शुक्रबार, चैत १६, २०८०

डेनमार्कका नेपालीबिच ‘भेट्रान्स प्रिमियर लिग’ फुटबल शुरू

नेपालप्लस सम्वाददाता / कोपनहेग , डेनमार्क ।२०७९ भदौ २७ गते १६:५४

तस्बिर- रबिन ओली

डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच ‘भेट्रान्स प्रिमियर लिग’ फुटबल शुरू भएको छ। नेपालीहरुबीच डेनमार्कमा सुरु गारिएको यो पहिलो लिग हो । करिब दुई महिना चल्ने उक्त लिगमा डेनमार्कका नेपाली फुटबल टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

होम र अवे गरि प्रत्येक टिमले प्रत्येकसँग २ – २ प्रतियोगिता खेल्ने छन् । अंकको आधारमा खेलाइने यस फुटबल प्रतियोगितामा बिजयी टिमलाई ३ अंक दिइने छ भने बराबरी खेल खेले दुवै टिमले एक-एक अंक प्राप्त गर्ने छन् ।

अहिलेसम्म खेलाइएको खेलमा चन्द्रागिरि कुल ४ अङ्कसहित शीर्ष स्थानमा छ भने बागमती एक अंक सहित अन्तिम स्थानमा रहेको छ । त्यस्तै अन्नपुर्ण, धौलागिरीले समेत ३ र २ अंक प्राप्त गरिसकेका छन् ।

तस्बिर- रबिन ओली

गत हप्ता डेनमार्कका लागि नेपालका कार्यबाहक राजदूत तिर्थ अर्यालले गेस्ट प्लेयरको रूपमा फुटबल खेलेर खेलको शुभारम्भ गरेका थिए भने गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले रेफ्रीलाई बल दिएका थिए ।

आहिले सम्मको खेल एकदमै प्रतिस्पर्धात्मक रहेको खेलका आधिकारिक ब्यक्ति प्रकाश ढकालले नेपालप्लसलाई बताए ।

सबै टिम बेजोड छन् । खेलमा खेलाडी मात्र हैन दर्शकहरुको समेत उलेख्य उपस्थिति रहको उनको भनाई छ ।

त्यस्तै हामीसँग कुरा गर्दै गैर आवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष राधाकृष्ण सापकोटाले डेनमार्कका नेपालीबीच यस्तो लिग फुटबलको हुनु ऐतिहासिक काम भएको बताए । उनले यसलाई प्रत्येक वर्ष निरन्तरता दिन आयोजकलाई आग्रहसमेत गरे।

तस्बिर- रबिन ओली

खेल सुचारु रुपमा खेलाउनको लागि पाँच जनाको आधिकाइर्क टिम बनाइएको छ जसमा आर्सियल लामिछाने, प्रकाश ढकाल, राधाकृष्ण सापकोटा, कृष्ण पराजुली (कुशु) र हरि न्यौपाने छन् ।

त्यस्तै, अनुशासन कमिटीमा राम श्रेष्ठ, सुमित खड्का, उत्तम मोक्तान, बिष्णु श्रेष्ठ र शशि ढकाल छन् । साथै प्रबिधि तर्फ बिमल केसीको नेतृत्वमा एक टिमले काम गरिरहेको आयोजकले बताए ।

आउने दशैंमा लिगको मध्यमा समर सिजन च्याम्पियन खेलाएर लिगको होम खेल समाप्त गरि लगत्तै अवे खेल सुरु गरिने छ । दुवै होम तथा अवेको अंक जोडेर सबैभन्दा बढी अंक जोड्न सफल टिमलाई लिग च्याम्पियन घोषणा गर्दै तिहारको दिपावलीमा लिगको समापन गरिने छ । साथै अर्को लिगको मिती घोषणा गरिने जानकारी आयोजकले दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक