता पछि पत्रकारहरूलाई भने ।

रुससँगको युद्धमा युक्रेनलाई पश्चिमी देशहरुले समर्थन गरेकाले त्यसको बदलास्वरूप रूसले ग्यास आपूर्तिमा कटौती गरिदिएको छ । पछिल्लो समयमा रुसले बितरण गर्दै आएको २० प्रतिशत ग्यासपनि कटौति गरिदिएपछि जर्मनी र फ्रान्स दुबै ग्यास भण्डार पुनःपूर्ति गर्न लागिपरेका छन्।

जर्मनी फ्रान्सको तुलनामा रूसी ग्यासमा बढी निर्भर छ । फ्रान्सले परमाणु ऊर्जा केन्द्रहरूबाट आफ्ना लागि अधिकांश बिजुली उत्पादन गर्नाले फ्रान्स बढी आत्मनिर्भर छ ।

फ्रान्सेली सरकारले बारम्बार चेतावनी दिएको छ – कम्पनीहरू र खुद्रा प्रयोगकर्ताहरूले आगामी जाडोमा उनीहरूको ऊर्जा प्रयोगमा कटौती गर्न आवश्यक छ । त्यसो नगरेमा यदि जाडोयाम असामान्य रूपमा बढि चिसो भएमा बिजुली बन्द हुने सम्भावना छ ।

आगामी जाडोमा बिजुली कटौतिको जोखिमलाई कम गर्न फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले अहिलेबाटै उर्जा प्रयोगमा १० प्रतिशत कटौति गर्न आव्हान गरेका छन् ।
“उत्तर हामीमा निर्भर छ” उनले भने । फ्रान्सेली जनतालाई वातानुकूलित पार्न र तताउन सामान्य भन्दा कम बिजुली प्रयोग गर्न उनले आग्रह गरे।

जाडोमा घरको तापक्रम १९ सेल्सियस भन्दा बढी राख्न नहुने उनले बताए । माख्रोंले चेतावनी दिए- यदि स्वैच्छिक प्रयासहरू पर्याप्त नभएमा जबरजस्ती ऊर्जा बचतलाई आगामी महिनाहरूमा विचार गर्नुपर्ने हुनसक्छ ।

उनले ऊर्जा राशनका योजनाहरू तयार भइरहेको अन्तिम उपायको रूपमा उर्जा कटौती हुनेसमेत उल्लेख गरेका छन् ।

माख्रोंले फ्रान्सेली सरकार युरोपेली आयोगको सरकारसित मिलेर सामुहिकरुपमा ग्यास खरिदको पक्षमा रहेको बताएका छन् । त्यसो गर्दा ग्यासको मूल्य कम पर्ने तर्क उनको छ ।

फ्रान्सले रुसबाट खरिद गरी पाइपलाइनबाट वितरण गर्ने ग्यासको मूल्यमा सीमा तोक्ने युरोपेली आयोगले गरेको कुनै पनि कदमलाई समर्थन गर्ने उनले स्पष्ठ पारे ।

तपाइँको प्रतिक्रिया

फेसबुक