शुक्रबार, वैशाख १४, २०८१

ठूलो तरकारी फलाउनेलाई नगद पुरस्कार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २ गते १५:३०

“मेरो गाउँमा सबैभन्दा ठूलो” शिर्षक अन्तर्गत् ठूलो तरकारी फलाउनेलाई पोर्चुगलमा नगद पुरस्कारसहित प्रतिस्पर्धा चलिरहेको छ ।

पोर्चुगलमा हुने “मेरो गाउँमा सबैभन्दा ठूलो” शीर्षकको विशाल तरकारीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो फर्सी, तरबूजा र गोलभेंडालाई नगद पुरस्कार प्रदान गरिने छ।

शुक्रबार सेप्टेम्बर १६ देखि शुरु भएको कार्यक्रम आइतवारसम्म चल्छ । यसमा र स्थानीय उत्पादनकर्ता, रेस्टुरेन्ट सन्चालकहरुको ठूलो सहभागिता रहन्छ । उनीहरुले बच्चाहरुको लागि एक अलग्गै क्षेत्र र पैदल यात्राको लागि शान्त ठाउँको ब्यवस्था गरेका छन् ।

संवन्धित : पोर्चुगलमा ६१० किलोको फर्सी फल्दा नेपाली कामदारलाई तनाव

सबैभन्दा ठूलो फर्सी, तरबूजा र गोलभेंडालाई क्रमश: पहिलो, दोस्रो र तेस्रो पुरस्कारको ब्यवस्था गरिएको छ ।

सबैभन्दा ठूलो फर्सीलाई पुरस्कारस्वरुप एक हजार युरो प्रदान गरिने छ । सन् २०२१ मा सबैभन्दा ठूलो फर्सी ६९९ किलोग्रामको थियो ।

प्रतियोगिता ९ देखि १२ बीच आगियार दो सुसा स्थित सेन्होरा दो साल्टो प्राकृतिक पार्कमा भैरहेको छ ।

तपाइँको प्रतिक्रिया