शुक्रबार, वैशाख १४, २०८१

पाकिस्तानमा बाढी र भारतले चामलको निर्यातमा रोक लगाएपछि अफ्रिकामा उच्च मूल्य वृद्धि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २८ गते १४:१५

पाकिस्तानमा गएको बाढी र भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा अफ्रिकी मुलुक परेका छन् ।

पाकिस्तानमा विनाशकारी बाढीले ठूलो मात्रामा कृषि जमिन डुबाउँदा खाध्यान्न उत्पान निकै कम हुने भएको छ । त्यस्तै, भारतको चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले गर्दा एशियाबाट आयातमा निर्भर अफ्रिकी देशहरूमा खाद्य असुरक्षाको जोखिम बढेको हो ।

रुस- युक्रेन युद्धले गहुँ र मकैको मूल्य उकालो लागेकोले अफ्रिका महादेशलाई विगत ६ महिनादेखि नराम्ररी प्रभावित गरेको छ । अब पाकिस्तानको बाढी र भारतको चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले नयाँ खाद्य संकट देखापरेको छ । अफ्रिकी महादेशले चामलको मूल्यमा वृद्धिको सामना गरिरहेको छ । धेरै अफ्रिकी टेबुलहरूमा एशियाली चामलको भात पुग्छ ।

पाकिस्तानमा भर्खरै गएको विनाशकारी बाढीले धानका खेतहरू नराम्रोसित डुबाएको छ । धेरै धानखेत बालुवामा परिणत गरिदिएको छ । स्थायी रुपमा मनसुनमा भित्र्याइने बालीलाई खेतबारीमै ध्वस्त पारेको छ । कतिपय बाली पानीमा डुबेर कुहिएका छन् । आगामी यामको बाली लगाउनपनि बाधा पुर्‍याउने खतरा छ । अरु देशलाई खाध्यान्न बिक्रि गर्ने पाकिस्तान आफैं खाध्यान्न संकटमा पर्ने देखिएको छ ।

भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो । गत हप्ता भारतले टुक्रिएको चामलको ढुवानीमा प्रतिबन्ध लगायो (खेतमा टुक्रा परेको धानको चामल, वा ढुवानी गर्दा वा धान कुटाउने क्रममा टुक्रिएको), अन्य प्रकारको निर्यातमा २० प्रतिशत शुल्क बढायो । किनभने देशले आपूर्ति र थोरै भएपनि मूल्य बढाउने प्रयास गरेको थियो । औसत भन्दा कम मनसुन वर्षा भएकाले भारतमापनि धान रोपाई कम भएको छ । त्यसैले अघिल्ला वर्षहरु भन्दा भारतमापनि धान कम उब्जनी हुने आँकलन गरिएको छ ।

संवन्धित : यो रोपाई दिवश होइन, धानको आपतकाल हो

भारतको सबैभन्दा ठूलो चामल निर्यातकर्ता सत्यम बालाजीका कार्यकारी निर्देशक हिमांशु अग्रवालका अनुसार आगामी केही महिनामा धान, चामल निर्यात २५ प्रतिशतले घट्न सक्छ। “चामल बाहेक सबै अन्नको मूल्य बढेको थियो। अब चामलपनि यहि प्रवृत्तिमा सामेल हुनेछ” अग्रवालले रोयटर्ससँगको अन्तर्वार्तामा भने।

यसैबीच, थाइल्याण्ड र भियतनामले आफ्ना किसानहरूलाई राम्रो पारिश्रमिक दिन धानको मूल्य बढाउन सहमत भएका छन् ।

नेशनल अस्ट्रेलिया बैंकका कृषि व्यवसायी अर्थशास्त्री फिन जिबेलले चेतावनी दिएका छन्, “धेरै देशहरूमा खाद्य सुरक्षामा ठूलो तनाव आउनेछ ।”

अरुको चामलमा निर्भर अफ्रिका

पाकिस्तानमा हालै बाढीले चामलको मूल्य विश्वमा वृद्धि हुने सम्भावना छ । विश्व खाद्य प्रणाली युनेस्कोका अध्यक्ष निकोस ब्रिकासले फ्रान्स २४ सितको अन्तर्वार्तामा उक्त चेतावनी दिएका हुन्।

“पाकिस्तान प्रमुख चामल निर्यातकर्ता मध्ये एक हो । तर देशको एक तिहाइ भाग पानीमुनि छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढ्ने जोखिम छ” उनले भने।

मकैको सट्टा चामल प्रयोग गर्नकोलागि चिनीयाहरुले टुक्रिएको चामलको बढ्दो माग गरेका छन् । मूल बढेपछि पशुधनलाई खुवाउन धेरै महँगो भएको छ अन्न । पछिल्ला महिनाहरूमा पशुको दानाको मूल्यहरू पनि बढेको छ।

यो उप-सहारा अफ्रिकाको लागि खाद्य सुरक्षा झनै खराब हुने समाचार हो जुन एशियाबाट चामल आयातमा धेरै निर्भर छ। रेडियो फ्रान्स इन्टरनेसनलका अनुसार यस वर्ष अफ्रिकाले विश्वको चामल व्यापारको ४० प्रतिशत वा अहिलेसम्मकै दुई करोड टन माग गर्नसक्छ ।

“चामलको आयातमा यो निर्भरताको समस्या पुरानो हो र यो जारी रहनेछ” फ्रान्सेली कृषि अनुसन्धान केन्द्र फर इन्टरनेशनल डेभलपमेन्टका अर्थशास्त्री प्याट्रिसियो मेन्डेज डेल भिलर बताउँछन् ।

“स्थानीय उत्पादनले मागको वक्रलाई कायम राख्न सक्दैन, जुन जनसंख्या वृद्धि र शहरी बृद्धिसँगै बढ्दै गएको छ। अफ्रिकामा सहरी बासिन्दाहरूले चामल अत्यधिक रुचाउँछन् । किनभने यो प्रयोग गर्नका लागि तयार रहेको उत्पादन हो । कोदो र फापर जस्ता परम्परागत अनाजहरू भन्दा फरक छ चामल । किनभने कोदो र फापरकालागि तयारि गर्नुपर्ने हुन्छ, चामलकालागि पर्दैन ।”

नयाँ बाली भित्रिएपछि दबाब कम ?

यद्यपि उप-सहारा अफ्रिकामा खाद्य सुरक्षा चामलमा मात्र भरपर्ने होइन । यो मकै पछि दोस्रो-सबैभन्दा बढी खपत हुने अन्न हो । खाद्यवस्तुको मूल्यमा फेरि भएको बृद्धिले थप मार पर्ने छ । किनभने अफ्रिकी मुलुकमापनि खाध्य वस्तुको पहिले नै बृद्धि भएर जनसंख्यालाई मार पारेको, दैनिक जिवनमा प्रहार गरेको छ ।

ऐतिहासिक खडेरीको सामना गरिरहेको अफ्रिकाको विशेषगरि हर्नमा अवस्था नाजुक छ। संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी इथियोपियादेखि उत्तरी केन्या र सोमालियासम्मका २२ लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका छन् ।

“चामल मुख्य उत्पादन र निर्यात गर्ने देशहरू भारत, थाइल्याण्ड र भियतनाम हुन् । त्यहाँ मुख्य बाली केही हप्तामा सुरु हुनेछ। यो सबै चामल अधिकतम भण्डारमा थपिनेछ । त्यसले गर्दा यी देशहरूलाई पुरानो बाली बेचेर नयाँको लागि भण्डारण कोठा खालि बनाउने छ । यसले बजारमा दबाब कम गर्नसक्ने संयुक्त राष्ट्र संघ प्रतिनिधि मेन्डेज डेल भिलरले बताएका छन् ।

भारतको दुई करोड १० लाख टनको तुलनामा पाकिस्तानले वार्षिक ४० लाख टन मात्र चामल निर्यात गर्छ । “त्यसैले पाकिस्तानको चामल नआएपनि बजारले चामल अभावको झट्का सहनसक्नुपर्ने हो” मेन्डेज डेल भिलरले भने फ्रान्स २४ सित भने ।

तपाइँको प्रतिक्रिया