शनिबार, वैशाख १५, २०८१

नेदरल्याण्डको एउटा सहरले लगायो मासु, विमान, रेल, कारको विज्ञापनमा प्रतिबन्ध

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २३ गते १२:३४

यो विश्वकै पहिलो घटना हो : नेदरल्याण्ड्सको हार्लेम सहरले सार्वजनिक स्थानहरूमा मासु, विमान, कार, रेलको विज्ञापनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो नियम सन् २०२४ बाट लागू हुनेछ ।

यो दृष्टिकोण जलवायु परिवर्तन विरुद्ध लड्ने इच्छा स्वरुप आएको एक उपाय हो।

“तपाईंले मानिसहरूलाई जलवायु संकट भइरहेको छ भनिरहने र अर्कोतर्फ उनीहरूलाई जलवायु संकट बढाउने उत्पादनहरू किन्न प्रोत्साहन पनि गर्ने, यो दोहोरो भूमिका गर्नसक्नुहुन्न” ग्रोयनलिन्क्स पार्टीका सल्लाहकार जिगी क्लाज्सले स्थानीय रेडियोलाई भने।

संयुक्त राष्ट्र संघको खाद्य र कृषि संगठन (एफएओ) को २०१३ को रिपोर्ट अनुसार, पशुपालन विश्वमा १४ दशमलव ५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनको लागि जिम्मेवार छ ।

हार्लेम एम्स्टर्डमबाट टाढा रहेको शहर हो जहाँ एक लाख ६० हजार बासिन्दा छन् । सन् २०२४ बाट यो शहरका कुनैपनि भित्ता, बस, रेल, होडिङबोर्ड, पत्रपत्रीकामा यस प्रकारको विज्ञापन देख्न सम्भव हुनेछैन।

तर मासुका ब्यापारी र पारखीहरुले भने यो निर्णयको निन्दा गरेका छन् । किनकि मासु उत्पादन गर्नेहरू मात्र यस उपायबाट चिन्तित छैनन् । विमान उडान, कार र जीवाश्म इन्धनका विज्ञापनहरू पनि सार्वजनिक स्थानहरूमा निषेधित हुनेछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक