बिहीबार, वैशाख १३, २०८१

एनआरएनए युरोप क्षेत्रिय बैठकमा ‘घुसपैठ’ भएको भन्दै बहिष्कार

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ २८ गते १७:०७

गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोपस्तरिय भेला आयोजनाका लागि बसेको बैठकमा अनावश्यक ब्यक्तिको ‘घुसपैठ’ भएको भन्दै  बैठकनै बहिष्कार गरिएको छ ।

एनआरएनए युरोपले आगामी सेप्टेम्बर २४ र २५ मा १४ औं युरोपियन क्षेत्रीय बैठकसँगै १२औं महिला, युवा तथा विज्ञ सम्मेलन गर्न लागेकले त्यसलाई केकसरि सफल पार्ने भन्ने विषयमा छलफल गर्न सोमवार अनलाईन बैठक बसेको थियो । तर बैठक बसेको केहिबेरमै बैठकमा असंवन्धित ब्यक्तिको प्रवेश भएको भन्दै बहिस्कार गरिएको हो ।

खास भएको के हो ?

सोमवार युरोपेली भेला सम्पन्न गर्न भन्दै युरोप क्षेत्रकै पदाधिकारीहरुको बैठक डाकिएको थियो । सोहि पत्रचार अनुसार पदाधिकारीहरु अनलाईन बैठकमा उपस्थित भए । बैठक सात जना एनआरएनए युरोप क्षेत्रिय उपसंयोजक मध्ये एक दयानिधि सापकोटाले सञ्चालन गरेका थिए ।

बैठक चल्दै थियो । अकस्मात एनआरएनए अभियन्ता, पत्रकार चिरन शर्मा बैठकमा प्रवेश गरे । उनी प्रवेश गरेपछिपनि केहिबेर बैठक चल्यो । तर बिचमै एनआरएनए युरोप क्षेत्रीय सहसंयोजक सागर सुबेदीले चिरन शर्मा एनआरएनए युरोप क्षेत्रको प्रतिनिधि नभएकाले उनको प्रवेश हुन नहुने भन्दै आपत्ती जनाए ।

सागरको भनाई उल्लेख गर्दै स्रोतले नेपालप्लसलाई भन्यो ‘सागरजीले चिरन शर्माले युरोप क्षेत्रको एनआरएनएलाई प्रतिनिधित्व नगर्ने हुनाले उहाँ यो बैठकमा उपस्थित हुनु पाउनुहुन्न । आधिकारिक ब्यक्ति होइन समितिको । उहाँलाई बैठकबाट बाहिर जान भनियोस भन्ने माग राख्नुभयो ।’

स्रोतका अनुसार बैठक दयानिधि सापकोटाले चलाएकाले सागर सुवेदीले चिरन शर्मालाई बैठकमा निम्ता दिएको हो वा होइन एनआरएनए युरोप संयोजकलाई सोध्न आग्रर गरे ।

सुबेदीले त्यति भनेपछि कार्यक्रम सञ्चालक दयानिधि सापकोटाले एनआरएनए युरोप संयोजकलाई सोधे । एनआरएनए युरोपका दुई संयोजक चिन्तामणी सपकोटा र सन्तोस भट्टराई मध्ये भट्टराईले चिरन शर्मालाई निम्ता नगरिएको प्रष्ट पारे ।

आफूले अनलाईन बैठकको लिङ्क पाएकोले आएको, आफ्नो बेइज्जति गर्न खोजेको लगायतका भनाई राख्दै चिरन शर्माले आफ्नो बचाउ गर्न खोज्दै थिए । तरपनि शर्मालाई बैठकबाट बाहिरिन भनियो । उनी बाहिरिए । बैठक शुचारु भयो ।

बैठक सहभागि एक प्रतिनिधिका अनुसार बैठकबाट बाहिरिएपछिपनि यो बिचमा चिरन शर्माले दयानिधि सापकोटा, सन्तोस भट्टराई लगायतका पदाधिकारीहरुलाई बिचबिचमा कल गर्दै दखल पुर्‍याईरहे, भित्र प्रवेश गर्न खोजिरहे । बैठकपनि चलिराख्यो ।

केहि बेरमा एनआरएनए बेलायतमा अध्यक्ष पदमा उम्मेदवार बनेकि रोजिना प्रधान राई बैठकमा पसिन । उनलाई ‘यो एनआरएनए युरोप क्षेत्रका आधिकारिक पदाधिकारीहरुको मात्रै भएको सुनाएपछि उनी बाहिरिईन् ।

केहिबेरमा चिरन शर्मा फेरि बैठकमा प्रवेश गरे । त्यसपछि एनआरएनए युरोप क्षेत्रिय उपसंयोजक सागर सुबेदीले चिरन शर्मालाई बाहिर निकाल्नैपर्ने अडान राखे ।

सुबेदीको भनाई थियो- यो एनआरएनए युरोप क्षेत्रका नेत्रित्वकर्मीहरुको आधिकारिक बैठक हो । यो क्षेत्रका पदाअधिकारी बाहेक अरुले यो बैठकमा बस्न पाउँदैन, मिल्दैन । यसमा बिभिन्न एजेण्डामा आन्तरिक छलफल, मतमतान्तर, विवादपनि होला । त्यो सबै बैठकको कुरो बाहिर लैजानुपर्छ भन्ने छैन । चिरन शर्माले पत्रकारिता गर्नुभएको छ, मान्छु । तर एनआरएनएको मेडिया टास्क फोर्समा हुँदैमा यो बैठकमा बस्न पाइन्छ भन्ने छैन । त्यो टास्क फोर्स र एनआरएनए युरोपको समिति अलग हो । यसरि बैठकमा अनधिक्रित, असंवन्धित ब्यक्तिलाई प्रवेश दिनु भनेको संस्थाको ईज्जत, मान, अनुशासन सबै तोड्नु हो । त्यो तोडेर बैठक बस्न मिल्दैन । यदि उहाँलाई बाहिर निकालिन्न भने म त्यस्तो बैठकमा बस्दिन, नैतिकताले दिन्न ।

उनले त्यसो भनेपनि चिरन शर्मा बाहिरिएनन् । उनी बैठकमै बसिरहे । त्यसपछि एनआरएनए युरोप उपसंयोजक सागर सुबेदी बैठक बहिष्कार गरेर बाहिरिए । बाहिरिंदै गर्दा सुबेदीलाई प्रवेश गराउने प्रयास भने भएको थियो । तर सुबेदीले टेरेनन् ।

यस संवन्धमा नेपालप्लसले बैठक बहिष्कार गरेका भनिएका सागर सुबेदीसित सम्पर्क गरेको थियो । नेपालप्लससितको सम्पर्कमा सुबेदीले विवाद भएको र बैठक बहिष्कार गरेको स्विकार गरे ।

“युरोपेली बैठकमा त भाँडभैलो भएछ, बैठकनै बहिष्कार गरेर हिंड्नुपर्ने भएछ नी हैन ?” भन्ने नेपालप्लसको प्रश्नमा उनले भने – “बहिष्कार भन्ने कि के भन्ने, भाँडभैलो हो कि के हो त्यो तपाईहरुनै जान्नुस् । मैले युरोप स्तरिय सम्मेलनको बारेमा एनआरएनए युरोप क्षेत्रको बैठकमा असंवन्धित ब्यक्ति कोहिपनि बस्न पाउँदैन, हुन्न भनेको थिएँ । हाम्रो सबै गोप्यता यो समिति बाहिरको ब्यक्तिले थाह पाउनु जरुरि छैन, आन्तरिक बैठकमा जोपनि प्रवेश गर्नु आन्तरिक अनुशासनपनि हुन्न । त्यसैले उहाँलाई बाहिरर निकालियोस् भनेको थिएँ । बाहिर निस्किएरपनि उहाँ फेरि प्रवेश गर्नुभयो । संस्थाको नितिनियम, अनुशासन बाहिर गएर बैथक सुचारु गरिरिन्छ भने मलाई त्यस्तो बैठकमा बस्न अनुशासन र नैतिकताले दिन्न भनेर बैठकबाट बाहिरिएको हुँ ।”

तपाइँको प्रतिक्रिया