आइतबार, असोज ९, २०७९

भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन !

शशि ढकाल / डेनमार्क२०७९ भदौ २३ गते १०:५१

यस पटक म काठमाडौं बिशेष उद्देश्यसहित उत्रेको थिएँ । हुन त मेरा मित्र आफन्तहरुको लागि मेरो नेपाल आगमन दशैँ तिहार मान्न आएको जस्तो मात्र देखिन्थ्यो । मैले मेरो उद्देश्यमा अवरोध आउला, ससुराली, मामाघर, बुढो मावली, दिदीको घर, ठुलो आमा, सानीआमा, काकाकाकी आदी आफन्तकहाँ बढी जानुपर्ला, श्रीमतीसँग घुमेर मेरो उद्देश्य नस्ट होला भनेर परिवार अर्थात् श्रीमती, छोरा र छोरी कोपन्हेगनमा नै छोडेर आएको थिएँ । चाँडै आउँछु नी ! एक-डेढ महिना मात्र त हो नी ! यसरी नै सम्झाएको थिएँ उनीहरुलाई । अक्टोबर एकमा नेपाल उत्रेको म नोभेम्बर २२ मा फिर्ती टिकट थियो ।

खासमा मेरो उद्देश्य गएको अक्टोबर २३ देखि २५ सम्म हुने घोषणा गरिएको १० औं गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीको अधिबेशनमा सक्रिय भई विभिन्न देशका राष्ट्रिय समितिहरुले यसपाली केन्द्रिय बिधान उलंघन गरेको विषय उठाउने, डेनमार्क लागायत करिब १० देशको राष्ट्रिय समितिहरु अबैध भएको प्रमाण पेश गरेर सो समितिहरु अबैध घोषणा गराई बिधान कार्यान्ययन गराउने थियो ।

भएको के थियो भने संघको केन्द्रिय विधानको धारा २४ मा निर्वाचन सम्बन्धि बुँदामा राष्ट्रिय महाधिवेशन शीर्षकमा भनिएको छ, ‘प्रत्येक राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन हुने वर्षको जुलाई महिनाको १ देखि ३१ तारिख सम्ममा अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।’ चुनाब जुलाई ३१ तारिखसम्म अनिवार्य हो । तर ३१ जुलाईभित्र राष्ट्रिय निर्वाचन सम्पन्न गर्न नसकेका डेनमार्क, युके लगायत देशको हकमा के हुने ? जानीजानी विधान उल्लंघन गर्ने राष्ट्रिय समन्वय परिषद्को बारेमा कसैले केही बोलेनन् वा बोल्न चाहेनन् ।

मैले यो विषयमा डेनमार्क बसेरनै विभिन्न पत्रिका, व्यक्तिगत भेटघाट, फोन, केन्द्रिय प्रतिनिधि र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय अध्यक्ष कुमार पन्तसँग लामो अन्तर्वार्ता नै गरेको थिएँ । उहाँले यस विषयमा छानबिन हुने आस्वासन दिनुभएको थियो । मैले पत्रिकाहरुमा लगातार लेख लेखें । डेनमार्कमा पोस्टर, तथा हस्ताक्षर अभियाननै चलाएर यसको छानबिन होस् र बिधान उल्लंघन कहिँ कतैबाट नहोस भन्ने मुहिमानै छेडेको थिएँ । यसै विषयमा उता कोपनहेगन बसेर दिएको दबाबले दाल नगल्ने भएपछि म अधिबेशनको २० दिन अघिनै काठमाडौँ झरेको थिएँ ।

काठमाडौँ झरे पछि थाहा भयो, अक्टोबरमा हुने उमेद्वारहरू राजनीतिकर्मीका ढोका ढोका चाहर्दै एनआरएनमा पुरै राजनीतिक हस्तेक्षप गराउन उद्यत रहेछन । यहाँ त एनआरएनका हैनन् पार्टी पार्टीका मान्छेहरुको घुसपैठ रहेछ । त्यसैले एनआरएनमा सबै पार्टीले खेल्दै मुद्दा मामिला, अड्डा अदालत हुँदै चुनावनै नहुने भयो । म जिल्ल परेर यो सब घटनाको साक्षि बन्दै गएँ । दुइ चार पटक चुनाबको मिती घोषणा हुँदै टर्दै गयो । म पनि यो नौटंकी सँगै बसेर हेर्छु भनि मैले नोभेम्बर २२ को टिकट रद्द गरें । अब मेरो दैनिकी एनआरएनको दिकदारलाग्दो राजनीति ‘एनआरएनएमा हाल बढ्दै गइरहेको बिकृती, जसरी पनि नेतृत्वमा रहनैपर्ने र जो जो जहाँ जहाँ नेतृत्वमा रहेर संस्था अबैध तरिकाले कब्जा गर्ने जुन चरम दुरुपयोगको स्थिति छ त्यसलाई नजिकैबाट नियाल्ने रह्यो ।

उनको एउटा चुम्बन मेरो संसार ध्वस्त बनाउने औजार हुनसक्छ । जब म पुलमा आएँ मेरो जिउ थर थर कामिरहेको थियो । खुट्टाले टेक्न छाडेका थिए । म ढल्ला ढल्ला जस्तो भएको थिएँ। तर उनि एकदम उत्तेजित । मेरो जिउ पुरै थामिन् । समातेर टेन्टमा लिएर आइन् । यता चुम्बन उता चुम्बन कति कति । म मुढो जस्तो भएको थिएँ । मेरो होसहवास केहि थिएन । थियो त मात्र एउटा महसुस- म बाट गल्ति हुँदै छ, रोकुँ कसरी ?

यसैबिच मेरो जिवनमा अनौठो घटना आइलाग्यो । बहुचर्चित कथाबाचक साइग्रेस स्पेनबाट काठमाडौँ आए । उनले सातै प्रदेशमा आफ्नो फ्यान समक्ष प्रत्यक्ष भेटघाट र कथा बाचन गरे । अपार भिड लागेको त्यस्तो उनको प्रस्तुति बारे म फेसबुक र युट्युबबाट जानकारी लिईरहेको थिएँ । म उनलाई राम्रो सँग चिन्दथें। उनि केहि वर्ष डेनमार्क बस्दा हामीले केहि कुरामा सहकार्य समेत गरेका थियौं । मेरो र उनको म्यासेन्जरमा प्राय कुराकानी भैरहन्थ्यो । मेरो सेतोपाटीमा छापिएको अनुशासनको कारबाही कथाको उनले बाचन समेत गरेर युट्युबमा राखेका छन् । उनको सबैभन्दा अन्तिममा काठमाडौँको नाच घरमा कार्यक्रम हुने भयो तिन डिसेम्बरमा ।

भब्य उपस्थिति । नाचघरमा भिडम भिड । साढे तीन देखि भनिएको कार्यक्रममा मानिसहरु १ बजे देखिनै आइसकेका । खचाखच छ हल । टिकट र पास नपाएर फर्कनेहरु पनि टन्नै । ओहो कस्तो लोभलाग्दो भिड । मैले केहि वर्ष अगाडी कोपन्हेगनमा संघर्ष गर्दैगर्दा भेटेको साइग्रेस र आहिलेको सेलिब्रेटी साइग्रेस । मैले उसको त्यो सेलिब्रेटि साइग्रेसको फ्यानकै रुपमा भिडको मज्जा लिने विचार गरें । तछाडमछाड गर्दै आगाडीबाट साइग्रेसलाइ हेर्न, छुन र उसँग कुरागर्न मान्छेहरु ज्यादै उत्सुक थिए ।

उनीहरु उसको मात्र कुरा गर्ने अर्थात् साइग्रेस प्रति उपस्थित जनसमुदायको एकप्रकारको अनौठो आकर्षण थियो । मानौं साइग्रेसले मोहनीनै छरे जस्तो । भिडभाडमा अधिकांस किशोरकिशोरी थिए । ति प्राय जस्तो जोडिमै आएका थिए । हलमा हल्ला एकदम थियो । ‘साइग्रेस -साइग्रेस वि लव यु’ जस्ता नारा गुन्जीरहेका थिए । हलमा केहि ब्यक्तिहरु साइग्रेसको पेंटिंग, साइग्रेस लव यु लेखिएका प्लेकार्ड बोकेका पनि थिए । जसले साइग्रेसको पेंटिंग लिएका थिए ति क्यामेरा आफूतिर सोझ्याउन सफल भएका थिए। उनीहरु क्यामेरामा प्रतिक्रिया दिइरहेका थिए। उनीहरुको एक मात्र इच्छा साइग्रेसलाइ भेटेर आफ्नो पेंटिंग दिनु थियो । कस्तो अचम्मको क्रेज । म निकै रमाउँदै यी दृश्य हेरिरहेको थिएँ ।

मेरो जस्तो उमेर भएको मान्छे फाट्टफुट्ट मात्र थिए । ति कोहि साइग्रेसका नातागोता थिए त कोहि आयोजकका आफन्त । हल बाहिर साइग्रेसको ठूलो ठूलो होडिंग बोर्ड थियो । त्यसलाई ब्याकग्राउण्ड बनाएर फोटो खिच्नेहरु पनि निकै थिए । कोहि हल भित्र छिर्न लाइन बसेकाहरुको तस्बिर लिंदै लाइभ गरिरहेका थिए ।

“यो हेर्नुस । म डेनमार्क बस्छु, मेरो फर्कने टिकट नोभेम्बर २२ को छ । तर म साइग्रेसलाइ प्रत्यक्ष भेट्छु भनेर टिकट समेत रद्द गरेर बसेको छु ।”

कार्यक्रम सुरु भो ठूलो हल्लाखल्ला बीच । आयोजकले घोषणा गरे, एकमिनेट भन्दा बढी भिडियो खिच्नेको मोबाइल जफत गरिने छ । मैले दायाँबायाँ हेरे दुइचार वटा फोटो खिचें र साइग्रेस आउने प्रतिक्षा गरिरहें ।

म बाटोको छेउमा हलको बीच तिर बसेको थिएँ । मेरो देब्रे पट्टि एकजना सज्जन केटि थिइन् । उनी त्यस्तै २४-२५ कि होलिन । शान्त सौम्य । उनको उमेरका मानिसपनि त्यहाँ निकै कम थिए । साइग्रेसको मञ्चमा उपस्थिति भयो भब्य रुपमा । हल भरि हल्ला, कोलाहल मच्चियो। उनले हात हल्लाउँदै सबैलाई मोबाइलको बत्ति बालेर स्वागत गर्न भने । हलको बत्ति निभाइयो । सबै उभिए । सबैले मोबाइलको बत्ति बालेर हात हल्लाइरहे । म अचम्म मानेर यो सब हेरिरहेको थिएँ ।

मैले नेपाल छोडेको करिब २० वर्ष भएको थियो र नेपालमा म उही चार पाच वर्षमा चार पाच हप्ताको लागि आउँथें । यस्सो आफन्त भेटघाट गर्यो गयो । तर यस्तो कार्यक्रम हेर्ने, देख्ने वा थाहा पाउने कुनै मौकानै जुरेन । मलाई निकै मज्जा आइरहेको थियो । उनले अनेक प्रस्तुति दिए । कथा बाचन गरे र सबैलाई भेट्न भन्दै मञ्चबाट दर्शकदिर्घा तिर ठूलो सुरक्षा घेरा बनाउँदै आए । ठूलो हल्लाखल्लाबिच उनले कतिसँग अंकमाल गरे । कतिका कुरा सुने । कतिले उनिसँग हात मिलाए । कतिले उनलाई छोए । कतिलाई उनले छोए । बास ! २० मिनेटसम्म उनले हलमा यो सब गरे र पुन मन्चमा गए ।

अबको शत्रमा उनले दर्शकका कुरा सुन्ने रहेछ । यसका लागि दर्शककहरु समक्ष माइक पुर्याइयो। धेरैले उनको प्रसंशा गरे । कतिले उनको आवाजमा जादु भएको, उनको आवाजले आफ्नो कथा बोलेको, वा दुखमा पर्दा उनको आवाजले मद्दत गरेको यस्तै उस्तै को भन्दा को बढी साइग्रेसको फ्यान भन्ने भै राखेको थियो। आगाडी बोल्ने भन्दा पछाडी बोल्नेले आफूनै साइग्रेसको सच्चा फ्यान भन्ने प्रमाणित गर्न खोजेको जस्तो महसुस मलाई भैराखेको थियो । मैले पनि आफूलाई त्यहि महलमा रमाउने र ढाल्ने बिचार गरें । मैले स्ययंसेवक भाइलाई अनुरोध गरें ‘मेरो पनि केहि भन्नु छ’ । केहिछिन पछि उसले मलाई माइक दिदै ठूलै घोषणा गर्यो – हेर्नुस यहाँ साइग्रेसका फ्यानहरु टिनएजर मात्र छन् । केटीहरु मात्र फ्यान छन् भनिन्छ नी त्यो गलत हो । उहाँ जस्तो उमेरको पनि साइग्रेसको फ्यान हुनुहुन्छ । अब उहाँको कुरा सुनौं ।

माइक मेरो हातमा आयो । म नर्भस भएको थिएँ । त्यत्रो मान्छेको बिचमा मैले यसरी कहिले बोलेको थिइन । मैले आफू साइग्रेसको कथाको नियमित श्रोता भएको, एकपटक मेरो आफ्नै कथा पनि साइग्रेसले बाचन गरेको र आफू साइग्रेसको नम्रता, मुस्कान र आवाजमा मोहित भएको बताउँदै मोबाइल निकालेर देखाउँदै भनें -“यो हेर्नुस । म डेनमार्क बस्छु, मेरो फर्कने टिकट नोभेम्बर २२ को छ । तर म साइग्रेसलाइ प्रत्यक्ष भेट्छु भनेर टिकट समेत रद्द गरेर बसेको छु ।”

हल पुरा सिठी तालीले गुन्जायमान भयो । मैले साधारण साइग्रेसका संघर्षहरु डेनमार्कमा बस्दा देखेको, भेटेको र उसँग गरेको केहि सहकार्य समेत बताएँ । पुन ताली बजिरह्यो । मैले माइक फिर्ता गरिदिएँ ।

मेरो छेउमा बसेकी २४-२५ वर्षकी युवती चुपचाप मलाइ हेरिरहेकी थिइन् । एक टकले नै मलाई हेरिरहिन । लठ्ठ परेर मानौं साइग्रेस होइन म आजको सेलिब्रेटी हुँ । जब हल्ला खल्ला शान्त भो । साइग्रेसले मेरो बारेमा केहि भने अनि उनि आफ्नै आवाजमा कथा सुनाउन लागे ।

हल एकदम शान्त थियो । मसँगै बस्ने युवतीले बिस्तारै भनिन ‘एस्क्युज मी मलाइ त तपाईसँग पो कुरा गर्न मन लाग्यो । तपाइको फोन नम्बर दिनुहुन्छ ? म तपाइलाई मिस कल दिन्छु । हामी भोलि केहीबेर कुरा गर्न सक्छौं ?’

मैले पनि मुस्कुराउदै भनें, “ओं सियोर, ल टिप्नुस त ।”

त्यसपछि उनले मिस कल गरिन् । मैले मोबाइल हेर्दै भनें के नाममा सेभ गरुँ ?

“साइग्रेस फ्यान भनेर गर्नुस न” उनले हाँस्दै भनिन । म हाँसें…. ए ……… त्यसो पो मैले भनें ।

त्यस दिन पछि हाम्रो भेट केहिदिन बिराएर हुन थाल्यो । उनि बस्ने मिनभवन म बस्ने कोटेश्वोर । बागमतीको किनार रेस्टुरेन्ट र क्याफेहरुको हब । उनी मिनभवनबाट आउने म कोटेश्वोरबाट झर्ने मिटिंग पोइन्ट ।

कार्यक्रम सकेर बाहिर निस्कँदा साँझ पर्नुका साथै सिमसिम पानी परिरहेको थियो । भिडमा उनी कता हराइन् थाहानै भएन । म चुपचाप आफ्नो बाटो लागें । मैले त खासमा बिर्सिसकेको थिएँ ।

करिब तिन दिन पछि मेरो मोबाइलमा घन्टी बज्यो । स्क्रिनमा देखियो साइग्रेस फ्यान । सायद तिन दिन मैले गर्छु भनेर उनीले कुरेकी होलिन । म एउटा सानो छलफलमा ब्यस्त थिएँ । उही त होनी मेरो मिशन एनआरएनए, बालुवाटार, ललिता निवासको विवादित जग्गामा बनेको एनआरएनएको भब्य भवनको माथिल्लो तलामा रहेको एनआरएनएको मिटिंग कक्षमा । म बाहिर निस्कँदै उनको फोन उठाएँ । थोरै कुराकानी पछि उनले ‘आज भेट्न मिल्छ ?’ भनेर सोधिन् । मैले आफ्नो रहेको ठेगाना बताउँदै १ घण्टा पछि फूर्सद हुने बताएँ । उनले ‘म त्यही आउँछु’ भनेर फोन काटिन् ।

मैले एनआरएनएको बकम्फुसे मिटिंग टुंग्याए र उनलाई कुर्दै एनआरएनए भवनको कौसीबाट हेर्दै प्रतिक्षा गर्न थाले । हाम्रो कुराकानी भएको एक घन्टामा एउटा रातो स्कुइटर एनआरएनए भवनको गेट भित्र छिर्यो । म तल गएँ । सामान्य हाईहलो पछि हामी नजिकैको एउटा क्याफे भित्र छिर्यौं । कफी र केहि स्न्याकको अर्डर सहित हामी कुरा गर्न थाल्यौं । उनले आफ्नो बारेमा बताईन् ‘म शंकरदेव कलेजको बिबिएमको बिध्यार्थी । लास्ट सेमेस्टर बाँकि छ । त्यसैको तयारीमा छु । मिनभवनमा परिवार सहित बस्छु । यस्तै उस्तै म चुपचाप उनको कुरा सुनिरहेको थिएँ । जब मेरो पालो आयो मैले सोधें ‘कति सेमेस्टरको पढाई हो यो ?’ उनले भनिन ‘८ सेमेस्टर अर्थात् चार वर्ष ।’

हामीहरुले साइग्रेसको बारेमा पनि लामै कुरा गर्यौं । साइग्रेसको डेनमार्क बसाइ बारे र सँगसँगै मेरो डेनमार्क बसाइबारे लामो कुराकानी भयो । मैले आफू एक छोरा, एक छोरी र श्रीमति सहित डेनमार्कमा बिगत २० वर्ष देखि बस्दै गरेको बताएँ । कुराकानीमा अनेक विषय आए । सारै गहकिलो र तर्कपूर्ण कुराकानी गर्ने उनी आजकालका युबाहरुको रुचि बारे पनि एउटा अनुसन्धान गर्दै रहिछिन । त्यसै क्रममा साइग्रेसको कार्यक्रममा पुगेकी उनि मेरो टिकटनै रद्द गरेर म साइग्रेसलाइ भेट्न बसेको कुराले अचम्ममा परेकी रहिछिन । यस्तो पनि हुन्छ ? उनले बिश्वास गरिनन् । केहि हाँसखेल केहि ठट्टा पछि हामी छुट्टिएका थियौं ।

त्यस दिन पछि हाम्रो भेट केहिदिन बिराएर हुन थाल्यो । उनि बस्ने मिनभवन म बस्ने कोटेश्वोर । बागमतीको किनार रेस्टुरेन्ट र क्याफेहरुको हब । उनी मिनभवनबाट आउने म कोटेश्वोरबाट झर्ने मिटिंग पोइन्ट ।

तीनकुनेदेखि शंखमुलसम्मको कोरिडोर क्षेत्रसँग मेरो भावनात्मक सम्बन्ध त छँदै छ झन् वरिपरिका क्षेत्रमा अत्याधिक मात्रामा खुलेका रेस्टुरेन्ट र पार्कहरुले यो क्षेत्र प्रेमिल हुन पुगेको छ । कुनै बेला यही बागमतिमा मैले जनैपूर्णिमा मनाउँदै नुहाएको छु भने कयौं पटक यही बागमतीको किनारमा बालुवाबाट पनि पानी झिकी पिएको छु । ‘यो ठाउँ सबैतिरबाट पायक पर्ने स्थानमा पर्छ । एयरपोर्ट होस्, बानेश्वर होस्, पाटन होस वा कोटेश्वर होस् । जता सुकैबाट पनि यो ठाउँमा आउन सजिलो छ । कोरिडोरको बाटो भएकाले जाम हुँदैन ।’

त्यस दिन हामीले खुलेर ड्रिंक्स गर्यौं । हुक्का तान्यौं । सँगैसँगै नाच्यौं पनि । बिहानीपख हामी हाम्रो आआफ्नो टेन्टमा गयौं । जिन्दगिको रमाइलो नै यही हो कि ? मैले त यस्तो जिन्दगि देखेको नै रहिन छु।

कहिले चुलो कहिले कितली कुनै दिन कुक्कर साथै झीर, किनार मट्कि चिया देखि चिया घर, चिया अड्डा यी र यस्तै नामबाट खुलेका चियावाला’, ‘फुडबाटिका’, ‘रेल स्टेसन’, ‘हेल्लो बर्गर’, ‘पर्पला बिस्ट्रो एण्ड क्याफे’, ‘पिज्जा पार्लर’, ‘दोभान’, ‘झिर सेकुवा’ लगायतका दर्जनभन्दा धेरै रेस्टुरेन्टहरु हाम्रो प्रेमालाप गर्ने अड्डा बने । यो क्षेत्र बागमती कोरिडोर सरसफाई अभियानअन्तर्गत खुलेका पार्क, रोपिएका रुख तथा बनाइएका बगैंचाले सुन्दर छ । झन् यही क्षेत्रमा रहेको मदन भण्डारी पार्क, शंखमुल पार्क, युएन पार्कलगायतका पनि हाम्रा डेटिङ्ग स्पोट बने । यस बीचमा हाम्रो धेरै कुराकानी भए । उनि कतै जान परे ‘फूर्सद हो ?’ भन्दै मलाइ बोलाउँथिन भने म पनि कतै जाँदा पठाओ भन्दा उनलाई नै बोलाउँथे ।

यसबीचमा म एनआरएनएको आफिस दशौं पटक उनको पछाडी बसेर गैसकेको थिएँ । मेरो मिशनबारे उनले पहिले त निकै उत्सुक भएर सुन्थिन । तर पछि जब उनले एनआरएन बारे बुझिन्- ६ महिना देखि चुनाब हुन नसकेको, अदालतमा चुनावकै विषयमा मुद्दा परेको, पररास्ट्र मन्त्रालयले हस्तक्षेप गरेको अनि प्रतिनिधि विवादमा एनआरएनएको एक गुटले दशौं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एमआइएस सिस्टममा अनधिक्रित पहुँच गरेर गोलमाल गरेको जसको लागि नेपाल प्रहरीले विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको मानि सोधपुछ तथा कार्वाहीको लागि पत्र काटेको देखेपछि दिक्क मान्दै सोधिन ‘तपाइँ जस्तो मान्छे किन एनआरएनमा ? मसँग संगत गरेको २०-२५ दिनमै उनले एनआरएन बारेको धारणाबारे बताउँदै भनिन् “एनआरएनएमा हाल बढ्दै गइरहेको बिकृती, जसरी पनि नेतृत्वमा रहनैपर्ने, पार्टीगत राजनिती गर्दै बिदेशमा बसेर संस्था अबैध तरिकाले कब्जा गर्ने यो सब केका लागि ?”

उनले चित्त दुखाउँदै भनिन् “कांग्रेस र कम्युनिष्टका नाममा दिगभ्रमित भएका रातो पासपोर्ट धारी नेपाली केको लागि यत्रो मरिहत्ते ? यस बिचमा उनले थुप्रै पटक मेरो साथ लागेर एनआरएनएको नेताहरु भेटिसकेकी थिइन् । त्यसमाथि भवननै ललिता निवासको बिबादास्पद जग्गामा बनेकोमा उनी र म बीच पुरा एक दिन अध्ययन-अनुसन्धाननै भएर यीनिहरु समाजसेवक हैनन्, ढोंगी र समाज सेवाको नामको ठग हुन् भन्ने निष्कर्ष नै निकालेका थियौं । त्यसपछि मैले एनआरएनएको आफ्नो उद्देश्य थाँति राख्दै एनआरएनए भवन जान छाडेको थिएँ । र उनीसँग समय बिताउन थालेको थिएँ ।

कहिले चुलो कहिले कितली कुनै दिन कुक्कर साथै झीर, किनार मट्कि चिया देखि चिया घर, चिया अड्डा यी र यस्तै नामबाट खुलेका चियावाला’, ‘फुडबाटिका’, ‘रेल स्टेसन’, ‘हेल्लो बर्गर’, ‘पर्पला बिस्ट्रो एण्ड क्याफे’, ‘पिज्जा पार्लर’, ‘दोभान’, ‘झिर सेकुवा’ लगायतका दर्जनभन्दा धेरै रेस्टुरेन्टहरु हाम्रो प्रेमालाप गर्ने अड्डा बने ।

डेनमार्कको बसाइ । डेनमार्कमा नै हुर्किसकेका छोराछोरी । काठमाडौंमा भब्य घर । डेनमार्कमा राम्रै जागिर, प्यारी श्रीमती सबैकुरा थियो मसँग । पारिवारिक जीवन आफ्नै रफ्तारमा सलल्ल गुडदै थियो । तर अचानक २४-२५ वर्षिया एक युवती मेरो जिन्दगीमा अचानक आई । समुद्रमा छाल आए जसरि मेरो जीवन तरङ्गित भयो । म उनको रुप सौन्दर्य र बोलीले, तर्क शक्तिले यति साह्रो लट्ठीएँ कि आफू लगभग पचासको गृहस्थ पुरुष ….. भन्ने पनि बिर्सें ।

हुन् त मैले उनलाई नसोधेको पनि हैन ‘तिम्रो केटा साथी छ कि छैन ?’ भनेर । उनले ‘छ’ भन्दै ‘परिक्षा भएकोले तिन महिना उसँग अलग बसेको’ बताईन् ।

‘अनि तिन महिना नभेट्ने ? कुरा नगर्ने ?’ म अचम्ममा पर्दै सोधेको थिएँ । उनले भनिन ‘हो हाम्रो राम्रो समझदारी छ तिन महिना ब्रेक लिएको ।’

उनको कतिपय यस्ता कुराहरु म बुझ्दिनथिएँ । तर पनि उनका कतिपय कुराले म यो समाज, मैले छोडेपछि परिवर्तित नेपालबारे बुझ्दै थिएँ । अर्थात् म आफूलाई अपडेट गर्दै थिए ।

एकदिन उनले भनिन “हामी बीच खासमा यो एक दिने कुराकानीले पुगिराखेको छैन । कतै नाइट स्टे जाने होइन ?’

मैले के भन्नु ? म त उनले जे भनेपनि हस भन्ने सोचाईमा थिएँ । उनलेनै ल्याइन प्याकेज प्रस्ताव- कुलेखानीको कुनै रिसोर्टमा बस्ने ।

हामी उनकै स्कुइटरमा बसेर कुलेखानी गयौं । कुलेखानी जाँदा कहिंकहिँ मैले पनि स्कुटर चलाएँ । तर मेरो चलाई दाहिनेतिर मात्र जान्थ्यो । म डेनमार्कमा बसेर राइट साइड चलाउने बानी पारेर आएको मान्छे । उनले ‘नो नो लेफ्ट’ भन्दै मलाई धेरै पटक हप्काएकि थिइन् । एक ठाउँमा झन्डै एक्सिडेन्ट परेको मेरो चलाइले । त्यसपछि उनले मलाई बाइक चलाउन दिइनन्। हामी लड्दै झगडिंदै कुलेखानी पुग्यौं ।

एकछिन बार म्यानेजर सित कुराकानी गरेपछि त्यो पछि आउने केटि कराउँदै थिइन् ‘कसरी यत्रो बिल हुनसक्छ ? हामी लेडिजहरु कसरि यति सारो ड्रिंक्स गर्न सक्छौं ? यो त हुँदै भएन ।

शुक्रबारको त्यस साँझ काठमाडौँमा पुरै कोरना महामारी तर कुलेखानीको त्यो रिसोर्टमा २०० जना जति थिए होलान । केको कोरना सबै आफ्नै धुनमा थिए । त्यहाँ प्राय सबै जोडीनै आएका थिए । कसैलाई कसैको मतलब थिएन । आउने जोडी बिवाहित जस्ता कोहि पनि थिएन । सबै १८-देखि २४ सम्मका थिए । कोठा प्राय भरिईसकेकोले हामीलाई रिसोर्टले टेन्टको व्यवस्था गरिदियो । बाहिर चौरमा लागाइएको हाम्रो छुट्टा छुट्टै सिंगल टेन्ट थियो ।

त्यस दिन हामीले खुलेर ड्रिंक्स गर्यौं । हुक्का तान्यौं । सँगैसँगै नाच्यौं पनि । बिहानीपख हामी हाम्रो आआफ्नो टेन्टमा गयौं । जिन्दगिको रमाइलो नै यही हो कि ? मैले त यस्तो जिन्दगि देखेको नै रहिन छु। हामी बीच केहि थिएन । तर सब चिज थियो। मैले आफूले आफूलाई बिर्सिरहेको थिएँ । करिब ८ बजे बिहान म उठें र ब्रेकफास्ट टेबुल तिर गएँ ।

मैले राती देखि नै निगरानी गरेको एउटा समुहका दुइजना किशोरीहरु पनि ब्रेकफास्ट लिंदै थिए । खासमा उनीहरु चार जना थिए । ३ जना केटी र एक जना केटा । सबैको उमेर उस्तै । राति टेन्टमा २ जना केटि एउटा टेन्टमा थिए भने अर्को केटाकेटी एउटा टेन्टमा थिए । हामी नाच्ने मञ्चमा उनीहरु पनि नाचीरहेका थिए । हाम्रो पनि मध्यरातमा उनीहरु सित मदिराको तालमा मित्रता भएको थियो । उनीहरुले अफर गरेको ड्रिंक हामीहरुले र हामीहरुले अफर गरेको ड्रिंक उनीहरुले सजिलै स्वीकार गरेका थिए । मानौं एकै रातमा हामीहरु चिर परिचित मित्र जस्ता भएका थियौं । उनिहरुको अफरमा मैले स्वाट स्वाट पारेर कति टकिला सट हानेको थिएँ कुनै लेखाजोखा नै छैन । जसको कारण मेरो टाउको अहिले हम्मरले हानेको जसरि दुखि राखेको छ। फरक फरक फ्लेबरका एउटै हुक्का त कति तानियो कति ! तर अहिले हामी नचिनेको जसरी छुट्टा छुट्टै बसेका छौं ।

मैले ब्रेक फास्ट लिंदै मेरो उनलाई कुरें । त्यसै बीचमा उनीहरुको समुहको अर्को केटि जुरो कपाल बनाउँदै ‘हाई गर्ल्स !’ भन्दै आइन । उनीपनि ब्रेक फास्ट लिंदै हाँस्दै, छिल्लिदै कुरा गर्न थालिन् । तिनले पनि म तिर हेर्दै हेरिनन् । रातका साथीहरु । म फिस्स हाँसें । ‘मदिराका साथीहरु’ मैले मनमनै भनें । रात निकै रमाइलो भएको, ‘एञ्जोय अ लट’ उनीहरुको कुरा त्यस्तै थियो । अब आउँन बाकि उनीहरुको ग्रुपको एउटा केटा र मेरो साथि मात्र थिए ।

यो बिलमा अधिकांश हामीले गरेका ड्रिंक्स पनि थिए । अरुले गरेका ड्रिंक्स पनि थिए । तर के गर्नु बोल्न भएन ।

उनीहरुले खाना खाए पछि ‘जाउँ बार तिर हिजोको बिल कति उठेछ’ भन्दै बार तिर लागे । मेरो पनि बारको बिल चुक्ता गर्नुनै थियो । म पनि बार तिर जाने बिचारले बार तिर हेरीनैरहेको थिएँ । एकछिन बार म्यानेजर सित कुराकानी गरेपछि त्यो पछि आउने केटि कराउँदै थिइन् ‘कसरी यत्रो बिल हुनसक्छ ? हामी लेडिजहरु कसरि यति सारो ड्रिंक्स गर्न सक्छौं ? यो त हुँदै भएन ।”

उ बिल हेर्दै कराईरहेकी थिइ म त्यतै गएँ । अरु दुइ जना केटीहरु ‘भो भो लफडा नगर, तिरीदे’ भन्दै थिए । उसले पनि कार्ड निकाली, तिरी र त्यहाँबाट हिंडी । यो बिलमा अधिकांश हामीले गरेका ड्रिंक्स पनि थिए । अरुले गरेका ड्रिंक्स पनि थिए । तर के गर्नु बोल्न भएन । मैले आफ्नो बिल तिरेर हिंडें । मलाई के लाग्यो भने त्यो बिल तिर्ने केटी आफ्नो केटा साथीसँग बस्न घरमा ती दुइकेटि देखाउँदै त्यहाँ आएकी होली । अर्थात् बाबु आमाको नजरमा केटीहरु मात्र घुम्न आएको बनाएका होलान। किनकि चुरीफुरी खर्च सबै त्यो केटि ले गर्दै थिइ ।

एकै छिनमा मेरी उनी पनि आइ, र उनीहरुको केटा साथी पनि आयो । मेरी उनले ब्रेकफास्ट लिइन । कुलेखानीमा बिहान सबै जाने भनेको हाइकिङ्ग भन्दै २ घण्टा उकालो चढेर झरना हेर्न जाने रहेछ । झरनाको सुन्दर बयान त के गर्नु जति सुन्दर हामी एकअर्काको हात समाउँदै, उकालो गोरेटोमा टास्सिंदै, हाँस्दै जिबन भोग्दै झरना पुगेका थियौं । त्यसपछि त्यो मानव निर्मित सुन्दर कुलेखानी तालमा हामीले बोटिंग समेत गर्यौं ।

कुलेखानीबाट फर्केपछि मलाई के भयो भयो । अब मलाई नै थाहा नहुने भयो । मलाई के भएको हो ? कसलाई सोध्ने ? आफ्नो जिबनसाथीलाइ समेत सोध्न नमिल्ने के भाको मलाई । अलि अलि डर त लागिरहेको थियो । तर डर के आगे जित भन्ने पनि लागि रहेको थियो। जित—- जित चाहि के को ? मेरो कोपनहेगन तिर कुराकानी पातलिंदै गैरहेको थियो । अब म काठमाडौँ बसेको पनि ५ महिना पुग्न लागिसकेको थियो।

कोपनहेगनको फोन आयो या मैले गरें भने अब कहिले आउने ? कत्ति बस्न सकेको ? यस्तै मात्र कुरा हुन्थ्यो। म यसो उसो कुरा गरेर टारिदिन्थें। मलाई अब नेपाल छोड्न पटक्कै मन थिएन । मलाइ अब रातमा निद थिएन दिनमा चैन । जित्नु थियो तर के जित्ने थाहा थिएन । मैले जिते हार्ने को हो त्यो पनि प्रस्ट थिएन । अब हामीलाइ टाढा रहन यति गाह्रो भैसकेको थियो कि बिहानको ब्यायमपनि सँगै हुनथाल्यो । कहिले संखमूल पार्क त कहिले युएन पार्क ।

मलाइ निकै गाह्रो हुन् थाल्यो । मैले बन्जी गर्ने भोटेकोशीको लास्ट रिसोर्टमा ३ दिनको लागि बुक गरें भ्यालेंनटाइन डे को लागि। मेरो कुरामा उनि झन् एक्सटाइटे- ‘वाउ बन्जी ! मेरो सपना’ उनले भनिन । हामी फेब्रेवरी १२ मा बन्जीको लागि गयौं द लास्ट रिसोर्ट, सिन्धुपाल्चोकको भोटेकोशी तिर ।

मलाई अब नेपाल छोड्न पटक्कै मन थिएन । मलाइ अब रातमा निद थिएन दिनमा चैन । जित्नु थियो तर के जित्ने थाहा थिएन । मैले जिते हार्ने को हो त्यो पनि प्रस्ट थिएन । अब हामीलाइ टाढा रहन यति गाह्रो भैसकेको थियो कि बिहानको ब्यायमपनि सँगै हुनथाल्यो । कहिले संखमूल पार्क त कहिले युएन पार्क ।

अलि टाढा उनको स्कुटरमानै गएको । हामी निकै थाकेका थियौं । त्यस रिसोर्टमा कोठा भन्ने नै रहेनछ । सबै टेन्टमा नै सुत्नुपर्ने। जाडो बढिरहेको थियो । हामीलाई जाडो लागिरहेको थियो । यसपटक हाम्रो एउटै ठूलो टेन्ट थियो जसमा दुइ वटा खाट थिए । हामीले केहि छिन् आराम गरेर फ्रेस हुदै रेस्टुरेन्ट तिर गयौं । केहि खानपिन पछि हामी एउटा ड्रममा बालिएको आगो सँगै थियौं । हामी केहि हल्का मदिराको चुस्की लिंदै आगो ताप्दै भोलि बन्जी, पर्सीको भ्यालेंनटाइन डे बारे पनि कुरा गरिराखेका थियौं ।

के यो प्रेम हो ? एउटी केटिसँग महिनौं घुम्नु । संगै खानपिन गर्नु । अनि बिचार आदानप्रदान हुनु । कुराहरु मिल्नु, भेटघाटमा आनन्द महसुस हुनु, के हो यो ? यो क्षणिक आकर्षण हो वा प्रेमसम्मको यात्रानै हो मलाइ बुझाइ दिने कसले ? उनि मेरो प्रेमिका हुनै सक्दिनन् । मैले उनलाई प्रेमिका मान्ने कसरी ? मेरो त पूर्ण प्रेमको आफ्नै संसार छ । म ठूलो असमनजस्यमा थिएँ ।

उनी प्रेमीका होइन भन्ने थाहा हुँदाहुँदै पनि उनी प्रेमीका नै हुन् भन्ने मलाइ किन लाग्छ त ? यसमा उनको बिचार के छ मैले कहिले बुझ्ने प्रयास गरिन। सायद बुझ्न खोजेको भए आज हामी यहाँ हुने थिएनौं कि ? के यो संसारले भन्ने गरेको मेरो ‘एक्सट्रा म्यारेटियल अफेयर’ मात्र हो ? जसको सुखद अन्त्य कतै भएको छैन ।

मलाई डर लागिरहेको छ, म उनको लागि को हुँ ? उनलाई सोध्न र बुझ्न डर लागिरहेको छ। तर पनि आज राति मैले डरलाइ जित्नु छ । तर के जित्नु छ थाहा छैन । के उनी मेरो जिवनको आधुनिक नायीका त होइनन जो मसँग क्षणिक मनमौजी यात्रा गरिरहेकी छिन् ? प्रश्नको एङ्गल यता पनि छ ।

हामी टेन्ट भित्र गयौं । हाम्रो टेन्ट नम्बर १३ । हामीले बसेको टेन्ट अलि तल भिरालोमा थियो जुन ठाउँबाट बाथरूम जान दुइ मिनेट जति हिंड्दै दुइवटा कान्ला उक्लिन पर्थ्यो । टेन्ट भित्र यति चिसो थियो कि हामीले लुगा समेत बदल्न गर्न सकेनौं । आच्छु आच्छु भन्दै हामी आआफ्नो खाटमा ज्याकेट र जिन्स सहित घुस्रियौं । सिरकले तात्ने र धान्ने कुनै छाँटकाँट थिएन ।

चिसो यति भयोकि मदिराले समेत आफ्नो धर्म छोड्यो । मध्य रात अतिजाडो, अतिमिल्ने साथी सँगै, निन्द्रा आइरहेको थिएन । अँध्यारो टेन्ट भित्र हामी कहिले यता कोल्टे, कहिले उता कोल्टे गर्दै थियौं । निन्द्रा नलागे पछि कोल्टे फेर्दा पनि सिरकको आवाज समेत सर्याक सुरुक गरेको ठूलै आउने रहेछ । उनि कोल्टे फेर्दा म बिचलित हुन्थें । सायद उता पनि त्यस्तै हो कि ? म अन्जान ।

मैले बत्ति बालें । उनले सोधिन ‘किन ?’ मैले भनें ‘बाथरुम जानु पर्ने भो ‘।

उनले फेरी सोधिन ‘लङ कि सर्ट ?’ मैले ‘सर्ट’ को इसारा गरें । बाहिर सारो जाडो छ । बाथरुम पनि टाढानै छ यो कस्तो रिसोर्ट हो ? आट्याच बाथरूम समेत नराखेको ।

एउटी केटिसँग महिनौं घुम्नु । संगै खानपिन गर्नु । अनि बिचार आदानप्रदान हुनु । कुराहरु मिल्नु, भेटघाटमा आनन्द महसुस हुनु, के हो यो ? यो क्षणिक आकर्षण हो वा प्रेमसम्मको यात्रानै हो मलाइ बुझाइ दिने कसले ?

‘नेचुरल फिलिंग गराउने होला नि त’ मैले भने। बाहिर गएर आए त मरिन्छ, म त यहाँ भित्रै जमीसकें।’ उनको रिसोर्ट प्रति आक्रोश थियो ‘जाडोमा यहाँ आउनेनै होइन रहेछ ।’ उनले आफ्नो निस्कर्ष सुनाइनन र भनिन ‘बत्ति निभाउनुस । तपाई त्यतै पालको कुनामा गर्नुस । म यतै कुनामा । कता बाहिर गइराख्ने ? हुम ——-हो र ? मैले बत्ति निभाएँ !! अब क्वार्र आवाज आइरहेको थियो । त्यो आवाज उनको हो वा मेरो मैले छुट्याउन सकिन ।

एकछिन पछि बत्ति बाल्दा उनि सिरकमा त्यसै टोलायर बसिरहेको देखें । जाडो भा हो ? के गर्ने मैले सोधे ? खाट जोडुम उनको प्रस्ताब आयो । हामीले दुवै खाट जोड्यौं । सिरक पनि खप्ट्यायौं । अनि दुवै एउटै ओंछ्यानमा घुस्रिऔं । हामी गफ गर्दै आमुन्ने सामुन्ने थियौं । एकले आर्कोको घर्षण महसुस गरिराखेका थियौं । सास तातो तातो अनि छिटो छिटो आइरहेको थियो । अब तात्दै थियौं । अब हाम्रो लुगा असजिलो भइराखेको थियो । मैले सिरक हटाउँदै भनें ‘तातियो त अब निदाउनु पर्छ । भोली बन्जी पनि गर्नु छ ।’

मैले मेरो जिन्स र ज्याकेट फुकालें । उनले पनि त्यसै गरिन् । अब सुत्न सजिलो भएको थियो । डबल सिरक। दुइ ज्यान । हामी केहि तात्यौं।

विहान भनेको समयमा नै हामी बन्जीको लागि पुलमा गयौं । केहि साधारण औचारिकता पछी उनले बन्जी गरिन । उनि निकै खुशी हुँदै फर्किंइन । पुलमा निकै हल्ला खल्ला थियो । खुशीको माहौल थियो थ्री-टु-वान । मेरो ओंठमा च्वाप्प गरेपछि उनले मलाइ धकेलेकी थिइन् । म भोटेकोशीको गहिराहिमा डुब्दै गएँ, डुब्दै गएँ । जब बन्जीले एक झट्का दिएर माथि तिर अलिकति तान्दै कावा खेलाउन थाल्यो । मेरो शरिरमा बन्जीको झड्का भन्दा पनि अघिको ओंठमा आएको करेन्टको झड्काले मन बिचलित भएको थियो ।

यो केको संकेत हो ? बिस्तारै पानी नै छुने गरि डोरी तल माथि गरियो । भोटेकोशीको त्यो गहिराईमा पुग्दा पनि मैले पानी छुन सकिन । हात लम्काएँ । आखा चम्काएँ। तर पनि पानी छुन सकिन । जति जति गहिराहीमा कावा खाँदै थिएँ मेरो मनमा अनेक तर्कना आए । के यो भोटेकोशीको गहिराही जस्तै म एउटा अपवित्र प्रेमको गठबन्धनमा डुबेको हो ?

केहि महिना पछि हाम्रो विवाहको पच्चीसौं वर्षगाँठ छ । सुन्दर परिवार, सुन्दर भविष्य छ । कोपनहेगन र काठमाडौँको सुन्दर पारिवारिक पृष्ठभुमि छ । तरपनि म यो भोटेकोशीमा कुन चाहिं माछा मार्न जाल बुनिरहेको छु ? म को हुँ ? मेरो परिवार अहिले के गर्दै होला ? मेरो यो दैनिकीको कोपन्हेगनमा फैलियो मात्र भने मेरो जिन्दगि के होला ? म कुन आकर्षणले यहाँ छु ? मैले जे गरिराखेको छु त्यो उचित हो । के मैले यो सुबिधा मेरो धर्मपत्नीलाइ दिनसक्छु ? हामीले पढेको समान अधिकार र कर्तब्य भन्ने कुरा कता गयो ? एक नारि ब्रम्हचारी मैले मानीआएको मेरो यो धर्म धर्मराएको नै हो त ?

झरनाको सुन्दर बयान त के गर्नु जति सुन्दर हामी एकअर्काको हात समाउँदै, उकालो गोरेटोमा टास्सिंदै, हाँस्दै जिबन भोग्दै झरना पुगेका थियौं ।

जब मलाइ बिस्तारै बिस्तारै बन्जीले माथि पुल तिर तान्दै गयो मेरो वर्तमान देखि म डराउँन थालें । मलाई लाग्यो, उनको एउटा चुम्बन मेरो संसार ध्वस्त बनाउने औजार हुनसक्छ । जब म पुलमा आएँ मेरो जिउ थर थर कामिरहेको थियो । खुट्टाले टेक्न छाडेका थिए । म ढल्ला ढल्ला जस्तो भएको थिएँ। तर उनि एकदम उत्तेजित । मेरो जिउ पुरै थामिन् । समातेर टेन्टमा लिएर आइन् । यता चुम्बन उता चुम्बन कति कति । म मुढो जस्तो भएको थिएँ । मेरो होसहवास केहि थिएन । थियो त मात्र एउटा महसुस- म बाट गल्ति हुँदै छ, रोकुँ कसरी ?

मैले आँखा खोलें र भनें ‘घर जाम ।’

व्हाट ?

किन ?

मैले फेरी भनें ‘घर जाम ।’

उसले मलाइ अँगालोबाट छोडी र एक टकले हेरिरही । मैले पनि हेरीरहें र पुन भनें ‘जाम अब ।’

उसैले झोलासोला कसी । अचम्मसँग एकटकले मलाई हेरी र रिसेप्सन तर्फ गई । म बिस्तारै चुप चाप पार्किंङ तर्फ गएँ । केहिछिनमा उ आई र स्कुटर स्टार्ट गरि । हामी चुपचाप कोटेश्वोर आइपुग्यौं । चोकमा उसले सडकको किनारा लगाई, म ओर्लें । उ ‘बाइ’ पनि नभनी बाइक लिएर गई । मेरो दिमागमा केहि पनि आएन । मैले सोच्दा पनि सोचिन उसले के सोची भनेर ।

करिब २ बजे म घर पुगें । इन्टरनेटमा कोपन्हेगनको टिकट हेर्न थालें । टिकट मिलेन । एअरलाइन्समा फोन घुमाएँ । राति ११ बजेको टिकट छ भन्ने प्रस्ताव आयो । टिकट बुक गरें । सुटकेस मिलाएँ । तल ओर्लें । कोरोना पास बनाएँ एउटा फार्मेसीबाट । लागें एअरपोर्ट तर्फ, आफ्नो सुन्दर संसार भेट्न । दिउँसो १ बजे म कोपहेगन उत्रें र फटाफट घर तिर लागें। मेरो आफ्नो संसारमा भ्यालेनटाईन डे मनाउन । बाटोमा मनमनै भनें ‘इट वाज माई लास्ट डेट ………..’

तपाइँको प्रतिक्रिया

फेसबुक