बिहीबार, चैत १५, २०८०

एनआरएनए युकेका अध्यक्ष गाहामगरमाथि बहुमतद्वारा कारवाहि, केन्द्रद्वारा अनुमोदन (पत्रसहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ २८ गते १९:१५

Image Credit-ekhabartouch.com

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगरलाई पदबाट गरिएको निलम्बनको सिफारिस केन्द्रले अनुमोदन गरेको छ । युकेका कार्यसमितिका बहुमत सदस्यद्वारा गाहामगरले विधान बिपरित क्रियाकलाप गरेको ठहर गर्दै कारवाहिकालागि केन्द्रमा सिफारिस गरेको थियो ।

कार्यकारि समितिको बहुमतद्वारा गरिएको निलम्बनको प्रस्ताबलाई केन्द्रले अनुमोदन गरेपछि गाहामगर वैधानिकरुपमा निलम्बन भएका छन् । केन्द्रले निलम्बन गरेको अनुमोदन पत्रमा एनआरएनए केन्द्रिय महासचिवद्वय गौरिराज जोशी र डा केशव पौडेलले हस्ताक्षर गरेका छन् ।

केन्द्रिय महासचिवद्वय जोशी र पौडेलद्वारा अनुमोदित पत्र अनुसार गैरआवासीय नेपाली संघ युकेको अध्यक्षको रुपमा गाहामगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवान्छित कृयाकलापमा संलग्न भएको भन्दै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतले निर्णय गरेको थियो ।

अध्यक्षको रुपमा गाहामगरलाई अविश्वास गरी कारवाही गरिएको सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा प्राप्त भएको थियो । उक्त प्रयोजनकालागि एक समिति समेत गठन गरिएको थियो ।

उक्त गठित समितिले किटानी गरेर कार्बाहीको लागी सिफारिस गरेको थियो । र ति पत्रको अध्ययन गर्दा गाहामगरले विधिविधान उल्लंघन गरेको ठहर केन्द्रले गरेको हो ।

महासचिवद्वयको परिपत्रमा उल्लेख छ ‘उक्त सम्पूर्ण पत्रहरुलाई अध्ययन गर्दा तपाईलाई कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएकोले उक्त पत्रलाई अनुमोदन गरिएको छ । तपाईका कृयाकलापहरु पुर्णरुपमा संघको विधान उदेश्य प्रतिकुल रहेकोले आजैका मिती देखि लागु हुने गरि गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराईन्छ ।”

केन्द्रिय परिपत्र अनुसार गैरआवासीय नेपाली संघ युकेका सम्पुर्ण सम्पत्ति, कागजातहरु, कार्यालयका सामाग्रीहरु कार्य समितीलाई आजका मिति (१३ सेप्टेम्बर) ले दुई हप्ता भित्र हस्तान्तरण गरिदिन र गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधी नगर्न नगराउन अनुरोध समेत गरिएको छ ।

मंगलवारनै केन्द्रिय महासचिवद्वय गौरिराज जोशी र डा केशव पौडेलद्वारा एनआरएनए युकेका सचिव विष्णु चालिसेका नाममापनि परिपत्र गरिएको छ ।

उक्त पत्रमा ३० अगष्ट २०२२ मा एनआरएनए युकेबाट प्राप्त पत्रानुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद संयुक्त अधिराज्य (युके) को विधान २००५ (२०१७ को संशोधन सहित) को धारा ४१ अनुसार कारवाहिको अनुमोदन गरिएको उल्लेख छ ।

परिपत्रमा भनिएको छ ‘राष्ट्रिय समन्वय परिषद युकेका अध्यक्ष प्रेम गाहामगरलाई कार्यसमितिको बहुमतको आधारमा अविश्वासको निर्णय गरिएको सम्बन्धमा उल्लेखित कारवाही गर्ने आधार र कारण प्रयाप्त भएकोले सो कारवाही अनुमोदन गरिएको छ ।”

केन्द्रिय समितिका महासचिवद्वयले ३० दिन भित्र नियमानुसार गैरआवासीय नेपाली संघ युकेको विशेष साधारणसभा आह्वान गरी आवश्यक कामकारवाही अघि बढाउन समेत भनिएको छ ।

केन्द्रिय समितिको कारवाहिको अनुमोदन सार्वजनिक भएपछि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रतिक्रिया भने बाहिरिईसकेको छैन । यो निर्णय सँगै अब एनआरएनए युकेमा थप किचलो उत्पन्न हुने आँकलन गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक