शुक्रबार, चैत १६, २०८०

एनआरएनए यूकेद्वारा बेलायती महारानीप्रति श्रद्धान्जलि अर्पण गर्न कार्यक्रम

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज ३ गते १८:५४

एनआरएनए यूकेले आइतबार दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जलि अर्पण गर्न एक शोक सभा गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभा गरिएको हो ।

संवन्धित : किन यति धेरै चर्चित बेलायतकी महारानी ?

शोक सभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहित श्रद्धान्जलि अर्पण गरेका थिए ।

सो अवसरमा दुई मिनेट मौनधारण गरिएको थियो । त्यसअघि १२ वर्षीया बालिका साइना राईले पाइपर धुन बजाएकी थिइन् ।

शोकसभामा एन आर एन ए बेलायतका अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, सल्लाहकार ओमप्रसाद थापा, स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङ लगायतले शोकमन्तव्य दिंदै स्वर्गीय रानीप्रति श्रद्धान्जली अर्पण गरे ।

वक्ताहरुले नेपाल र ब्रिटिश गोर्खाहरुसँग निकट रहेकी महारानीको निधनले अपुरणीय क्षति पुगेको धारणा राखेका थिए ।

ब्रिटिश सैनिकको जागिरका सिलसिलामा राजपरिवारसँग आफ्नो निकट सम्बन्ध भएको चर्चा गर्दै अध्यक्ष गाहामगरले गोर्खाहरुले आफ्नो अभिभावक गुमाउँदा दुःख लागेको बताए ।

महारानी गोर्खा वेलफेयर ट्रष्टको ट्रष्टी भएको र भूतपूर्व गोर्खाहरुका लागि धेरै कल्याणकारी कार्यमा सहयोग गरेको जनाउँदै गाहामगरले राजपरिवार ‘डाउन टु अर्थ’ भएको आफूले पाएको पनि बताए ।

एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

बेलायती महारानीको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि भैरहेको छ । बेलायती इतिहासमा सबैभन्दा लामो ७० वर्ष भन्दा बढी समय गद्दीमा रहेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो ।

संवन्धित

किन यति धेरै चर्चित बेलायतकी महारानी ?

बेलायतका नयाँ राजा चार्ल्सका सामु चुनौतिनै चुनौति

युद्धमा सैनिक ट्रक चलाउँथिन बेलायतकी महारानी

‘हरित राजा’ चार्ल्स तेस्रोको भूमिका बदलिएला ?

रानी एलिजाबेथ द्वितीय: रेकर्डनै रेकर्ड

१५ देशको राजसिंहासनमा बसेको ७० वर्षपछि ९६ वर्षको उमेरमा रानी एलिजावेथको निधन

बेलायती शाही परिवार विवाद : “हाम्रो परिवार रंगभेदी होइन” राजकुमार विलियम

तपाइँको प्रतिक्रिया

फेसबुक