शुक्रबार, वैशाख १४, २०८१

साईकलको राजा पोर्चुगल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २ गते १०:४५

युरोपमा सबैभन्दा बढी साईकल नेदरल्याण्डका नागरिकले चढ्छन् । यो देशलाई साइकल कन्ट्री भन्नेपनि निकै छन् । तर साईकलको राजा देश चाहिं पोर्चुगल हो ।

नेदरल्याण्ड्स, बेल्जियम, फ्रान्स, जर्मनी जस्ता साईकल धेरै चलाउने देशले भन्दापनि धेरै साइकल यहि देशले उत्पादन गर्छ । ति देशलाई साईकल उत्पादन गरेर पोर्चुगलले पठाउँछ ।

गत वर्ष पोर्चुगलमा २९ लाख साइकल उत्पादन भएको थियो । सन् २०२१ मा अघिल्लो दुई वर्ष जस्तै, पोर्चुगल साइकल उत्पादनमा फेरि युरोपेली च्याम्पियन बनेको थियो।

गत वर्ष युरोपियन युनियन (ईयु) मा एक करोड ३५ लाख साइकल उत्पादन गरिएको थियो, जसमा पोर्चुगलले २९ लाख उत्पादन गरेर शीर्ष स्थानमा थियो।

युरोपेली तथ्यांक कार्यालय युरोस्टेटका अनुसार, ईयुमा मुख्य साइकल उत्पादकहरूको न्युनतम कोटा पूरा गर्नेमा रोमानिया र इटाली छन्। यि देशले क्रमशः २५ लाख र १९ लाख साईकल उत्पादन गरेका छन् ।

यूरोस्टेटले साइकल चलाउँदा, मानिसहरूको स्वास्थ्य र कल्याणलाई बढावा दिनुको साथै, कारको प्रयोग कम गर्न र वायु प्रदूषण कम गर्न मद्दत गर्ने उल्लेख गरेको छ ।

साइकल चलाउँदा मानिसहरूको स्वास्थ्य र कल्याणलाई बढावा दिनुको साथै कारको प्रयोग कम गर्न र वायु प्रदूषण कम गर्ने यूरोस्टेटले बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक