बुधबार, वैशाख १२, २०८१

तापक्रम उच्च बढेपछि फ्रान्समा आगलागी, सयौंको उद्धार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २८ गते २१:४३

सेप्टेम्बर महिना उच्च तापक्रम वृद्धिसँगै दक्षिणपश्चिम फ्रान्समा नयाँ डढेलोका कारण सयौं मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

जिरोन्डे क्षेत्रका करिब ५४० जनालाई सोमबार आगलागी भएपछि घरबाट उद्धार गरेर अन्यत्र सारिएको हो ।

आगोले चार घर, अन्य धेरै भवन र १,८०० हेक्टर जमिन जलेको अधिकारीहरूले बताएका छन् ।

सबैभन्दा ठूलो आगो हाल सोमोस सहर नजिकै लागिरहेको छ । अर्को डढेलो डाक्स नजिकै बोर्दो शहरको दक्षिणमा फैलिएको छ जहाँको तापमान ३९ डिग्री सेल्सियस पुगेको छ ।

तीव्र हावाले आगो निभाउन लागेका करिब सात सय दमकलको रातभर प्रयासमा बाधा पुगेको छ । दुई क्यानडायर विमानहरू मद्दतको लागि तैनाथ गरिएको छ । त्यस अलग्गै डढेलो निभाउने विशेष हेलिकप्टर र दुई ड्यास विमानपनि परिचालित गरिएको छ ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालिएको अधिकारिहरुले बताएका छन् ।

फ्रान्सेली मौसम एजेन्सी मेतेओ फ्रान्सले सोमबार सेप्टेम्बर महिनामा सबैभन्दा उच्च दक्षिणपश्चिम ल्यान्डस क्षेत्रमा तापक्रम ३९ दशमलव १ डिग्री सेल्सियस पुगेको उल्लेख गरेको छ ।

यो क्षेत्र गर्मीको लहर, खडेरी र यो गर्मीयाममा विनाशकारी जंगली आगोले प्रभावित भएको थियो। यस वर्ष फ्रान्समा हालसम्म ६० हजार हेक्टरभन्दा बढी जमिनमा डढेलोको क्षति पुगेको छ ।

तपाइँको प्रतिक्रिया