शुक्रबार, चैत १६, २०८०

युक्रेनमा ४५० भन्दा बढीको सामुहिक चिहान फेला, चरम यातना पस्चात हत्या गरिएको दाबी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २ गते ६:३५

इजियुम नजिकै सामूहिक चिहान स्थल जहाँ विशेषज्ञहरुले खोजि र थप अनुसन्धान गरिरहेका छन् । photo credit : Manuel Orbegozo

रुस-युक्रेन युद्दका क्रममा यातना दिएर हत्या गरिएका ४५० भन्दा बढी ब्यक्तिको सामुहिक चिहान फेला परेको अधिकारीहरुले बताएका छन् । उनीहरुले तिनलाई ब्यापक यातना दिएपछि हत्या गरेर सामुहिक रुपमा गाडेको संकेत फेला परेको बताएका छन् ।

पूर्वी युक्रेनी शहर इजियम नजिकैको सामूहिक चिहानबाट निकालिएका शवहरूले “हिंसक मृत्युको संकेत देखाएको छ” युक्रेनी अधिकारीहरुले शुक्रबार बताएका हुन् ।

तिनको बोलिमा बोलि मिसाउँदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसलाई रूसी सेनाले गरेको युद्ध अपराधको प्रमाण भनेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा रुसको युद्ध अन्त्य गर्न भ्लादिमिर पुटिनलाई दबाब दिएपछि यो रिपोर्ट बाहिरिएको हो ।

यो घटनाको रिपोर्ट बाहिरिएपछि फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले इजियममा गरिएको अत्याचारको निन्दा गरे । फ्रान्सेली राष्ट्रपतिले शुक्रबार साँझ देशको पूर्वी भागमा सामूहिक चिहान फेला परेपछि आफ्नो ट्विटरमा रुसको कब्जामा रहेको युक्रेनमा भएको हिंसाको कडा आलोचना गरेका हुन् ।

“रुसको कब्जामा रहेको युक्रेनको इजियममा भएको अत्याचारको म कडा शब्दमा निन्दा गर्दछु। अपराधीहरूले आफ्नो अपराधको जवाफ दिनैपर्छ। न्यायविना शान्ति हुँदैन” उनले भनेका छन् ।

उत्खनन गरिएका ९९ प्रतिशत शवहरूमा हिंस्रक मृत्युको संकेत देखिएको छ । युक्रेनको क्षेत्रीय प्रशासन प्रमुखले शुक्रबार कीभको सेनाले पूर्वी युक्रेनी शहर इजियमलाई पुनः कब्जा गरेपछि फेला पारेको र उक्त सामूहिक चिहानको जानकारी दिएका थिए ।

“आज निकालिएका शवहरूमध्ये ९९ प्रतिशतमा हिंसात्मक मृत्युको लक्षण देखिएको छ” खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले सामाजिक सञ्जालमा भनेका छन् “पिठमा हात बाँधिएका धेरै शवहरू छन् । र एक व्यक्तिको घाँटीमा डोरीले बाँधिएको छ । स्पष्ट रूपमा यी मानिसहरूलाई यातना दिइयो र पछि मृत्युदण्ड दिइयो ।”

यसअघि शुक्रबार एएफपी पत्रकारहरूले इजियम बाहिरको जंगलमा गाडिएको ठाउँमा फेला परेका मध्ये कम्तिमा एक जनाको शवको हात बाँधिएको देखेको बताएका छन् ।

शवको अवस्था हेर्दा पीडितले नागरिक लुगा लगाएका थिए वा सैन्य पोशाक लगाएका थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

पूर्वी युक्रेनमा १० ‘यातना कोठा’ फेला

रुसीहरुले युक्रेनीहरुलाई याताना दिन बनाएको भनिएको यातना कोठा । Photo Credit-global.espreso.tv/

युक्रेनले देशको पूर्वमा रुसी सेनाबाट फिर्ता लिइएको क्षेत्रमा कम्तिमा १० स्थानहरू फेला पारेको र ति कोठा यातनाको लागि प्रयोग गरिएको बताएको छ ।

युक्रेनी सेनाले केहि दिन यता रुसले पहिले कब्जा गरेका उत्तर पूर्वका धेरै भूभाग फिर्ता लिएको गरेका छन् । अधिकारीहरूले भर्खरै मुक्त गरिएको क्षेत्रहरूमा रूसी युद्ध अपराध पत्ता लगाउँछन् कि भन्ने रुसीहरुलाई डर भएको बताएका छन् ।

“म खार्किभ क्षेत्रमा कम्तिमा १० वटा यातना केन्द्रहरूको उपस्थितिको बारेमा कुरा गर्न सक्छु” युक्रेनका प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले एक ब्रीफिंगमा बताएको भन्दै इन्टरफास समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

उनले भने “उत्तरपूर्वको बालाक्लियामा दुईवटा यातना केन्द्रहरू फेला परेका थिए ।”

पूर्वी युक्रेनी शहर इजियममा फेला परेको सामूहिक चिहानमा गाडिएका अधिकांश सर्वसाधारण नागरिक भएको युक्रेनको राष्ट्रिय प्रहरी प्रमुखले प्रारम्भिक अनुमानको आधारमा बताएका छन् ।

यसअघि, अधिकारीहरूले इजियममा ४५० शवहरू भएको सामूहिक चिहान फेला पारेको बताएका थिए । त्यो क्षेत्र एक पूर्व रूसी अग्रपंक्तिको गढ हो र यो आक्रमणकारीहरूले गरेको युद्ध अपराधको प्रमाण भएको बताएका थिए । तर रुसले यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयका प्रवक्ताले रूसी सेनाबाट फिर्ता लिइएको युक्रेनी शहर इजियममा मनिटरहरू पठाउने योजना बनाएको बताएका छन् जहाँ अधिकारीहरूले कम्तिमा ४४० शवहरू भएको सामूहिक चिहान फेला पारेको बताएका छन् ।

“उनीहरू (मोनिटरहरू) त्यहाँ गएर के भएको हुनसक्छ भन्ने बारे अलि बढी पत्ता लगाउने प्रयास गर्ने लक्ष्य राखेका छन्” लिज थ्रोसेलले समय सिमा नतोकिकन जेनेभा प्रेस ब्रीफिंगमा भनिन् ।

उनले शवहरू एउटै सामूहिक चिहानमा वा छुट्टा छुट्टै व्यक्तिगत चिहानमा थिए भनेर पुष्टि गर्न नसकेको बताएकि छन् ।

“चार सय पचास वटा चिहान इजियम नजिकै फेला परेको सामूहिक चिहानमध्ये यो एउटा मात्र हो । कब्जा गरिएका इलाकाहरूमा महिनौंदेखि भयंकर आतंक, हिंसा, यातना र सामूहिक हत्याको शासन भइरहेको छ” युक्रेनी राष्ट्रपतिका वरिष्ठ सहयोगी मिखायलो पोडोल्याकले भने ।

उनले सामाजिक सञ्जालमा उक्त दावी गर्दै काठको क्रसको फक्लेटाहरुको पंक्ति र हालसालै जंगल क्षेत्रमा खनेको तस्वीर सार्वजनिक गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक