शुक्रबार, वैशाख १४, २०८१

पछाडीको ढोकाबाट छिरेर एनआरएनए नेदरल्याण्ड्सको आशनग्रहण

हरि पौडेल / नेदरल्याण्ड्स२०७९ भदौ २४ गते १०:५७

गैर आवासिय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले अहिलेसम्म जम्बोजेटका कथाकथित पदाधिकारीहरुलाई आधिकारिक रुपमा स्वागत गरेर बधाइ दिने कार्यक्रम गरेको छैन। बिगतमा हेर्ने हो भने एनआरएनए नेदरल्याण्ड्सले मतदानद्वारा चुनिएर आएका पदाधिकारीहरुलाई तुरुन्तै स्वागत गरि बधाइ दिने गरेको थियो। त्यो क्षतीपूर्ती गर्न तिजको अवसरमा जम्बोजेटका पदाधिकारीहरुले महिलाहरुलाई प्रयोग गरे। स्वागत र बधाइ नभएकोले छटपटी यिनिहरुलाई निकै छ । त्यसकारण पछाडीको ढोकाबाट छिरेर आशनग्रहण गर्ने गरेका छन ।

महिलाहरुको तिज सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो । यस चाडमा महिलाहरुलाई विशेष महत्व दिनुपर्ने हो । तर नेदरल्याण्डस्को तिज कार्यक्रममा मञ्चमा उपस्थित भएर लिएको यो फोटोले प्रष्ट पारेको छ कि यी जम्बोजेटका कथाकथित पदाधिकारीहरुलाई आफू आशनग्रहण गरेर देखाउनुपर्ने कति छटपटि रहेछ ।

‘कार्यक्रम गर्न ढिलो भयो, छिटो आउनुस’ भनी मलाइ टेलिफोन आउँदा मैले सल्लाह दिएको थिएँ “यो दिदीबहिनीहरुको ठूलो रमाइलो चाड हो । यसमा आशनग्रहण नगराउनु । बरु केही उमेर पुगेका बरिष्ट महिलाहरुलाई उपस्थित गराइ कार्यक्रम गरे हुन्छ ।”

तर गर्ने ? जबरजस्ती आफ्नो स्थान खोज्ने ती जम्बोजेटका महत्वाकांक्षीहरुलाई आशनग्रहण गर्नुपर्ने थियो। फेरि आशनग्रहण सकिएपछि जम्बोजेटका प्रतिनिधीहरु सबै रफ्फुचक्कर भए। आशनग्रहणको लागि मात्र आएका थिए । हिमाल गुरुङलाई भने देखेको थिएँ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) अहिले विश्वभरी नै दुई चिरा भएको छ। स्वयं कुल आचार्यलाई एनआरएनए बेलायतले आधिकारिक रुपबाट स्वागत गरेको छैन । बधाइको कार्यक्रम गरेको छैन।

विश्वका कतिपय देशमा दोश्रो एनआरएनए संस्था धमाधम खुल्दैछन। यी सबका कारण एनआरएनका अग्रजहरुकै आफ्नो व्यक्तिगत स्वार्थ हो। विश्वभरी कै एनआरएनएका साधारण सदस्यहरुले आफूलाई ठगिएको महसुस गरेका छन।

एनआरएनए नेदरल्याण्डसको प्रमुख संरक्षकको प्रस्ताव मलाई आउँदा मैले ‘कोहि अरुलाई नै दिनु, मलाइ चाहिंदैन’ भनेको थिएँ । मैले त्यसो भन्दा अध्यक्षलगायत एनआरएनए नेदरल्याण्डसका अन्य वरिष्ट व्यक्तिहरुले दवाव गर्न थाल्दा मैले भनें “म जम्बोजेटको समर्थक होइन । त्यसकारण मलाइ यो पद स्विकार छैन ।”

एनआरएनए नेदरल्याण्डसको चुनाव हुँदा पनि म अध्यक्ष मिम पूर्जाको समर्थन खेमामा थिईन। मिम पूर्जाबाट पनि प्रमुख संरक्षक प्रस्तावको दवाव आउँदा मैले प्रष्ट रुपमा शर्त राखें ‘म तथाकथित एनआरएनए जम्बोजेटको समर्थन गर्दिन । यदि जम्बोजेटलाई मैले समर्थन गर्नुपर्ने बाध्यता आए राजिनामा दिन्छु ।’

मेरो शर्तलाई अध्यक्ष मीन पूर्जा र प्रस्ताव ल्याउने अन्य वरिष्ट व्यक्तिहरुले मन्जुर गरेबापत मैले स्विकार गरें। एनआरएनए नेदरल्याण्डसबाट प्रमुख संरक्षकमा मलाइ मनोनित गरेको इमेल आउँदा मैले सशर्त स्विकार गर्छु भनी इमेलको जवाफ दिएको छु।

व्यक्तिगत रुपले जम्बोजेटका पदाधिकारीहरुसँग मेरो कुनै मतभेद वा रिसिइबि छैन । तर यिनीहरुले संसारभरीकै एनआरएनएका साथीहरुलाई झुक्याएर एनआरएनए संस्था दुई टुक्रा पार्नमा सहयोग गरेका हुन । अब एनआरएनएलाई एकतावद्द पार्ने हो भने सबैभन्दा पहिले कथाकथित एनआरएनए जम्बोजेटले प्रत्यक्ष रुपमा विश्वभरीकै एनआरएन साथीहरुसमक्ष क्षमा माग्नु पर्छ ।

(स्रोत- पौडेलको फेसबूक)

तपाइँको प्रतिक्रिया