बिहीबार, असोज २०, २०७९

बलात्कारका मुद्दामा वाहिवाहि बटुल्ने प्रहरीको भूमिका शंकास्पद

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज १ गते ११:३५

Image Credit-old.risingnepaldaily.com

विशौं शताब्दिका चर्चित दर्शनिक चन्द्र मोहन जैन अर्थात उनका समर्थक र प्रशंसकहरुले पुकार्ने गरेको नाम भगवान रजनिश, अर्थात ओशो । सन १९६९ मा उनको प्रवचनलाई समेटेर एउटा पुस्तक सार्वजनिक भयो ‘फ्रम सेक्स टु सुपर कन्सियसनेस’ (सेक्स देखी समाधीसम्म) । पुस्तकले विश्व बजारमा तहल्का मात्र मच्चाएन ठुला ठुला राष्ट्रका प्रमुखहरुको निदहराम गर्‍यो । अमेरिकि सरकारले उनका हरेक क्रियाकलापलाई निगरानीमा राख्यो । केही वर्षको निगरानी पश्चात त्यहाँको सरकारले उनलाई भारत सुपुर्दगी गर्‍यो । भारत मै पनि उनको सेक्सदेखि समाधीसम्म पुस्तक सार्वजनिक भएको धेरैलाई थाह थिएन । विशेष गरेर धर्म गुरुहरुले यसको कडा विरोध गरेका थिए । एक जना ईस्लामिक धर्म गुरुले चन्द्रमोहन जैन समाजको गन्दगी भएको र त्यसको सफाइ जरुरी भएको प्रतिकृया दिएका थिए ।

यसबाहेक धेरैलाई लागेको थियो, उनको कितावका कारण समाजमा बलात्कारका घटना झनै बढ्ने छन । यस्तो केहि भएन । समाज जसरी चलेको थियो चल्यो । कामशुत्रलाई पचाउन सक्ने हिन्दू समाजले रजनिशलाई पनि पचायो । बलात्कार कुनै किताव वा उक्साहटका कारण हुँदैनन । यो आफ्नो मानशिक सन्तुलन सम्हाल्न सकिन्छ कि सकिंदैन भन्ने विषय हो । रजनिश मात्र होइन यो दुनियाँका ८० प्रतिशत भन्दा बढी मान्छेहरुले हरेक दिन ५० पटक भन्दा बढी सेक्सको बारेमा कतै बोलिरहेका हुन्छन वा आफ्नो दिमागमा सेक्सका बारेमा केही न केही कल्पना गरिरहेका हुन्छन् । यिनै कल्पनाहरुले मान्छेको दिमागमा जति ठुलो घर बनाउँदै जान्छन त्यतिनै सेक्सले विग्रहको रुप लिन्छ । यो थोरै प्रतिशत होला, तर हुन्छ । यस्ता अधिकांश घटना सतहमा आउँदैनन । ढाकछोप हुन्छन वा त्यत्तिकै सेलाउँछन ।

रजनिशले सेक्सलाई छलफलको विषय बनाउन शुरु गरेका थिए । त्यो हजम भएन । तर समाजले सँगै सुतेकी श्रीमतीसँग जवर्जस्ती यौन सम्वन्ध कायम गर्ने कुरालाई सजिलै पचाइदिन्छ । सेक्स देखि समाधीसम्म पुस्तक प्रकाशन हुनुपूर्व पनि समाजमा बलात्कारका घटना हुन्थे र त्यसपछी पनि भइरहेका छन । फरक यत्ती हो, बलात्कार सम्बन्धी नयाँँ नयाँँ कानुन बनेका छन र मान्छेहरुमा सोचाइको मापदण्ड फेरिएको छ । महिलाहरु भोगका साधन हुन भन्ने पुरातन मान्यता अब सकिएको छ । र धेरै कुराहरु कानुनले निर्धारण गरे अनुरुप नै चलेको छ ।

त्यसो त, कानुनले मात्र मान्छेको सोचलाई परिवर्तन गर्न सक्दैन । तर कानुन यस्तो दस्तावेज हो जसले साँच्चिकै न्यायसंगत तरिका अनुरुप प्रयोगमा आउने हो भने ठुला ठालु सबैको माथिङ्गल खुइल्याइदिन्छ । अहिले त्यसरी नै सन्दिप लामिछाने खुइलिएका छन । आफ्नो चाहनाको क्षेत्रमा चाँडै नै सफलता चुमेका लामिछाने यसरी एकै चोटि गर्ल्याम गुर्लुम फेदिमा पुग्लान भनेर कसैले सोचेको थिएन । यस अघि आफ्नो क्षेत्रमा मान प्रतिष्ठा कमाएका एक जना कलाकार पल शाह त्यसरी नै सकिए । उनी नेपाली सिने क्षेत्रमा एक नम्बरको दौडमा त थिएनन तर एक नम्बरमा पुग्दै थिए । अदालतले उनलाई अढाइ वर्ष जेल सजायँ तोकेको छ । उनी विरुद्द नावालिग किशोरिलाई बलात्कार गरेको भनेर मुद्दा दर्ता गरिएको थियो । तर अदालतले नावालिग माथिको यौन दुर्व्यवहार मात्र भन्यो । अदालतले ठीक भन्यो । बलात्कार भनेको जवर्जस्ती हो र त्यो तुरुन्तै उजुरी गर्नुपर्ने विषय हो ।

सन्दिप लामिछाने माथि लागेको आरोप ठ्याक्कै शाहलाई लागेका आरोपहरुको नक्कल हो । यसले के देखाउछ भने समस्या दुबै पक्षमा छ । पहिले त सेलिब्रेटी बनेका ब्यक्ति आफुहरु सम्हालिन सकेनन । स्वभाविक रुपमा समाजमा नाम र स्टारडम कमाएका ब्यक्तिहरुलाई देख्ने, भेट्ने र उसको सामिप्यताको चाहना राख्नेमा किशोर किशोरीहरु मात्र होइन हरेक उमेर र तप्काका मान्छेहरु हुन्छन । त्यसमा जोगिन सक्ने खुबी सेलिब्रेटीले निर्माण गर्न सक्नुपर्दछ । यिनिहरु जोगिन सकेनन ।

समाजमा सेलिब्रेटीलाई मायाँ गर्ने मान्छे मात्र हुँदैनन । तीनको उन्नती प्रगती देख्न नचाहने निरिह मानशिकताले गलित मान्छेहरु पनि हुन्छन । तिनको पहिचान मात्र होइन हरेक मान्छेसँग कुनै न कुनै दूरी बनाउनुपर्ने हुन्छ उचाइमा पुगेको मान्छेले । अझ लामिछानेका लागि पल शाह गतिलो उदाहरण थिए । जे जसरी पल शाह अन्धकारमा धकलिए त्यो नै काफी थियो सिक्नका लागि । तर सिकेनन । कलीलाई उमेरमा आर्जेको मान प्रतिष्ठा एकाएक शुन्यमा झर्यो ।

सन्दिप लामिछानेको जन्म स्याङ्जाको आरुचौर-तालपोखरीमा वि।सं। २०५७ साउन १८ गते भएको थियो । भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दिप पढाईको लागि भारत पुगेका थिए । भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेट खेलसँग परिचय भएको थियो । उनले सानै उमेरमा आफ्ना बाबुले गर्ने दु:ख देखे । आर्थिक अवस्था उकासिन नसकेकाहरुलाई कती धेरै तगाराहरु पार गर्नुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । तै पनि फेरी किन गए गलत बाटो ? त्यो बाटो जसले राष्ट्रलाई त क्षति पुर्‍याउने छ नै, लामिछनेका आगामी पुस्तामा समेत यो दाग टाँसिदै जाने छ ।

यसो भन्दैमा लामिछाने पूर्ण रुपमा दोषी छन भन्न मिल्दैन । धेरै हदसम्म नेपालको कानुन दोषी छ । त्यो कानुनलाई लागु गर्ने सरकायहरु दोषी छन । किनभने सन्दिप लामिछनेलाई अहिले आरोप मात्र लगाइको छ, आरोप लाग्नु भनेको दोषी हुनु होइन । तर दोषी नै नभएको ब्यक्तिलाई नेपालको प्रहरी प्रशासनले दोषी किटान गरिसकेको भान हुन्छ । ति किशोरी जसले लामिछाने माथि आफूलाई रातभरी बलात्कार गर्‍यो भनेर आरोप लगाएकी छन । तिनले त्यही रात चिच्याएर होटलभरी किन हंगामा मच्चाइनन् । अथवा भोलिपल्ट किन उजुरी गरिनन् ? उनले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरिले उल्लेख गरेको छ । कानुनले १८ वर्ष मुनिका केटाकेटीलाई नाबालक भनेर व्याख्या गरेको छ । कुनै पनि नाबालकको रेखदेखको जिम्मा तिनका अभिभावकको हुन्छ । छोरी दिनभरी वा रातभरी हराएपछी उनिहरुले यसको सुचना सुरक्षा निकायलाई दिए कि दिएनन ? अथवा ति किशोरि कुनै होस्टलमा बस्थिन भनेपनि त्यो होस्टलले उनी होस्टलमा नआएको जानकारी ति अभिभावकलाई दियो कि दिएन ? र, बलात्कार भएको हप्तौं पछी मात्र किन उजुरी गरियो ? प्रश्न सन्दिप लामिछने तर्फ मात्र सोझिदैनन उजुरी गर्ने तर्फ पनि सोझिन्छन ।

बलात्कार एकतर्फी हुन्छ, सम्भोग भनेको दुईतर्फी हुन्छ । कानुनले ति किशोरिलाई नावालिग भनेपनि त्यो कदाचित बलात्कार होइन, सम्भोग हो । सहमतिमा भएको शारिरिक समागम हो । सन्दिप लामिछाने दोषी हुन भन्ने कुरा त प्रहरिले खोजेको सीसीटीभीले नै देखाएको छ । देशको कुनै क्षेत्रको शिखरमा पुगिसकेको ब्यक्तिले कानुन मान्नैपर्छ । तिनले कानुन बुझेकै हुनुपर्छ । कानुन मिच्ने अधिकार कसैलाई पनि छैन । तथापी खसोखास बलात्कारका मुद्दामा नेपाल प्रहरीले कहिल्यै पर्दा उघार्न सकेको छैन । बरु निकै समय पर्खेर उजुरी भएका यस्ता मुद्दामा भने छिटो प्रचार गर्ने र पक्राउका लम्बेतान योजना सार्वजनिक गरेर वाहिवाहि बटुल्ने उसको भूमिका शंकास्पद छ । साँच्चिकै बलात्कारका मुद्दामा नेपाल प्रहरीको अनुसन्धान दर्जनौं पटक लुलो भएको छ । तर यस्ता मुद्दाहरुमा हुने उधुमको सकृयता र प्रचार प्रसार मात्र के हो भने- “देख्यौ हामीले कसैलाई पनि छोड्दैनौं” ।

मान्छे बयस्क कहिले हुन्छ ? शास्त्रले भन्छ- सम्भोगका लागि जहिले मान्छे उत्सुक हुन थाल्दछ तब उ वयस्क हुन्छ । कानुनले १८ वर्ष मुनिकालाई नाबालिग भनेको छ । सम्भोगको उत्सुकतालाई कानुनले निर्धारणा गर्ने कुरा होइन र मिलोमतोमा हुने सम्भोग बलात्कार हुनै सक्दैन । एकछिन सोचौं, अहिलेका उमेर पुगेका नेता पुस्ताको बारेमा । ति मध्ये अधिकांश नाबालिग आमाका सन्तान हुन् । मुद्दा कहाँ चलाऊने ? अब हरेकले आफू विरुद्द मुद्दा हाल्न जरुरी भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक