बिहीबार, वैशाख १३, २०८१

‘हरित राजा’ चार्ल्स तेस्रोको भूमिका बदलिएला ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २७ गते १८:३०

बेलायतमा नवनियुक्त राजा चाल्र्स तेस्रो दशकौंदेखि प्रकृतिको संरक्षणको पक्षमा बोल्दै आएका छन् । तर नयाँ राजा र उनको परिवार भने वातावरणमैत्री जीवन बिताउनबाट टाढा रहने गरेको छन।

यो बिहीबार, सेप्टेम्बर ८ को बिहान सबेरै, बेलायतकि महारानी एलिजाबेथ द्वितीयले ९६ वर्षको उमेरमा अन्तिम सास लिँदा उनका ७३ वर्षिय छोरा, राजकुमार चार्ल्स राजा बने।

यो संयुक्त राज्य बेलायतकालागि एक भयानक राजनीतिक भूकम्प हो। किनभने बेलायतीहरू आफ्नो स्वर्गीय रानीमा सार्वभौम रहेको विश्वाश गर्छन् जसले सत्तरी वर्षसम्म शासन गरिन् । उनको उत्तराधिकारी, चार्ल्स तेस्रोलाई वास्तवमै आफ्नो हृदयमा सहजै राखेका छैनन् ।

पहिलो, किनभने त्यहाँको जनसंख्याले स्वर्गीय राजकुमारी डायनासँगको विनाशकारी घटना सहजै भुल्दैन । डायनासित भएको दुखद विवाहको लागि क्षमा पनि गर्दैन । अर्को कारण के भने उनको आमाको विपरीत चार्ल्सको व्यक्तिगत विचारहरूको बारेमा उति सहमत छैनन् । किनभने आमा एलिजावेथ धेरै विवेकी थिईन् । एडिनबर्गको ड्यूकले सधैं आफ्नो पदहरूको लालचा व्यक्त गरेको छ जबकि शाही परिवारका सदस्यहरू विशुद्ध दरबारिया प्रतिनिधिमै राखिन्छन् ।

तर वातावरणिय क्षेत्रमा अहिलेका राजाको प्रसंग अलि भिन्न छ । अहिलेका राजाले कहिल्यै पनि नछोडेको विषय थियो, प्रकृति र वातावरण, पारिस्थितिकीय प्रणाली । राजकुमार २१ वर्षको हुँदा उनको कालो कपाल चट्ट लर्काएर उनी प्रकृतिका विषयमा आफ्नो पहिलो भाषण दिए ।

यो सन् १९७० मा वेल्समा भएको थियो। वेल्श अभियान समितिका सदस्यहरूका अगाडि उभिएका थिए उनी । र उनी ति मानिहरुका अगाडि मानार्थ प्रमुख थिए । त्यो बेल उननले एउटा रोगी विरुवाको चित्र कोरेका थिए ।

पृथ्वीप्रति एलिजाबेथ द्वितीयको जेठो छोराले त्यो विरुवाप्रति शोक व्यक्त गरे । उनले भने “समुद्र तेल प्रदूषणको डरलाग्दो प्रभावहरूबाट पीडित छ जसले समुद्र तटहरूलाई लगभग नष्ट गर्दछ । दशौं हजार समुद्री पक्षीहरूलाई असर गर्छ । रासायनिक प्रदूषण जसले नदीहरूलाई विषाक्त पदार्थहरूले रोक्छ । कारखाना, कार र विमानहरूबाट निस्कने धुवाँको कारण वायु प्रदूषण भएको छ । त्यसले प्रकृतिलाई नष्ट गर्छ ।”

अर्गानिक फार्म र लोपोन्मुख सुँगुरहरू

उनले कोट्सवोर्ल्ड फार्म पार्क नामको ठूलो कृषि फार्म खोले । त्यो बेला उनमाथि बेलायती प्रेसले निकै आलोचना गर्‍यो । त्यसमा केहि किसानपनि थपिए । प्रेस र स्थानीय किसानहरूको उपहासको बावजुद सन् १९८५ मा त्यसलाई सफल बनाएरै छोड्ने प्रतिबद्धता ब्यक्त गरे । ग्लुसेस्टरशायरको हरियो ग्रामीण इलाकामा हाइग्रोभमा रहेको उनको फार्मले ४४० हेक्टर ओगटेको छ । त्यहाँको कृषिलाई जैविक रूपान्तरण गरिरहेको छ ।

४४० हेक्टर जमिनमा उनले शुरुमै लसुन उत्पादनमा ध्यान दिए । लसुनलाई सुरक्षित गर्ने उनको योजना शुरुमा देखियो । त्यहाँ एक हजार भन्दा बढी घर पालुवा जनावरहरू राखियो। तिनीहरूमध्ये, ७३ दुर्लभ वा लोपोन्मुख प्रजातिका थिए । ति मध्ये विशाल ‘ट्यामवर्थ पिग’ थियो जुन बेलायतको सबैभन्दा पुरानो नस्लको सुँगुर हो ।

यस अर्गानिक फार्मले यति राम्रोसँग काम गरेको छ कि अहिले ‘डुची ओरिजिनल्स्” नामबाट उत्पादनहरू गरिएको छ । त्यसमा बिस्कुट, ससेज, बियर, अत्तर, चिया आदि छन् । लन्डनका सबैभन्दा उच्च कोटी, एकदमै गुणस्तरयुक्त र महँगो भनिने पसलहरूमा प्रदर्शन गरिन्छ । तिनलाई अन्तर्राष्ट्रिय रूपमा बिक्रि र प्रदर्शन गरिन्छ। सन् २०१७ मा उनको कृषि फार्मको उत्पादनको बिक्रीहरूबाट आएको रकम मध्ये ३२ लाख पाउन्ड उनले प्रायोजित संघहरूलाई दाननै दिए।

एक राजकुमारको रूपमा आफ्नो जीवनभरि चार्ल्स तेस्रोले पर्यावरण-उत्तरदायी वस्ति बनाउने, पर्यावरणका योजना र पर्यावरणमैत्री फेसन उद्योग जस्ता धेरै क्षेत्रहरूको रक्षा गरे। सन् २००७ को शुरुमा शाही परिवारले पहिलो पटक आफ्नो वार्षिक कार्बन फुटप्रिन्ट प्रकाशित गर्यो। त्यसमा मुख्य भूमिका चार्ल्सलेनै खेलेको बताइन्छ ।

उनको अर्को महत्वपूर्ण पाटोपनि छ । उनले यस संसारका शक्तिशालीहरूलाई, चाहे तिनीहरू मालिकहरू वा राजनीतिज्ञहरूनै किन नहोउन् वातावरणलाई क्षती गर्ने योजनाका बारेमा नडराई आलोचना गरे, वार्तावरणको रक्षा गर्न आग्रह गरे । व्यक्तिगत पत्रहरूपनि पठाए । आफ्नो भाषणमा प्रकृतिलाई विचलित गर्ने योजना र नितिबिरुद्द बोल्न कहिल्यै हिचकिचाएनन् । उदाहरणकालागि, सन् २०२० मा प्रिन्स अफ वेल्सले, डाभोस विश्व आर्थिक फोरम शिखर सम्मेलनमा धेरै धनी र प्रभावशाली सहभागीहरूको बिचमा महामारीलाई “अवसरको रूपमा” प्रयोग गर्न आग्रह गरेका थिए । अझ बढी दिगो हुने खालको मार्गमा फर्कन आग्रह गरेका थिए ।

‘यस बहुमूल्य ग्रहलाई बचाउन सँगै काममा लागौं’

उनले एक वर्ष पछि कोप २६ को अवसरमा,सयौं विश्व नेताहरूको अगाडि आफ्नो सन्देश दोहोर्याए : “म तपाईलाई यो बहुमूल्य ग्रहलाई बचाउनको लागि हामी सबै मिलेर काम गर्न आग्रह गर्छु । एक अर्काबिचका भिन्नताहरू हटाउन व्यावहारिक उपायहरू खोज्न आग्रह गर्न सक्छु।”

भाषण त गरे । तर के इङ्गल्याण्डको नयाँ राजा साँच्चै वातावरण र प्रकृति संरक्षणका दह्रा पक्षधर छन् ? यदि राजा, साथै उनका छोराहरू, राजकुमार विलियम र ह्यारीले हरियाली समाजको निर्माण गर्न बिन्ती गरेपनि बकिंघम दरवार यसलाई ब्यवहारिकता दिनबाट टाढा देखिन्छ । उनले भने जसरि बाँकि विश्वले के गर्ला उनैको परिवारलेपनि पूर्णत त्यो मार्ग समात्दैन भने ?

गत वर्ष द गार्जियनले खुलासा गरेको थियो, रानीका वकिलहरूले गोप्य रूपमा स्कटिश संसदमा कार्बन डाईअक्साईड कटौती बिलबाट बच्न लबिङ गरेका थिए ।

अन्तमा आफ्नो राज्यभरि उनको चारवटा विशाल दरबार छन् जहाँको भूमि अझै शिकारको लागि प्रयोग गरिन्छ । हरेक जाडोमा हिम चिप्लेटी खेल्ने छुट्टी मनाउन जाँदा निजी जेट वा हेलिकप्टरबाट नियमित यात्राहरू गर्छन् । चार्ल्स तेस्रो आफैंले भनेका कुरा पूर्ण रूपमा विश्वस्त हुन सकिने छैनन्। के सिंहासनमा उनको आगमन पछि यो खेल-परिवर्तन होला ?

तपाइँको प्रतिक्रिया