बुधबार, वैशाख १२, २०८१

पहिलो पटक गैर स्वेत चार ब्यक्ति बेलायतको सबैभन्दा महत्त्वपूर्ण मन्त्री पदमा नियुक्त

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २२ गते १४:५७

नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले मंगलबार मन्त्रिपरिषद् चयन गर्दा पहिलो पटक गैर स्वेत मानिसलाई देशको चार सबैभन्दा महत्त्वपूर्ण मन्त्री पदहरूमा नियुक्त गरेकि छन् ।

ट्रसले बेलायतको अर्थमन्त्रीमा क्वासी क्वार्टेङलाई नियुक्त गरेकि छन् जसका आमाबाबु १९६० मा घानाबाट आएका थिए । त्यसैगरि उनले बेलायतको पहिलो अश्वेत विदेश मन्त्रीको रूपमा जेम्स क्लिभरलीलाइ नियुक्त गरेकि छन् ।

क्लेभर्लीको आमा सियरा लियोनकी हुन् र बुबा गोरा हुन् । विगतमा मिश्रित जातिको बच्चाको रूपमा दुर्व्यवहारको बारेमा दूर्ब्यवहार ब्यहोरेकि छन् । कालो वर्णका मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक रहेको बताएका छन् ।

सुएला ब्रेभरम्यानलाइ गृहमन्त्रीको रुपमा नियुक्त गरिएको छ जसका आमाबाबु केन्या र मरिससबाट छ दशक पहिले बेलायत आएका थिए । प्रिती पटेलको स्थानमा दोस्रो जातीय अल्पसंख्यक ब्यक्तिलाई गृहमन्त्रीको रूपमा नियुक्त गरिएको छ । उनी प्रहरी र अध्यागमनको जिम्मेवार हुनेछिन्।

क्लेभर्लीको आमा सियरा लियोनकी हुन् र बुबा गोरा हुन् । विगतमा मिश्रित जातिको बच्चाको रूपमा दुर्व्यवहारको बारेमा दूर्ब्यवहार ब्यहोरेका छन् । कालो वर्णका मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक रहेको बताएका छन् ।

सुएला ब्रेभरम्यानलाइ गृह मन्त्रीको रुपमा नियुक्त गरिएको छ जसका आमाबाबु केन्या र मरिससबाट छ दशक पहिले बेलायत आएका थिए । प्रिती पटेलको स्थानमा दोस्रो जातीय अल्पसंख्यक ब्यक्तिलाई गृह मन्त्रीको रूपमा नियुक्त गरिएको छ । उनी प्रहरी र अध्यागमनको जिम्मेवार हुनेछिन्।

कन्जरभेटिभ पार्टीले हालैका वर्षहरूमा संसदका लागि उम्मेदवारहरूको थप विविधता बनाएको थियो । अहिले सरकारमा भएको विविधतापनि केहि न केहि हदसम्म त्यसैको परिणाम हो ।

बेलायती सरकारमा केही दशक अघिसम्म धेरैजसो स्वेत पुरुषहरू हुन्थे। सन् २००२ सम्म बेलायतलाई आफ्नो पहिलो जातीय अल्पसंख्यक क्याबिनेट मन्त्री नियुक्त गर्न समय लाग्यो जब पल बोटेङ ट्रेजरीको मुख्य सचिव नियुक्त भए।

ऐतिहासिक तथ्य

कन्जरभेटिभहरूले सन् १८६८ मा बेन्जामिन डिजराइलीलाई पहिलो यहूदी प्रधानमन्त्री नियुक्त गरेका थिए । अभिलेखायमा रहे अनुसार यहिनै बेलायतको मुख्य राजनीतिक दलहरू बीच विविधता अपनाइएको पहिलो उत्कृष्ट उदाहरण हो ।

यो तथ्यको बाबजुद पनि जातीय अल्पसंख्यक मतदाताहरूले विपक्षी लेबर पार्टीलाई समर्थन गर्ने सम्भावना धेरै छ । सत्तारूढ पार्टीले जातीयवाद, कुरूपता र इस्लामोफोबियाको आरोपको सामना गरेको छ ।

पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सन् २०१९ मा बुर्का लगाउने मुस्लिम महिलालाई ‘चिठ्ठीको बाकस जस्तो देखिएको (लुक्सालाईक लेटर बक्स) भनेपछि उनको ब्यापक आलोचना भएको थियो । त्यसपछि उनले माफी मागेका थिए।

कन्जरभेटिभ पार्टीले बेलायतका तीनै महिला प्रधानमन्त्री मार्गरेट थ्याचर, थेरेसा मे र अहिले ट्रसलाई निर्वाचित गरेको हो ।

सन् १८९५ मा एसियाली मूल (भारत) का पहिलो सांसद मन्चर्जी भौनाग्री पनि कन्जरभेटिभबाट आएका थिए ।

जोनसनले सन् २०१९ मा प्रधानमन्त्री निर्वाचित गर्दा इतिहासको सबैभन्दा कान्छो र सबैभन्दा जातीय विविधतायुक्त मन्त्रिपरिषद् बनाए । उनका तीन अर्थमन्त्रीहरूमा दुई जना दक्षिण एसियाली मूलका र एकजना कुर्दिश पृष्ठभूमिका थिए।

पूर्व नेता र प्रधानमन्त्री डेभिड क्यामरुनको वर्षौं लामो प्रयासपछि यो परिवर्तन आएको हो । जब उनले सन् २००५ मा पदभार ग्रहण गरे, पार्टीको संसदमा १९६ मध्ये दुई जातीय अल्पसंख्यक सदस्यहरू मात्र थिए, र उनले आफ्नो पार्टीले नेतृत्व गर्ने आशा गरेको आधुनिक बेलायतसँग मिल्दोजुल्दो छ भन्ने कुरा सुनिश्चित गर्न थाले ।

अर्को वर्ष क्यामरुनले महिला र अल्पसंख्यक उम्मेद्वारहरूको प्राथमिकता सूची प्रस्तुत गरे । धेरैजसो हाउस अफ कमन्समा सुरक्षित सीटहरूको लागि थियो । नयाँ प्रधानमन्त्री ट्रसले यहि धक्काको लाभ लिएकि थिईन् ।

“राजनीतिक दल लगायत कुनै पनि समूहको बल र लचिलोपन सुनिश्चित गर्ने एउटा प्रमुख पक्ष भनेको सबैजनाले एकै किसिमले सोच्ने र कार्य गर्नबाट जोगिनु हो । समूहकालागि सोचबाट जोगिनु, हो” पार्टी बोर्डका सदस्य जेम्स अर्बुथनोटले भनेका छन् । उनी क्यामरुनले पार्टीमा उम्मेदवारहरु परिवर्तन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्दा उम्मेद्वार सिफारिस समितिका सदस्य थिए ।

ऋषि सुनकका आमाबाबु भारतबाट आएका थिए जो ट्रसित प्रधानमन्त्रीको पदमा लडे र उपबिजेता बने । उनी क्वार्टेङको पदमा थिए अर्थमन्त्रीका रुपमा ।

“राजनीतिले गति तय गरेको छ। हामी अब यसलाई सामान्य रूपमा लिन्छौं । यो विविधता हो” गैर-पक्षीय थिंक ट्याङ्क ब्रिटिश फ्यूचरका निर्देशक सुन्दर कटवालाले भनेका छन् । प्रवास र पहिचानमा केन्द्रित उनले परिवर्तनको गति असाधारण रहेको बताएका छन् ।

तर, व्यापारको माथिल्लो तह, न्यायपालिका, निजामती सेवा र सेनामा सबैजसो ठाउँमा अझै पनि मुख्य रूपमा स्वेतनै छन्।

पार्टीले विविधता अभियान चलाएपनि संसदका कन्जरभेटिभ सदस्यहरूको एक चौथाइ मात्र महिला छन् र ६ प्रतिशत मात्रै अल्पसंख्यक पृष्ठभूमिबाट छन् ।

तर क्वार्टेङले आफ्नो जातियताको महत्वलाई कम प्राथमिकता दिएका छन्। उनले ८० को दशकमा हुर्कंदै गरेको जातिवादी अपमानको अनुभव गरेका थिए । तर लन्डनको दक्षिण-पश्चिम उपनगरको सिमानामा रहेको स्पेलथोर्नमा आफ्नो निर्वाचन क्षेत्रमा आफू बाहेक अरू कसैलाई प्रतिनिधिको रूपमा देखेनन् उनले ।

“मलाई वास्तवमा यो त्यति ठूलो कुरा होइन भन्ने लाग्छ” उनले कन्जरभेटिभ पार्टीको रफबाट पहिलो ब्ल्याक मुख्य मन्त्रीको रूपमा नियुक्त भएपछि भने ।

तपाइँको प्रतिक्रिया