शुक्रबार, वैशाख १४, २०८१

बाख्रापालनमा रोटरीद्वारा सहयोग

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ २९ गते ११:२९

काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएका छन् ।

रोटरी क्लवको नेपाल गोट फार्मिङ प्रोजेक्ट जीजी–२१२७ ९९७’ मार्फत उनीहरुले बाख्रापालनका लागि खोर निर्माण सहित २ वटाका दरले बाख्रा पाएका हुन् । परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बिमा र बाख्रापालनका लागि सहयोग समेत पाएका छन् ।

परियोजनाले सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो । पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

आर्थिक विकास बिना समग्र विकास सम्भव नभएको र आर्थिक ससक्तिकरण बिना महिला शसक्तिकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक