शनिबार, वैशाख १५, २०८१

लास र दासमा रुमल्लिएको नेपाली राजनीति

निल थापा / कोपेनहेगन, डेनमार्क २०७९ भदौ २९ गते २२:३२

लेखक नील थापा

गान्धीले भनेका थिए – सबै पेशाहरु मध्येमा राजनीति सबैभन्दा संवेदनशील पेशा हो। असल मान्छेको हातमा पर्यो भने यसले नयाँ कुराको निर्माण गर्छ । राष्ट्र बनाउँछ । खराब तथा कमसलको हातमा परे सबै भत्काउँछ । अनि राष्ट्रलाई नै संकटमा पार्छ।
महात्मा गान्धीले राजनीति र राजनीतिज्ञको सन्दर्भमा बोलेका कुरा हाम्रो राष्ट्र नेपालको लागि स्पष्ट लागू भएको छ।

२०४६ सालको जनआन्दोलन पश्चात् नेपालको राजनीतिक अवस्थालाई हेर्दा बितेका तीन दशक देशले सबै दलका राजनीतिज्ञहरु खराब अथवा कमसल नै पायो भने कहि न कहि राष्ट्रमा एक किसिमको संकट पैदा भईनैरह्यो ।

निर्वाचन आयोगको तथ्यांक अनुसार झन्डै ११६ दलहरु दर्ता रहेछन् निर्वाचन आयोगमा । ती दलहरु भित्र समय सँगै आफुलाई विगतमा नायकत्व स्थापना गरेका दामोदर पान्डे, अमरसिंह थापा, वंश गुरुङ, वलभद्र कुँवर, भक्ति थापा, बहादुर शाह, भिमसेन थापा, जंगबहादुर राणा जस्ता राष्ट्र नायकहरु कति होलान ?

हिजो हाम्रा पुर्खाका नायकहरु “म बाघको डमरु हुँ सिनो खाने स्याल झैं नसम्झ” भनेर विश्व विजयी अंग्रेजलाई समेत हाँक दिन सक्नेका सन्तान हामी आज किन विक्छन विदेशी भुमिको होली वाईन, एमसिसि तथा एसपिपिको नाममा ?

हिजो हाम्रा पुर्खाका नायकहरु “म बाघको डमरु हुँ सिनो खाने स्याल झैं नसम्झ” भनेर विश्व विजयी अंग्रेजलाई समेत हाँक दिन सक्नेका सन्तान हामी आज किन विक्छन विदेशी भुमिको होली वाईन, एमसिसि तथा एसपिपिको नाममा ?

बाजे पुस्ताले बहादुरीका साथ पहिलो विश्वयुद्द लडे । बा पुस्ताले त्यसै गरी दोस्रो विश्वयुद्द लडे। तीनै बहादुर पुस्ताका सन्तती हामी । आज मरुभूमिको घाम र बालुवामा । साथै युरोप अमेरिकाको हिऊँको डल्लासँग लड्नु परेको छ । देशको युवा शक्तिलाई आफ्नो खेत बाँझो राखेर विदेशी भुमिमा भकारी भर्न पठायौं । त्यहि युवाबाट आएको ज्याला खाएर रमाईरहेका छन् हाम्रा शासकहरु ।

राष्ट्र कस्तो बनाउने भन्ने पक्ष राजनीतिक नेतृत्वको दृष्टिकोणमा निर्भर हुन्छ । चीनमा माओत्सेतुङले एउटा दृष्टिकोण दिए र राष्ट्रलाई नयाँ उचाईमा पुर्याए। वेलायती उपनिवेश बनेको भारत महात्मा गान्धी तथा नेहरु जस्ता नेताको कारण स्वतन्त्र भएर आज विश्वका कयौं अग्रज राष्ट्रको बराबर छ ।

जापानको उपनिवेश रहेको कोरियाले विकासको नयाँ गति समातेको छ । मलेसियाबाट छुट्टिएको सिंगापुरलाई ली क्वानले छुट्रै समृदशाली राष्ट्र बनाए । मलेसिया विपन्न राष्ट्रबाट उठाएर एक सम्पन्न राष्ट्र बनाउन महाथिर मोहम्मद सफल रहे । यस्ता कयौं सफल र सबल उदाहरण छन् हामी भन्दा साना राष्ट्रहरुको।

हाम्रा राजनीतिज्ञहरुले राष्ट्रलाई माथि उठाउनु त परको कुरा राष्ट्रमाथि शासन गर्ने शासकहरु बस्ने सिहदरबारमा फर्फराईरहेको च्यात्तिएको राष्ट्रिय झन्डा पनि समयमा फेर्न सक्दैनन् । राष्ट्रको लागि फरफराउने झन्डाको कपडा समेत विदेशी भुमिबाट आयात गर्नुपर्ने अवस्थामा छौं । निर्भरताले हामीलाई यसरी गाँजेको छ । आज आफ्नै राष्ट्रमा सियो र धागो समेत उत्पादन गर्नसक्ने अवस्थामा छैनौं हामी । अरु बढि के कुरामा आश गर्नु त्यसता शासकहरुबाट ?

नेपाली राजनीतिमा राजनीतिज्ञहरु लास झैं देखिए भने तिनका पछि दौडिएका कार्यकर्ता ज्युँदो लास अथवा दास झैं भए । नेपाली राजनीति यही लास र दासमा रुमल्लिएको छ । लास र दास आफैंले निर्णय गर्न सक्दैन । जिब्रो र आवाज छ । तर ऊ बोल्न सक्दैन। ऊ मालिकको ईशारा पर्खेर बस्छ। मालिक रुँदा रुन्छ। हाँस्दा हाँस्स्छ ।

बाजे पुस्ताले बहादुरीका साथ पहिलो विश्वयुद्द लडे । बा पुस्ताले त्यसै गरी दोस्रो विश्वयुद्द लडे। तीनै बहादुर पुस्ताका सन्तती हामी । आज मरुभूमिको घाम र बालुवामा । साथै युरोप अमेरिकाको हिऊँको डल्लासँग लड्नु परेको छ । देशको युवा शक्तिलाई आफ्नो खेत बाँझो राखेर विदेशी भुमिमा भकारी भर्न पठायौं । त्यहि युवाबाट आएको ज्याला खाएर रमाईरहेका छन् हाम्रा शासकहरु ।

जहाँ ज्युँदा कार्यकर्ता बस्छन उनिहरु असत्य र अन्याय खपेर बस्दैन । जुरुक्क उठ्छ। विद्रोह गर्छ। थिचोमिचो अत्याचार सहँदैन । भष्ट्रचार, दमन सहँदैन । गलत शासकलाई सम्मान होईन उनिहरुको विरुद्धमा सामना गर्छ ।

एउटा कलाकारले ढुंगा कुुँदेर मुति बनाए झैं जनताले पनि सर्वसाधारण टिपेर नेता बनाउँछन् तर तीनै नेता यसरी खलनायकत्वमा रमाउँछन् विचरा जनता निरीह हुने मात्र विकल्पमा पुगेका छन् ।

एउटा अफ्रिकी भनाई छ- जब दुईटा हातीहरु लड्छन। पाईतला मुन्तिरको घाँसले सबैभन्दा ठूलो दुख पाउँछ । आज दलहरुको झगडाले नेपाली जनताले पाएको दुख हेर्दा यो भनाई ठ्याक्कै मिल्न गएको पाईन्छ। हरेक खाडल पुरिएला तर हाम्रो राष्ट्रका नेताहरुको पेटको खाडल भष्ट्राचारले जति भर्दा पनि पुरिएन ।

एक पटक रा्ष्ट्रिय पंचायतमा जब पद्मरत्न तुलाधरले गहभरी आँसु लिएर सबै सदस्यहरुलाई आह्वान गर्नुभयो “आउनुस अरु केही गर्न नसके पनि हामी सबैले एकसाथ प्रतिज्ञा गरौं, हामी भ्रष्टाचार गर्ने छैनौं ।”

बडा पबित्र निर्मल आग्रह थियो त्यो । जसमा सबैको सहभागिता हुन सक्थ्यो । तर सबैले सोचे, यो तुलाधरको आग्रह हो । यसमा सहभागी भईयो भने तुलाधरको साथी भईन्छ । उसको जित हुन्छ । उसको नाम रोशन हुन्छ । यसले देशको समाधान हुँदैन । तुलाधरलाई दुर्भाग्यवश सबैले छाडे । साथ दिएनन्। हाँसोको पात्र बनाईयो । आज आएर पंचायत पछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भित्रको ठूलो समस्या नै भष्ट्राचार भएको छ।

आफ्नै राष्ट्रका नेपाली जनतालाई एक अर्कामा भाला हान्न लगाएर आफूभने एक सय, दुई सय किलोको माला भिर्दै हिड्ने नेतृत्वहरुबाट अझै राष्ट्रले काँचुलि फेर्ला ? आशा गरिरहने हो र ?

दलिय कठपुतली भित्र रमाउनेले कुनैपनि राम्रो कुरालाई गम्भिरताका साथ महसुस नगर्ने हाम्रो राष्ट्रमा तलको भनाई शान्दर्भिक देखिन्छ ।

“मुर्ख राष्ट्रको देशमा, राष्ट्रले राजनीतिज्ञको खल्तीमा काम गर्छ । बुद्धिमान राष्ट्रको देशमा राजनीतिज्ञले राष्ट्रको खल्तीमा काम गर्छ ।”

बितेका तीन दशक शासक, प्रशाशक केही असल पनि थिए होलान । तर राष्ट्रहितका लागि जुन एकता अठोट र उत्साह चाहिन्छ त्यो देखिएन । ससाना घेरामा स्वार्थी समूह बनाएर दलभित्रको गुटको जामा लगाईएको छ तिनीहरुलाई पनि । ती व्यतिले राष्ट्र उठाउँछन कि गिराउँछन् निर्णय गर्ने समय आएको छ।

हामीले राजनीतिलाई पेसा बनाएर व्यक्तिगत स्वार्थमा केन्द्रित हुने, परिवारजनमा रमाउने तथा राजनीतिलाई लेनदेनमा सिमित गर्ने नेता मात्र पायौं। राष्ट्रभक्त र समाजप्रति समर्पित राजनेता पाएनौं । आउने समयमा भष्ट्राचारी, पदलोलुप,नेताहरुलाई ईतिहासको कालो पृष्ठमा सिमित गर्दै असल राजनेतालाई मुलधारमा ल्याउने साहस गर्नैपर्छ ।

मार्क्सले भनेका थिए ‘दार्शनिक र कार्यकर्तामा फरक यो छ कि दार्शनिकले ईतिहासको व्याख्या गर्छन भने कार्यकर्ताले ईतिहाँसको निर्माण गर्छन् । अब ईतिहास निर्माण गर्ने समयमा आईपुगेका छन् नेपाली राजनीतिक दलका कार्यकर्ताहरु।

हिजो विचार र सिद्धान्तको नाममा पुरानो सत्ता ढाल्छु र राष्ट्रलाई कायापलट गर्छु भन्दै जंगल पसेकाहरुहरुलाई आतंककारी नामको छाप लगाएर टाउकाको मूल्य तोक्ने र आफूलाई प्रजातन्त्रवादी ठान्ने। अनि नेपाली राजनीतिको सत्ताको बागडोरको साँचो सधैं आफ्नै हातमा लिनेहरु बिचमानै राजनीतिक गठबन्धनको नाममा सतामा मात्र टिकिरहने खेल भईरहेको छ । अनि तिनै खेलमा रमाउनेहरुनै राष्ट्रको ढुकुटि रित्याउँदै दिउँसै र्याल काटेर निदाईरहेका छन्।

“मुर्ख राष्ट्रको देशमा, राष्ट्रले राजनीतिज्ञको खल्तीमा काम गर्छ । बुद्धिमान राष्ट्रको देशमा राजनीतिज्ञले राष्ट्रको खल्तीमा काम गर्छ ।”

कोही भने आफ्ना सन्ततिका नाममा शालीक ठड्याउँदै, मुठ्ठी बजार्दै सगरमाथा झैं ठडिन खोजिरहेका छन् । हिजो ईश्वर मान्दिन । पुजा पाठ जान्दिन । पंचामृत खादिन भन्नेहरु नै भैंसीपूजा र होली वाईनमा रमाइरहेका छन् ।

पच्चिस सय वर्ष अगाडि धेरै साधु सन्तहरु पनि भिक्षाटन गर्दै घर घर डुल्थे । तर ती अनेक साधु सन्त मध्ये एक सिदार्थ मात्र गौतम बुद्ध कहलिए । अरुले मात्र मागेको भिक्षाले आफ्नो भुँडी मात्रै भरे । र काल पर्खिए। तिनै काल पखिएका साधु झैं भए, हाम्रा राष्ट्रका राजनीतिक नेताहरु जो कहिल्यैबुद्ध हुने प्रयास गरेनन् ।

मुर्खताका सबै ढोका बन्द भएपछि मात्र ऊ सही बाटोमा हिंड्छ भन्ने अग्रेजी भनाईलाई प्रमाणित गर्न भएपनि अब नेपाली जनता सत्मार्गमा हिंड्नुपर्ने हुन्छ। होईन भने शासकहरुले सधैं मुर्खता मात्र बनाई राख्ने भए नेपाली जनता तथा तिनका कार्कर्ताहरुलाई ।

राष्ट्र भनेको साझा भाषा, साझा ईतिहास, जातियता, संस्कृति र साझा अधिकारका आधारमा बस्तुगत तथा भावानात्मक एकताले गठित एक एकाई हो जसलाई संविधानले एक सुत्रमा बाँधेको हुन्छ । तर यहि राष्ट्रको साधारण परिभाषालाई पनि नबुझेर जुवाडेको खाल झैं राष्ट्माथि नै दाऊ लगाउनेहरुको कमि छैन । जात,भाषा, धर्म, संस्कृति, पहिचान, प्रदेश, संघ, मधेश, पहाडका नाममा एक अर्काको अधिकारको लागि भन्दै ।

आफ्नै राष्ट्रका नेपाली जनतालाई एक अर्कामा भाला हान्न लगाएर आफूभने एक सय, दुई सय किलोको माला भिर्दै हिड्ने नेतृत्वहरुबाट अझै राष्ट्रले काँचुलि फेर्ला ? आशा गरिरहने हो र ?

तपाइँको प्रतिक्रिया