शनिबार, वैशाख १५, २०८१

शिवाकोटी स्लोभाकियाको निम्ति मानार्थ वाणिज्य प्रतिनिधिमा नियुक्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ ३१ गते १६:१९

गणतन्त्र स्लोभाकिया (युरोप) को निम्ति ‘मानार्थ व्यापार प्रतिनिधि’ पदमा जय प्रसाद शिवाकोटी नियुक्त भएका छन् ।

बिहिवार (१५ सेप्टेम्बर २०२२) का दिन नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा एक विशेष कार्यक्रमका बीच गणतन्त्र स्लोभाकिया (युरोप) को निम्ति ‘मानार्थ व्यापार प्रतिनिधि’ पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।

यो पदमा नियुक्त गरेकोमा आफूलाई गर्वको महसुस भएको र यस सम्मानित ओहदामा रहुन्जेल नेपाल चेम्बर अफ कमर्सको उदेश्य प्राप्तिको निम्ति दुवै देशबिच हुने ब्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नु योग्यता र क्षमताले भ्यायसम्म पूर्ण जिम्मेवारीका साथ लागिरहने शिवाकोटीले नेपालप्लसलाई बताए ।

संवन्धित : रेस्टुरेन्ट बन्द गरेर द्वन्दग्रस्त नेपालीलाई उद्दार केन्द्र

उनले नेपालप्लससित भने “मातृभूमिको समृद्दीका निम्ति मेरा प्रयासहरुलाई सदासर्बदा यहाँको मार्गदर्शन, साथ र सहयोग मिलिरहने छ भन्ने आशा लिएको छु।”

रुस-युक्रेनबिच युद्द भड्किएपछि आपतबिपतमा परेका नेपालीहरुलाई सहयोग गर्न स्लोभाकियाका यिनै शिवाकोटीले आफ्नो रेस्टुरेन्टलाई ‘उद्दार केन्द्र’ बनाएका थिए । उनले स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा रहेको ‘नेपाल रेस्टुरेन्ट’ लाई १५ दिने सूचनानै टाँसेर ग्राहकहरु बन्द गर्दै नेपालीका लागि उद्दार केन्द्र बनाएका थिए ।

युद्द भड्किएपछि धेरै नेपाली पहिले युक्रेनबाट नजिक पर्ने देश पोल्याण्ड तर्फ लागेका थिए । तर पोल्याण्ड तर्फ जानेको संख्या ब्यापक भएपछि युक्रेन र पोल्याण्डको सिमामा जाम भएको थियो । रातभरपनि जाममा परेपछि नेपालीहरु पुन फर्किएर हंगेरी, रोमानिया र स्लोभाकियतर्फ लाग्न थालेका थिए । त्यसपछि तिनलाई सहयोग गर्न उद्दार केन्द्रका रुपमा जय प्रसाद शिवाकोटीले आफ्नो रेस्टुरेन्ट प्रयोग गरेका थिए । त्यसपछि पनि दुखमा परेका नेपालीहरुलाई उनले बिभिन्न सहयोग गर्दै आएका छन् ।

संवन्धित

“युक्रेनबाट नेपाली लुकिछिपी सुरक्षित स्थलतर्फ लागिरहेका छन्”

युक्रेनका १९३ नेपाली दुतावासको सम्पर्कमा, सिमा पार गरेर सुरक्षित स्थल जान दुतावासद्वारा विशेष पत्रको ब्यवस्था

‘पर्ख र हेर’ को स्थितिमा युक्रेनका नेपाली

“युक्रेनमा रुसको हमला पछि नेपालीहरु सुरक्षित स्थलतर्फ लाग्दैछौं”

तपाइँको प्रतिक्रिया