बिहीबार, चैत १५, २०८०

किन यति धेरै चर्चित बेलायतकी महारानी ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २६ गते १६:३२

सात दशक लामो शासन अन्ततः समाप्त भएको आघातमा महारानी एलिजाबेथ द्वितीयलाई शोक ब्यक्त गर्न बिहिवारदेखिनै बकिंघम प्यालेस बाहिर भीड लाग्यो । आ इवारपनि विहानै देखि उत्तिकै भिड छ ।

उनलाई श्रद्धाञ्जली दिन देशैभरबाट यात्रा गरेका थिए मानिसहरुले । कोही दरबारबाहिर उभिएर आँसु बगाउँदै छन् । केहि दम्पतीले झण्डा पुरै झुकाइएको देख्दा अँगालो हालेका छन्। कतिपयले यति धेरै फूल राखेका थिए कि छिन छिनमा फूलको थुप्रो लागेको थियो । लागिरहेको छ । प्रहरीले चाँडै उनीहरूलाई ग्रीन पार्क लैजान आग्रह गरेको छ ।

सिंहासनमा बसेको सात दशकपछि बिहीबार उनको मृत्युको भोलिपल्टै बकिंघम दरवार वरिपरि जम्मा भएका भीडमा स्तब्ध र शोकको भावना स्पष्ट थियो । शुक्रबार दिउँसो देखि उनलाई सम्मान गर्न भेला भएका छन् हजारौं मानिस । भिड उत्तिकै छ ।

विश्वको सबैभन्दा लामो समय सेवा गर्ने सम्राट (महारानी) को ९६ वर्षको उमेरमा स्कटल्याण्डको आफ्नै दरबारमा निधन भएपछि महारानी एलिजाबेथ द्वितीयलाई श्रद्धाञ्जली दिन विश्वका हरेक कुनाका नेताहरू हतारमा एकजुट भए।

रानी एलिजाबेथको धेरैले प्रशंसाहरू गरे जसले १९५२ देखि संयुक्त अधिराज्य बेलायतमा शासन गरिन् र विश्वभरका १५ राष्ट्रमंडल देशहरूमा राज्यको प्रमुख पनि थिईन् ।

विश्वव्यापी श्रद्धाञ्जली राष्ट्रमण्डलको नेतृत्वमा भएको हो जुन देशहरू पहिले ब्रिटिश साम्राज्यको हिस्सा थिए र साथै यसका बाँकी विदेशस्थित आफ्ना क्षेत्रहरू हुन् ।

‘हेर्दाहेर्दै ऐतिहासिक’

युवा युवतीहरु शुक्रवार देखिनै बन्दुकको सलामी चधाएको हेर्न हाइड पार्कमा गएका छन् । लाखौं मानिस रानीको आधिकारिक लन्डन निवास बकिङघम दरवार बाहिर जम्मा भएका फूलहरूको थुप्रो नजिकैको भीडमा अटेसमटेस गर्दै उभिएका छन् ।

“उनी त्यस्तो पात्र हुन् जो बेलायतीहरुको सबै खाले जीवनमा रहेकी छिन् । र हाम्रा सबै आमाबाबुको जीवनमा पनि रहिन् । धेरैलाई यो एउटा युगको अन्त्य भएको हो भन्ने विश्वाश गर्नै गाह्रो भैरहेको छ । आफ्नो हजुरबा, बा आमा र आफूले समेत भोगेको ब्यक्ति अचानक हराउँदा पत्याउन गाह्रो भएको छ” लण्डन युनिभसिटीका जिवनाथ पोख्रेलले नेपालप्लससित भने ।

पोख्रेलका अनुसार राजा चार्ल्स तेस्रो भनेर राजालाई महामहिम द किंग भनेर सम्बोधन गर्दै गाउनपनि बेलायतीहरुलाई सहज लाग्ने छैन । “किनभने अहिलेसम्म बेलायतको राष्ट्रगानमा ‘गड सेभ द क्विन’ भन्ने थियो । अब रानी बितेपछि राष्टगाननै बदलेर ‘गड सेभ द किङ बनाउनु र गाउनुपर्छ । त्यो धेरै बेलायतीकालागि छिटै सहज हुने छैन” पोख्रेलले सुनाए ।

उनको भनाईमा यसले गर्दा तुरुन्तै ऐतिहासिक महसुस हुन्छ । दोस्रो विश्वयुद्धदेखिनै महारानी धेरै देशको सम्राट, अभिभावकका रुपमा रहेको र त्यो संवन्ध, त्यो ईतिहास अकस्मात तोडिएकाले धेरैलाई अझ बढी स्तब्ध बनाएको हो ।

धेरै ब्यक्तिकालागि महारानी एलिजाबेथ आफ्नी आमा जस्तै थिईन् । वा धेरैले त्यसरिपनि महसुस गर्ने, लिने गरेका थिए । दोस्रो विश्वयुद्दकाल देखिनै अभिभावक रहेकालेपनि उनको शासनकालमा धेरैले आफू सुरक्षित भएको महसुस गर्थे ।

भीडले रानीको त्यहि काम, अभिभावकत्व, जिम्मेवारी, उनीहरूको सम्झनाहरू र गहिरो स्नेह साझा गररिरहेको छ । रानीको असाधारण जीवनको प्रत्येक वर्षलाई चिन्हित गर्न हाइड पार्कबाट ९६ वटा बन्दुकका तोपहरू पडकाइएको थियो । रानीको सम्मानमा पड्काईएका तोप १ बजे राती मात्रै रोकिएको थियो ।

भीडमा भएकाहरू धेरैले रानीको स्थिरता, शालीनता, परिवार र चर्चप्रतिको प्रतिबद्धताको लागि बाक्लो सम्झना गरे । एक यस्तो महिला जसले सजिलैसँग ब्रिटिशहरूलाई उदाहरण दिईन् “शान्त रहनुहोस् र अगाडि बढ्दै जानुस्”।

कर्तव्यको त्यो अटल भावना शोक गर्नेहरूले उद्धृत गरे, रानीको गुणहरूको अगाडि । उनले ९६ वर्षको उमेरसम्म पनि आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइन्। मृत्युको दुई दिन अघिसम्मपनि हात मिलाएर नयाँ प्रधानमन्त्री लिज ट्रुसलाई दशनभेट दिईन, नयाँ प्रधानमन्त्रीलाई सपथ गराईन् ।

उनीसँग हास्यको भावना थियो । सधैं हाँसेर काम गर्थिन् । उनले आफ्नो कर्तव्य निर्वाह गर्दा रमाइलो गर्न सफल भइन् । सन् २०१२ मा उनले जेम्स बन्डसँग लन्डन ओलम्पिक उद्घाटन समारोहमा प्यारासुट गरेकि थिईन् । त्यो बेला पनि हाँसेर गरेकि थिईन्।

भीडमा रानीका गुणहरूका लागि कृतज्ञता व्यक्त गर्ने इच्छा जाहेर गर्दै धेरै कलाकारहरुपनि थिए । उनले गरेका सबै कुराको लागि हाम्रो दुःख र कृतज्ञता देखाउन आउनु भनेको बिदाइ गर्ने सुन्दर तरिका हो” टाढा टाढाबाट श्रद्दान्जली दिन आउनेले भन्ने गरेका छन् ।

दुई दिन अघिसम्म नयाँ प्रधानमन्त्रीसित उभिएरै हात मिलाउँदै, सपथग्रहण गराएकि रानी । छुट्टी मनाउन आफ्नो स्कटल्याण्डको दरबार पुगेकि । अकस्मात मृत्युको खबर एकदमै अचानक थियो ।

पूर्व प्रधानमन्त्री जोनसनलेपनि भनेका छन् “हामीले महसुस गर्यौं कि उनी सधैं हामीसँग हुनेछिन् । किनभने उनी सानो छँदा हाम्रा बा आमासित थिईन र हामी हुर्किँदै बढ्दै जाँदापनि हामीसितै भईन् । उनी बेलायती इतिहासमा निर्णायक क्षणको साक्षी थिइन् ।”

हरेक मानिस कुनै क्षणको ऐतिहासिक प्रकृतिको लागि आएको हुन्छ । उनी भने बिभिन्न पुस्ताकालागि आएकि थिईन् । उनी विभिन्न पुस्ताका लागि महत्त्वपूर्ण थिइन्। धेरैलाई गर्व लाग्ने कुरा के भने ‘विश्वका धेरै देशकि महारानी, धेरै देशकी सम्राट, देश देशले गौरव गर्ने पात्रको शासन कालमा मपनि थिएँ, मैलेपनि भोग्न पाएँ । ”

बकिंघम दरबारको अगाडि भेला हुनेहरुको भीडमा बेलायती मात्रै छैनन् । धेरै देशका नागरिक छन् । खासगरि युरोपका बिभिन्न मुलुकबाट ओइरिएका छन् ।

महारानीको निधनको अर्थ धेरैलाइ बिगत र बर्तमान जोड्ने केहि टुटेको पनि छ । नाजीवाद विरुद्धको लडाईमा पनि रानीले बेलायती गृह मोर्चामा सेवा गरिन् । दोस्रो विश्वयुद्धको लडाईमा सामेल भईन् ।

रानीको प्रशंसा गर्नुका धेरै कारण छन् । उनी केवल रानी थिएनन् । उनी मानिसहरूसँग धेरै नजिक थिइन् । उनले मानिसहरूमा गहिरो भावनात्मक संवन्ध जगाईन्।

धेरैले बेलायती महारानी एलिजावेथलाई एक चट्टानको रुपमा मान्छन् । दरबारमा प्रिन्स ह्यारी र राजकुमारी डायना लगायतका विषयमा धेरै विवाद रहे । धेरै समस्यापनि देखियो । पक्कैपनि ति समस्या रानीले एक्लै स्रिजना गरेकि पनि होइनन् । तर उनी सबै प्रकारको कोलाहल र समस्याको सामनामा कहिल्यै झुकिनन् । उनी सम्मान गर्न लायकनै भैरहिन् ।

तर महारानी बितेको दुई दिनपछि बिहानको घाम चर्किँदै गए झैं वर्षा पछि दिउँसोको मौसम घमाइलो हुँदै गयो । मानिसहरूले राजा चार्ल्स तेस्रो स्कटल्याण्डबाट लन्डन फर्किंदै गरेको कार देखाईेका समाचारहरु हेर्न थाले । महारानीको ठाउँ कोहि न कसैले लिंदै छ, सदा रित्तो हुने छैन भन्ने आशाले केहि ढुक्कको महसुस गर्न थालेका छन् ।

रानीको निधनमा उनीहरूले सबै दुःख पोखेका छन् । तरपनि बेलायती सिंहासनमा बस्ने राजाको बारेमा सोच्नुपरेको छ । वास्तविकता के महसुस गरेका छन् भने शोक गर्नेहरूले भावी राजाको लागि पूर्ण-गलाका साथ समर्थनगर्दै बकिंहम दरवार अगाडिनै कराए “गड सेभ द किङ (भगवानले राजालाई बचाउनुहोस् !) “

तपाइँको प्रतिक्रिया

फेसबुक