शनिबार, वैशाख ८, २०८१

१५ देशको राजसिंहासनमा बसेको ७० वर्षपछि ९६ वर्षको उमेरमा रानी एलिजावेथको निधन

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २३ गते २१:१२

बेलायतकी महारानी एलिजाबेथ द्वितीय, राष्ट्रमण्डलकी प्रमुख तथा १५ देशका राजाको सिंहासनमा बसेको ७० वर्षपछि ९६ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले बिहीबार घोषणा गरेको छ ।

गत अक्टोबरदेखि स्वास्थ्य समस्याबाट पीडित महारानी एलिजाबेथको आज बिहिवार दिउँसो स्कटल्याण्डको बालमोरल शाही दरवारमा निधन भएको हो ।

उनी आफ्नो प्ल्याटिनम जुबली वर्ष (७० औं वर्षगाँठ उत्शव) मा थिइन् । उनी सन् १९५२ मा आफ्ना पिता राजा जर्ज छैठौंको उत्तराधिकारी बनेकि थिईन् ।

उनको स्वास्थ्य जटिल बनेको खबर पाएपछि सिंहासनका उत्तराधिकारी प्रिन्स चार्ल्स सहित उनका सबै बच्चाहरू बालमोरलमा उपस्थित हुन हतारिएका थिए ।

यहि दरवारमा भएको थियो निधन

अपरेशन युनिकोर्न

रानी एलिजाबेथ द्वितीयको मृत्यु भएमा अन्तिम दाहसंस्कार, औपचारिकरुपमा बेलायतले भित्रभित्रै योजना बनाएको थियो । त्यसलाई लन्डन ब्रिज कोड नाम दिइएको थियो। तर कुनै कारणवश यदि रानीको स्कटल्याण्डमा हुँदा मृत्यु भयो भने ? त्यसलाई अपरेशन युनिकोर्न भनिन्छ।

युनिकर्न स्कटल्याण्डको राष्ट्रिय जनावर हो र इङ्गल्याण्डको राष्ट्रिय प्रतिक चिन्ह सिंहसँगै युनिकोर्न शाही कोटको भागमापनि रहन्छ ।

हेराल्ड अखबारले रिपोर्ट गरे अनुसार अपरेशन युनिकोर्न शब्द पहिलो पटक २०१७ मा एडिनबर्ग संसदको अनलाइन पेपरहरूमा प्रयोग गरिएको थियो । यदि सिंहासनमा हुने राजा वा रानीको मृत्यु भएको खण्डमा स्कटल्याण्डमा ठूलो संख्यामा भिडलाग्ने परिकल्पना गरिएको थियो ।

संवन्धित : बेलायती महारानीका २१ रोचक तथ्य

“यो बुझिएको छ कि यदि स्कटल्याण्डमा रानीको मृत्यु भयो भने ….(स्कटिश) संसद, होलीरुडहाउसको छिमेकी दरबार र सेन्ट गिल्स क्याथेड्रल मुख्य केन्द्र बिन्दु हुनेछन्” अखबारले बुधबार लेखेको छ ।

एडिनबर्ग दरबार राजाको आधिकारिक निवास हो र क्याथेड्रल स्कटिश राजधानीको सबैभन्दा महत्त्वपूर्ण मध्यकालीन चर्चहरू मध्ये एक हो ।

“यदि रानीको स्कटल्याण्डमा निधन भयो भने उनको शव होलीरुडहाउसमा राखिने छ। त्यसपछि उनको कफिन रोयल माइल (एडिनबर्गमा) मा रहेको क्याथेड्रलमा लगिनेछ” अखबारले उल्लेख गरेको छ ।

उनको शवयात्राकालागि एडिनबर्गको वेभर्ले स्टेशनको रोयल ट्रेनमा पूर्वी तटको मुख्य लाइनमा राखिनेछ।

७० वर्ष सम्म रेडक्रसको संरक्षक

ब्रिटिश रेडक्रसले सैन्य वर्दीमा रानीको तस्बिरसहित यो श्रद्धाञ्जली ट्वीट गरेको छ।

एलिजाबेथ किशोरावस्थामा युद्ध प्रयासमा सामेल भइन् । मोजा बुन्ने र अगाडि ब्रिटिश सिपाहीहरूको लागि ब्यान्डेज बनाउने काममा लागिन् । १९४० मा १४ वर्षको उमेरमा उनले आफ्नो पहिलो रेडियो भाषण गरिन् । प्रियजनहरूबाट अलग भएका बालबालिकाहरूका लागि “सहानुभूतिको सन्देश” र ग्रामीण इलाकामा आफ्ना सहयोगिहरूका लागि “कृतज्ञता” लाई सम्बोधन गरेकि थिईन् ।

सन् १९४२ को प्रारम्भमा उनी ग्रेनेडियर गार्ड इन्फन्ट्री रेजिमेन्टको कर्नल-इन-चीफ नियुक्त भइन् र युद्धको अन्त्यमा उनी ब्रिटिश सेनाको महिला शाखा सहायक क्षेत्रीय सेवामा सामेल भइन्।

ट्रस: ‘भगवानले रानीलाई बचाउनुहुन्छ’

बेलायती प्रधानमन्त्री लिज ट्रसले महारानी एलिजाबेथलाई “ग्रेट ब्रिटेनको धेरै आत्मा” र आधुनिक बेलायतको निर्माण भएको चट्टानको रूपमा प्रशंसा गरिन् ।

उनले प्रधानमन्त्री निवाश डाउनिङ स्ट्रीट कार्यालय बाहिर बोल्दै भनिन् “रानी मेरो र धेरै बेलायतीहरूको लागि व्यक्तिगत प्रेरणाको स्रोत थिइन्।”

“महारानी एलिजाबेथ द्वितीय चट्टान थिइन जसमा आधुनिक बेलायत निर्माण भएको थियो। हाम्रो देश उनको शासनकालमा बढेको छ र फस्टाएको छ। उनको कारणले आज बेलायत महान देश बनेको हो,” उनले भनिन्।

“विश्वभरि माया र प्रशंसित” रानीलाई श्रद्धांजलि अर्पण गर्दै बेलायती प्रधानमन्त्री लिज ट्रुसले राष्ट्रको नयाँ राजा, जसलाई उनले चार्ल्स तेस्रो को रूपमा परिचय गराएकी छन्, प्रति उनको समर्थन र वफादारीको प्रस्ताव गरिन् ।

तर चार्ल्सले पहिले नै पुष्टि गरेका थिएनन् कि उनी चार्ल्स तेस्रो को रूपमा सिंहासनको ताज लगाउन चाहन्छन् । शाही पर्यवेक्षकहरूले उनले आफ्नो अन्य नामहरू मध्ये छनौट गर्न सक्छन् भन्ने बातएका थिए ।

जोनसन: ‘हाम्रो देशको सबैभन्दा दुखद दिन’

पूर्वप्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथको निधनले देशमा ठूलो क्षति भएको बताएका छन् ।

“उनी यति अजम्मरी र यति अद्भुत देखिन्थिन् कि हामीले केटाकेटीहरू जस्तै विश्वास गरेका थियौं, उनी बसिरहन्छिन्, हामीसित रहिरहन्छिन् भनेर” जोनसनले भने ।

“यो दुःखको लहर बालमोरलबाट एकपछि अर्को गर्दै संसारभरि घुमिरहेको छ जहाँ हाम्रा भावना सबै शाही परिवारसँग छन् । र यो देश र समग्र राष्ट्रहरूको त्यो महान् राष्ट्रमण्डलमा हाम्रा दुख र भावना छरिएका छन् जुन देशहरुमा उनले धेरै माया गरिन् र बदलामा तिनले उनको कदर गरे ।”

संवन्धित

बेलायती महारानीको ऐतिहासिक जयन्ति उत्सव शुरु

बेलायती महारानीका २१ रोचक तथ्य

बेलायती शाही परिवार विवाद : “हाम्रो परिवार रंगभेदी होइन” राजकुमार विलियम

तपाइँको प्रतिक्रिया

फेसबुक