बिहीबार, वैशाख १३, २०८१

आफ्नो ग्यास युरोपलाई दिनुको सट्टा जलाएर फाल्दै रुस

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २३ गते ११:५३

सांकेतिक तस्विर

नर्ड स्ट्रिम-१ ग्यास पाइपलाइन मार्फत युरोपेली संघमा ग्यास पठाउन रोकेपछि रुस आफ्नै ग्यास जलाएर फाल्न बाध्य भएको छ।

अगस्ट २६ मा प्रकाशित बीबीसी अनुसन्धानले फिनल्याण्डसँगको रुसी सिमाना नजिक हरेक दिन झण्डै ४३ लाख ४० हजार घनमिटर प्राकृतिक ग्यास त्यसरि जलाएर फालेको रिपोर्ट गरेको छ । त्यसको मूल्य एक करोड युरो बराबर हो ।

रुस र अन्य देशबिचको भूराजनीतिले वातावरणलाई कति गम्भीर रूपमा हानि गर्छ भन्ने यो उदाहरण हो । यो अनुपातमा ग्यास जलाएर फाल्दा प्रति दिन लगभग ९,००० टन बराबर कार्बन डाईअक्साईड निस्कन्छ ।

ब्रिटिश सार्वजनिक प्रसारण च्यानल अनुसार यो एक पर्यावरणीय र आर्थिक आपत हो ।

रुससित पर्याप्त भण्डारण क्षमता छैन र ऐतिहासिक रूपमा युरोप तर्फ निर्देशित ग्यास पाइपलाइनहरूबाट अन्य गन्तव्यहरूमा पुर्ननिर्देशित गर्न सक्दैन ।

ग्रीष्मको सुरुवातदेखिनै सेन्ट पिटर्सबर्गको उत्तरपश्चिममा रहेको रूसी शहर पोर्टोभाया माथि महत्त्वपूर्ण आगोहरू देखिएका छन् । त्यहाँ गाजप्रोमले जर्मनी पठाउनु अघि यसको ग्यास कम्प्रेस गरिरहेको थियो।

फिनल्याण्डका अखबारहरूका अनुसार कारखानामा जुनदेखि ठूलो मात्रामा आगो देखिएको छ। यो अगस्ट ३ मा छायांकन गरिएको थियो र स्याटेलाइट तस्बिरहरूले तथ्यलाई पुष्टि गरेको थियो।

जलवायु नतिजाहरूको बारेमा बीबीसी र फिनिश समाचार पत्रहरूका लेखहरूले प्राकृतिक ग्यासको चमकले कालो कार्बनको कणहरू उत्पादन गर्ने बताएका छन् । त्यो कालो कणहरु उत्तरी क्षेत्रको निस्चित हिउँ र बरफमा जम्मा हुन्छ ।

क्यानडाको कार्लटन युनिभर्सिटीका प्राध्यापक म्याथ्यू जोन्सनले बीबीसीलाई भने “यो कालो कार्बनले हिउँ र बरफ पग्लिने क्रमलाई उल्लेखनीय रूपमा गति दिनेछ ।”

तपाइँको प्रतिक्रिया