बिहीबार, वैशाख १३, २०८१

रुसी ग्यास चीन हुँदै युरोप !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २ गते २१:२३

रुस-युक्रेन युद्धपछि युरोपेली युनियनले रुसमाथि प्रतिबन्ध लगाएकाले रुसी उर्जा कटौति गर्ने भनिएपनि रुसी इन्धन चीन हुँदै फेरि युरोपेली मुलुकमा भित्रिने गरेको छ ।

रुसी उर्जामा ब्यापक निर्भर रहेका युरोपेली देशहरुले रुसमाथि प्रतिबन्ध लगाएर रुसी ईन्धन घटाउने भनेका थिए । तर रुसलेनै युरोपेली युनियनका देशहरुमा ईन्धन आपूर्ति बन्द गरिदियो । त्यसपछि रुसी ईन्धनमा निर्भर रहेका युरोपेली देशहरुमा ईन्धनको संकट निकै आकाशिएको छ ।

एकातिर रुसले आफूमाथि लगाएको प्रतिबन्धको बदला लिन ईन्धन आपूर्ति पूर्णरुपमा कटौति गरिदिएको छ भने यो कटौतिसँगै अर्कोतिर युरोपेली देशहरु इन्धन संकटले छटपटाएका छन् । कुनैपनि हालतमा युरोपको इन्धन संकटको समस्या हल नहुने र आगामी जाडोमा लोडसेडिङ हुने देखिएपछि युरोपेली मुलुकहरुले चीनसित इन्धन खरिद गरिरहेको र त्यो इन्धन रुसबाट चीन गएको रहस्य खुलेको छ ।

युरोपेली युनियनले रूसी ग्यासमा आफ्नो निर्भरता हटाउने प्रयास गर्दा चिनियाँ आपूर्तिमा अधिक निर्भर हुनसक्ने युरोपेली मेडियाको भनाई छ । त्यो ग्यासमध्ये केही रूसबाट आउँने गरेको छ । यसले ईयुको जीवाश्म इन्धनको खरिद घटाउने उद्देश्यलाई कमजोर बनाउन सक्छ ।

रुसको ग्यास अहिले पश्चिमी देशहरुमा सिधै नपुगेको हुनसक्छ । तर यसले जसरी पनि ईयुमा प्रवेश गर्छ । घुमाउरो बाटोबाट गरिरहेको छ । चीन र रुस दुई देशले ब्यापारकालागि फराकिला मार्गहरु र मुद्दाहरूको खोजि गर्ने क्रममा रिपोर्टहरूले संकेत गरेका छन्, रूसी ग्यासले निर्यातका लागि चीन हुँदै युरोपमा आफ्नो बाटो खोजिरहेको छ।

“विश्वमा तरल प्राकृतिक ग्यास (एलएनजी) बजार बढ्दो रूपमा राम्रोसँग एकीकृत भइरहेको छ । क्षेत्रीय रुपमा हुने माग परिवर्तनहरूले कडा बजारहरूलाई सन्तुलनमा राख्न मद्दत गर्न सक्छ । ग्यास प्रवाहको यो पुनर्निर्देशनले संलग्न सबै पक्षहरूको हितमा काम गर्छ” म्याक्रो इकोनोमिक एडभाइजरी फर्म ग्रीनमेन्टलमा ऊर्जा अनुसन्धान निर्देशक निकोलस कुम्लेबेनले जर्मनीको डिडब्ल्यु न्युजलाई भनेका छन् ।

जाडो आउन बाँकि नै छ । अहिले युरोपको ग्याँस भण्डारण लगभग ८० प्रतिशत् भरिएको भनिएको छ । तर भनिए अनुसार भरिएकोमा शंका छ । किनकि केहि देशले त्यो भण्डारमा ग्यास दिन सकेका छैनन् । केहि देशले आफ्नै भण्डारबाट प्रयोग गर्न थालिसकेका छन् ।

‘आंशिक रूपमा चीनबाट एलएनजी निर्यातको लागि धन्यवाद’ निक्केईले रिपोर्ट गरेको छ ।

ग्यास निर्यातमा चीनको तिब्रता

चिनियाँ एलएनजी कम्पनीहरूले बढ्दो मागको प्रतिक्रिया स्वरुप विदेशी बजारहरूमा आपूर्ति बढाएका छन् ।

यो वर्ष अहिलेसम्म चिनियाँ कम्पनीहरूले ४० लाख टन एलएनजी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिसकेका छन् । यो वर्षको पहिलो आधामा युरोपको ग्यास खपतको लगभग ७ प्रतिशत त्यसले प्रतिनिधित्व गर्दछ। यसको प्रमाण चीनको एलएनजी ब्रोकर जोभो समूहबाट आएको हो, जसले युरोपेली खरिदकर्तालाई १० करोड ३० लाख युरो बराबरको एलएनजी ग्यास कार्गो बेचेको बताएको थियो ।

चीनको सबैभन्दा ठूलो तेल प्रशोधनकर्ता, सिनोपेक समूहले पनि अन्तर्राष्ट्रिय बजारमा अतिरिक्त एलएनजी च्यानल गरिरहेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिनोपेकले ४५ कार्गो एलएनजी वा ३१ लाख ५० हजार टन बेचेको छ।

“यदि युरोपले चीनबाट एलएनजी खरिद गरिरहेको छ भने त्यसमध्ये केही रुसी हुन सक्छ” राइस युनिभर्सिटीको बेकर इन्स्टिच्युट फर पब्लिक पॉलिसीको सेन्टर फर एनर्जी स्टडीजकी अन्ना मिकुलस्काले डिडब्ल्यु न्युजलाई बताइन् “मलाई विश्वास छैन कि त्यहाँ तेल उत्पादन् कहाँ भएको हो भन्ने कुनै नियम होस् । अन्तमा यो अझै पनि विस्थापनको मुद्दा हो ।”
यसो बाहिरबाट हेर्दा त युरोपेली मुलुकले रुसमाथि प्रतिबन्ध लगाउने जस्तो देखिन्छ । यद्यपि ईयूले रुसी ग्यासलाई अस्वीकृत गरेको छैन । रूसले व्यवस्थित रूपमा आपूर्ति कटौती गरेको छ र एलएनजी बजारहरू एकआपसमा जोडिएका छन् ।

“ईयूले चीनबाट नकिने जाडोमा सम्भावित गम्भीर ग्यास अभावको सामना गर्नु बाहेक अरू केही गर्न सक्दैन” मिकुलस्काले थपे “यस तरिकाले यो ग्यासको पुन: बिक्रीबाट सम्भावित थप नाफा लिने रसिया होइन, चीन हो ।”

पावर अफ साइबेरिया ग्याँस पाइपलाइनको निर्माण रुस र चीनको संयुक्त लगानीमा अहिले तिब्रताकासाथ भइरहेको छ । यसको उद्देश्य चीन र रुसले उर्जाको क्षेत्रमा दिर्घकालिनरुपमा काम गर्ने भन्ने लक्ष्य हो । यसो गर्दा उर्जाको क्षेत्रमा दुबै देशले थप एकाधिकार जमाउन, अझै बलियो हुनसक्छन् ।

रुसी ग्यास किन्दै चीन

रुसले चीनलाई पाइपलाइन ग्यासको बिक्री सन् २०२१ को तुलनामा वर्षको पहिलो छ महिनामा झन्डै ६५ प्रतिशतले बढाएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि रुसबाट ऊर्जा आयातमा चीनको खर्च ३५ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्ष २० अर्ब डलर थियो।

रुसको गाजाप्रोम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (सिएनपिसी) ले रुसमा ३,००० किलोमिटर खण्ड र चीनमा ५,००० किलोमिटर लामो पाइपलाइनको पावर अफ साइबेरिया निर्माण गर्न सन् २०१४ मा ४०० अर्ब डलरको ३० वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए । पाइपलाइन २०१९ को अन्त्यमा सुरु भएको थियो र सन् २०२५ मा पूर्ण क्षमतामा पुगेपछि चीनलाई वर्षमा ३८ अर्ब घनमिटरसम्म ग्यास आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

मस्कोको ऊर्जा योजनाले चीनतर्फको निर्यात बढाउन आह्वान गरेको छ। रूसलाई थाहा छ, अब यसले नयाँ बजारहरूमा विविधीकरण गर्न आवश्यक छ किनकि ईयुले यसको आपूर्तिमा निर्भरता कम गर्न थालेको छ ।

“रुसले चीनलाई के बेच्छ त्यो पनि अनुबन्धित मूल्यको आधारमा हुन्छ । र, मेरो बुझाइबाट साइबेरिया १ को पावरको लागि चीन र रसियाले गरेको सम्झौता मूल्यको हिसाबले पनि चीनको लागि बढी फाइदाजनक थियो” मिकुलस्काले तर्क गरेका छन् ।

“चिनियाँहरूले रूसी एलएनजी ग्यास पुन: बिक्री गर्दा गाजप्रोमको निर्यात एकाधिकार तोड्नेछ” ईयु कूटनीतिज्ञ र पूर्वी एशिया विशेषज्ञ अल्ब्रेक्ट रोथाचरले भने डिडब्ल्युलाई भने “यसलाई अनुमति दिन क्रेमलिन साँच्चै हताश हुनुपर्छ वा राजनीतिक रूपमा धेरै कमजोर हुनुपर्छ ।”

युरोप रुसबाट टाढिएपछि रुस चीनसँगको आर्थिक सहयोगलाई फराकिलो बनाउन निकै उत्सुक देखिन्छ ।

न पर्याप्त न धेरै

रुसजस्ता अन्य स्रोतहरूको तुलनामा चीनले युरोपमा निर्यात गर्न सक्ने ग्यासको कुल मात्रा सीमित भएकोले युरोपकालागि चिनियाँ आपूर्तिकर्ताहरूले आफ्नो ऊर्जाको अभावलाई पूर्ति गर्ने अपेक्षा नगर्न विज्ञहरूले चेतावनी दिएका छन्।

साथै, चीनमा आर्थिक गतिविधि पुनरुत्थान हुँदा, स्थिति उल्टो हुनेछ । युरोपले उच्च मूल्यमा ग्यासको लागि बेइजिङमा निर्भर रहनुपर्ने छ ।

“मलाई लाग्छ कि चीन अझै पनि सम्भावित एलएनजी डेलिभरीको लागि ईयूको राडारमा छैन” रोथाचरले भने।

“यमालबाट पश्चिम युरोपतर्फ जाँदै गरेको केही अतिरिक्त ढुवानी हुनसक्छ । तिनीहरू नर्वे, अल्जेरिया, कतार, युए आर, तुर्कमेनिस्तान, अजरबैजान, ओमान, इजरायल, हुनसक्छ इरानसम्म हुनसक्ला । अमेरिकाले रूसी कमजोरीहरू पूरा गर्नसक्ने अवस्था कम्तिमा अहिलेकालागि अप्रत्याशित छ।”

चीन-रूस सहकार्य

मिकुल्स्क्सा के विश्वास गर्छिन् भने परिस्थितिले ईयु, अमेरिका र नाटोले वास्तवमा सोच्न आवश्यक छ भन्ने मुद्दालाई उजागर गर्दछ । अर्थात्, उनीहरू सहयोग तर्फ अग्रसर हुँदा, रसिया र चीनले विश्वव्यापी ऊर्जा बजारहरूलाई हेरफेर प्रभाव पार्न सँगै काम गर्न सक्छन्। रुस र चीनले एक्लाएक्लै भएर स्वतन्त्र रूपमा काम गरे भन्दा धेरै ठूलो स्तरमा प्रभाव पार्न सक्छन् “मिकुलस्काले चेतावनी दिए।

“युरोपले ईन्धन आपूर्तिको वैकल्पिक समस्या पत्ता नलागेसम्म यो समाधान हुने छैन। यो सजिलो हुनेछैन, र यो जाडोमा त्यो काम हुने छैन” उनले भनिन्।

मिकुलस्काको भनाईमा रसियाको ग्यास हरेक वर्ष बिक्रि कम हुँदै जान्छ । यसको कम ग्यास बिक्रीबाट उच्च नाफा दोहोर्याउन उति सजिलो हुनेछैन । किनभने युरोपेली देशहरू रूसी ग्यासबाट टाढा हुँदै गएका छन् । केहि वर्षमा झनै टाढा हुने छन् र मूल्यहरू मध्यम खालको हुने आशा गरिन्छ।

“यसबाहेक अर्को सम्भावना के छ भने रूसले ऊर्जाको मागको लागि चीनमा बढ्दो रूपमा निर्भर बनाउँछ । र यी देशहरूले अहिले एक अर्कामा सहयोग गर्दा यो कम्तिमा अहिले भन्दा सम्बन्ध जटिल बन्छ ।”

तपाइँको प्रतिक्रिया